20150515

नेपालका भुकम्प पीडितहरुलाई उध्दार तथा राहत कार्यमा सघाउन नेपाल गएको र मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको UH-1Y Huey हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला, हेलिकोप्टरमा ६ अमेरिकी सेना र दुई नेपाली सेना सवार थिए

प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएकी संयुक्त राज्य अमेरिकाकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने राज्यमन्त्री निशा देसाई विश्वासले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट
यसै बिच प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएकी संयुक्त राज्य अमेरिकाकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने राज्यमन्त्री निशा देसाई विश्वासले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ ।उहाँको भेट नेपालमा हालै आएको भूकम्प, खोजी, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका
साथै नेपाल अमेरिका सम्बन्ध र सहयोगमा केन्द्रित भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले ब्यहोर्नुपरेको आकस्मिक ठूलो विपद्मा अमेरिकी राष्ट्रपतिले टेलिफोनमार्फत दिनुभएको सहानुभूति र समवेदनासहित सहयोगको बचनले आफूलाई ठूलो भरोसा मिलेको बताउनुभएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले दुःखको बेलामा अमेरिकाले दिएको भौतिक र आर्थिक सहयोगको प्रशंसा गर्नुभयो ।
अमेरिकी राज्यमन्त्री विश्वासले नेपालमा हालै भएको भूकम्पबाट पीडितलाई संयुक्त राज्य अमेरिकाले थप सहयोग दिने बचन दिनुभएको छ ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा मनसुन आरम्भ हुन केही हप्ता मात्र बाँकी भएकोले तीन हप्ताभित्र भूकम्प प्रभावित क्षेत्रमा अस्थायी बास बनाएर जनजीवन सामान्य बनाउने कार्य निकै चुनौतिपूर्ण रहेको बताउनुभएको थियो ।
उहाँले नेपालमा लोकतन्त्रको स्वाभाविक विकासलाई लामो समयसम्म अबरुद्ध पारिएकोले व्यवसायिक संस्थाहरू विकसित हुन नपाएको प्रसङ्ग उठाउँदै ठूलो विपदाको सामना गर्ने संस्थागत संरचना नै हालसम्म स्थापना हुन नसकेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “विपत्तिको समयमा न त संस्था थियो, न सरसामान नै ।”
प्रधानमन्त्री कोइरालाले सबै दल एकजुट भएर विपत्तिको सामना गर्न सजिलो हुने देखेर सबै दललाई साथमा लिएको पनि बताउनुभयो ।
भेटमा अमेरिकी राज्यमन्त्री विश्वासले भूकम्पले पु¥याएको क्षतिको वास्तविक आँकडा प्राप्त भए पुनर्निर्माणको योजना तर्जुमापछि दाताहरूले गर्नुपर्ने योगदानबारे निर्णय लिन सजिलो हुने बताउनुभयो ।
उहाँले भूकम्प प्रतिरोधक भवन निर्माणमा अमेरिकी सहयोग नियोगले भूकम्प प्रविधि राष्ट्रिय समाजसँग लामो समयदेखि काम गरेकोले पुनर्निर्माणमा भूकम्प प्रतिरोधी प्रविधि अपनाउन उपयुक्त हुने कुरा राख्नुभएको थियो ।
उहाँले प्राकृतिक विपत्तिमा क्षेत्रीय सहयोग पनि लाभकारी र उपयोगी हुने बताउनुभएको थियो ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई र अमेरिकी राजदूत पिटर बोड्डी पनि उपस्थित हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक