20150531

अख्तियारले गर्भवती महिलाहरुलाई लक्षित वितरण गरिएको मिसोप्रोस्टल नामक औषधि खरिदमा अख्तियार दुरुपयोग गरेको अभियोगमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.लखनलाल साह तथा आपुर्ति व्यवस्था महाशाखा टेकूका निर्देशक डा. तारानाथ पोख्रेललाई निलम्बन

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.लखनलाल साह तथा आपुर्ति व्यवस्था महाशाखा टेकूका निर्देशक डा. तारानाथ पोख्रेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज निलम्बन गरेको छ । अनुसन्धानको शिलशिलामा दुर्गम पहाडी जिल्लाका गर्भवती महिलाहरुलाई लक्षित वितरण गरिएको मिसोप्रोस्टल नामक औषधि खरिदमा अख्तियार दुरुपयोग गरेको अभियोगमा निलम्बन गरेको हो । सुत्केरी हुने अवस्थामा अत्यधिक रक्तश्राववाट हुने मातृमृत्युवाट जोगाउन निशुल्क वितरण गर्न सन् २०११\२०१३ तथा सन् २०१४\२०१५ का लागि मिसोप्रोस्टोल नामक औषधी अन्तराष्ट्रियस्तरमा बोलपत्र आव्हान गरी खरीद गर्ने क्रममा अत्यधिक अनुमानित लागत मुल्य कायम गरी आवश्यकता भन्दा बढी संख्यामा खरीद गरीएको, औषधिहरू गुणस्तरहीन भई सेवन गर्न नमिल्ने भनि परीक्षण प्रतिवेदन प्राप्त हुँदा समेत औषधी आपूर्तिकर्तालाई कुनै कारबाही नगरी उल्टै भुक्तानी दिई करोडौ मुल्य पर्ने गुणस्तरहीन औषधी स्टोरमा जम्मा गरी राखी सरकारी सम्पत्तिको दुरुपयोग तथा हानी नोक्सानी गरेको पाईएकोले उपरोक्त खरीद प्रक्रियामा संलग्न निजहरुलाई जिम्मेवार पदमा बहाल मै राखिरहँदा
यस संग सम्बन्धित प्रमाण लोप वा नष्ट गरी अनुसन्धानलाई प्रभावित बनाउने सक्ने भएकोले आजैका मितिवाट लागु हुने गरी निलम्बनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाईएको छ । अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक