20150524

कालीगण्डकी नदी पहिरोले नदी थुनिएपछि नदी किनाराका मानिसहरु रातारात भागे ! होइन नेपाल मा के हुँदै छ हँ यस्तो !!! धर्मको नाश र पाप अनी पापीहरुको हाइ हाइ पछि धर्ती माता अलिनै बढी रिसाएकी हुन भन्ने धर्मभिरु हरुको भनाइमा कतै सत्यता त छैन भन्या !!!

Update : बेनी बजारभन्दा नौ किलोमिटर उत्तरमा बिहान २ बजेदेखि पहिरो आई थुनिएको नदी आइतबार साँझदेखि बग्न थालेको छ। 
भुकम्पका दुई ठुला झड्का र दुई सय बिस साना झड्का दिएर पनि धर्तिमाता शान्त भएको देखिएन । आज फेरी पहिरो चलाएर कालिगण्डकी नदीनै थुनिदिएर धर्तिमाताले सारा नदी तटका कयौं जिल्लाका हज्जारौँ जनतालाई त्रसित बनाएको खबर आयो नेपाल बाट ।  होइन नेपाल मा के हुँदै छ हँ यस्तो !!! धर्मको नाश र पाप अनी पापीहरुको हाइ हाइ पछि धर्ती माता अलिनै बढी रिसाएकी हुन भन्ने धर्मभिरु हरुको भनाइमा कतै सत्यता त छैन भन्या !!!

  

- विष्णु शर्मा - बेनी,  म्याग्दी जोमसोम सडक खण्डको राम्चे काफल डाँडामा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ। पहिरोले नदी थुनिएपछि यसभन्दा तल रहेका बस्ती जोखिममा पर्नसक्ने भएकाले सुरक्षित रहन प्रहरीले माइकिङ थालेको छ। मध्यरातमा भागाभाग नदी थुनिएको खबरपछि मध्यरातदेखि बेनी बजारमा
भागदौड सुरु भयो। बिहीबारदेखि झरेको पहिरोले बिस्तारै नदी थुनिएपछि पानी घट्नेक्रम बढ्यो। र करिबकरिब कालीगण्डकीको प्रवाह नै रोकियो। नदी किनाराका मानिसहरु रातारात भागे भने जिल्ला कारागारबाट ९७ कैदीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। 'सबैभन्दा ठूलो त्रास भनेको जुनसुकै बेला पनि नदी फुट्न सक्ने भन्ने हो,' प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भने।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक