20150525

अमेरिकाको टेक्सासमा हेम–सरिता पाठक एकेडेमीले स्थापना गरेका विभिन्न चार विधाका पुरस्कारको यस वर्षको सबै राशी भुकम्प पिडितको सहयोगमा खर्च गर्ने

 अमेरिकाको टेक्सासमा हेम–सरिता पाठक एकेडेमीले स्थापना गरेका विभिन्न चार विधाका पुरस्कारको यस वर्षको सबै राशी भुकम्प पिडितको सहयोगमा खर्च गर्ने भएको छ । एकेडेमी सञ्चालक समितिको बैठकले नेपालमा आएको विनासकारी भुकम्पका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गम्भीर चिन्ता र चोसो प्रकट गर्दै अहिले मानवीय सहयोगमा जुट्नु अपरिहार्य भएको निष्कर्ष निकालेको हो । बैठकले यस वर्ष प्रदान गर्ने सबै विधाका गरी छ हजार डलर राशीका पुरस्कारको रकममा केही रकम थप गरी मानवीय राहतमा
जुट्ने निर्णय गरेको छ । एकेडेमीले हरेक वर्ष पत्रकारिता विधामा तीन हजार डलर राशीका तीन पुरस्कार तथा साहित्यमा दुई हजार डलर र संगीतमा एक हजार डलर गरी छ हजार राशीका पुस्कार स्थापना गरी विगत पाँंच वर्षदेखि वितरण गर्दै आएको छ । एकेडेमीले नेपालमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएको छ । भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा कलम चलाउने,साहित्य र संगीत सिर्जना गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ । ‘ यसवर्ष भुकम्पका कारण न्यूनतम मानवीय सुविधाबाट विमुख भएका नागरिकहरुको घाउमा मलहम लगाउने निष्कर्षमा पुगेका छौं । ’ एकेडेमीका प्रमुख संरक्षक हेमप्रसाद पाठकले वक्तव्य जारी गर्दै भनेका छन् , ‘ आगामी वर्ष पुरस्कारले निरन्तरता पाउने छ । ’ वक्तव्यमा भनिएको छ,‘ भुकम्प पिडितको राहतका लागि सहयोग जुटाउने पहल र अपील गरेका छौं,निश्चय नै नेपालीमाथि आइपरेको यो महाविपत्तिमा हाम्रो पहलले थोरै भए पनि योगदान गर्न सफल हुनेछौ । ’ । एकेडेमीले हरेक वर्ष प्रदान गर्ने गरी छ वर्ष अघि पत्रकारिता क्षेत्रबाट मुलुकमा सुशासन र समृद्धि ल्याउन भ्रष्टाचार विरुद्धको अभियानमा योगदान गर्ने पत्रकारहरुलाई प्रदान गर्ने गरी तीन वटा पुरस्कार स्थापना गरेको छ । एकेडेमीले दुई हजार डलर राशीको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार, पाँंच सय डलर राशीको टंकप्रसाद–रमादेवी प्रोत्साहन पत्रकारिता र पाँंच सय डलर राशीकै झापा जिल्लालाई कार्यथलो बनाएर पत्रकारिता गर्ने पत्रकारका लागि प्रदान गर्ने गरी टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । टंकप्रसाद–रमादेवी पत्रकारिता पुरस्कारबाट हालसम्म जिवेन्द्र सिम्खडा,तीर्थ कोइराला,हरिबहादुर थापा,राजन शर्मा र रविन्द्र मिश्र पुरस्कृत भइसकेका छन् । यस वर्षको पुरस्कार प्रदानका लागि छनौटको गृह कार्यहुँंदै गर्दा मुलुकमा महाविपत्ति आएकाले एकेडेमीले पुरस्कारको राशी भुकम्प पिडितको सेवामा खर्च गर्ने निर्णय गरेको हो । एकेडेमीले यस राशीमा अरु रकम थप गरेर राहत तथा पनुर्निमाणका काममा जुट्ने निर्णय गरेको छ । पाठकसहितको एउटा टोली सहयोग लिएर नेपाल आउँंदैछ । वक्तव्यमा भनिएको छ,–नेपाल र नेपाली जनतामाथि आइपरेको यो विपद्ले विश्वभर छरिएका सम्पूर्ण नेपालीहरुको छाती चिरिएको छ । कर्मथलो जहाँं भए पनि प्रवासी नेपालीहरु मन,वचन र भवनाले नेपालीहरुको सुख–दुखमा एकाकार छन् । वक्तव्यमा अगाडि भनिएको छ " भुकम्प पिडितहरुका लागि राहत र भत्केका पुर्नसंरचना निर्माणमा योगदान गर्ने लक्ष्य र संकल्प लिएर हामी जुटेका छौ"




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक