20150531

कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवासमा बसेको शीर्षनेताको बैठकमा संविधानका विवादित विषयमा केही दिनभित्र सहमति कायम गरेर छोटो प्रक्रियाबाट जारी गर्ने सैद्धान्तिक सहमति भएको छ । स्रोतका अनुसार कांग्रेस र एमालेले संघीयतामा सहमति नभए अन्तरिम संविधानमा भएको सैद्धान्तिक विषयलाई राखेर संविधान जारी गर्ने प्रस्ताव राखेका छन् । चार
पक्षबीच भूकम्पले गरेको विनाशपछि पुनःनिर्माणका लागि सम्पूर्ण शक्ति केन्दि्रत गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति भएको एमाओवादी नेता डा. बाबुराम भट्टराईले बताए । बैठकमा संविधान निर्माण र राष्ट्रिय सरकार गठनको कार्यतालिका बनाएर प्याकेजमा सहमति खोज्ने सहमति भएको छ । एमाओवादी कृष्णबहादुर महराले भने-‘संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक-दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ ।’ संविधानका अन्तरवस्तु र सरकारको स्वरुपबारे सुक्षम छलफल नभएको भन्दै महासचिव महराले यसबारे प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बसेर टुंगो लगाउने बताए । सहमतिपछि एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सात दलीय र ३० दलीय मोर्चाको बैठक राखेर राष्ट्रिय सरकार गठनको एजेण्डा प्रवेश गराएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक