20150526

लुम्बिनी कपिलबस्तु शान्ति अभियान द्वारा भुकम्प पिडितलाई सहयोगार्थ शान्ति पदयात्राको आयोजना


BY Dhurva Thapa / क्यालिफोर्निया प्रतिनिधि , मे २५, २०१५, बे एरियामा केहि बर्ष अघिमात्र स्थापना भएको लुम्बिनी-कपिलबस्तु शान्ति अभियान कार्यसमितिले उत्तरी क्यालिफोर्नियाको विभिन्न शहरहरूमा हरेक साल आफ्नो बार्षिक कार्यक्रम "Peace March" आयोजना गर्दै आएको छ।  गत बर्ष सान्फ्रंसिको सहरमा गरेको शान्ति पद यात्रा, यस पटक "Peace March - 2015" उत्तरी क्यालिफोर्नियाको बर्कली शहरमा सम्पन्न गरेको छ।  यहि मे २४ तारिक गरिएको उक्त शान्ति पदयात्रामा बे एरिया नेपाली समाजको उल्लेखनीय उपस्थिति रहेको थियो।  चिसो मौसमको बावजुदपनि उपस्थित सबैले हातमा ब्यानर बोकेर हालै नेपालमा गएको भुकम्पको तस्बिरहरु, आलेख र हामि पुन निर्माण गर्ने छौ भन्ने नारा लाउदै राहत संकलन समेत गरिएको थियो।  संस्थाले  मातृ-भूमि नेपालको लुम्बिनी-कपिलवस्तुमा जन्मेका शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५५९ औं जन्मोस्तवको सू-अवसर पारि आयोजना गरेको सो " Peace March - 2015" कार्यक्रममा सबैको चासोको बिषयनै गत महिना नेपालमा पटक-पटक गएको महा -विनाशकारी भूकम्पको कारण ठूलो धन-जनको क्षति भै ग्रषित अबस्थामा रहेको समयमा सो शान्ति पदयात्रामा सहभागी भै भूकम्पबाट पिडित हाम्रा बुवा-मुमा, दाज्यू-भाइ तथा दिदि-बहिनीहरूको लागि सहयोग एवं क्षति पस्चात नेपालको पुनर्निर्माणको लागि आर्थिंक संकलन गर्न टेवा पुर्याउने लुम्बिनी-कपिलवस्तु शान्ति अभियान कार्यसमितिको "Peace March - 2015 & Earthquake Relief Fund Raising" कार्यक्रम सफल पारि दिनु हुन पुन: कार्यक्रम संयोजग चिनकाजी श्रेष्ठ  र संस्थाका महासचिव सुरेन्द्र मल्लले सबैलाई हार्दिक अनुरोध गर्दै उपस्थितिको कामना गरेका थिए  | 
बर्क्ली स्थित मार्टिन लुथर जुनियर सिभिक सेन्टर पार्कबाट निस्किए शान्ति पद्यात्राले त्यहि नजिक रहेको बुद्धिस्ठ सेन्टर हुदै बर्क्ली डाउन टाउन , यु सी बर्क्ली बिश्वबिधालयहुदै  युनिभर्सिटी अभेनिउ हुदै करिब डेड घण्टा लामो शान्ति यात्रा गरेर सोहि स्थानमा आई नेपालमा भूकम्पमा परि ज्यन्गुमाउने हरुको सम्झनामा धुप दिप र मैन बत्ति बालेर कार्यक्रमको समापन गरिएको थियो।  उक्त पदयात्रा कार्यक्रम पछि छोटो औपचारिक कार्यक्रम समेत राखेको हुनाले बिभीन्न  बक्ताहरुले आफ्नो विचार समेत राखेका थिए जसको सभापतित्व संस्थाका अध्यक्ष डा किशोर शेरचनले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपालका पुर्व गृह राज्य मन्त्रि देबेन्द्र राज कडेलको उपस्थिति रहेको थियो।  सोहि कार्यक्रममा केहि आर्थिक संकलन स्वरुप अमेरिकी डलर २१५० संकलन  गरेको समाचार प्राप्त भएको छ भने सम्बेद्नाका शब्दहरु राख्नेमा  , हरिहर दाहाल.  बिष्णु गुरुङ एकता, चिनकाजी श्रेष्ठ , तेज राई , लक्ष्मी खरेल ,किशोर सेरचन लगायत पुर्व राज्य गृह मन्त्रि कडेलले अमेरिकामा आएर अपनी नेपालीहरु  एकजुट भै नेपाल र नेपालीको हित र इज्जत उच्च राख्ने काम गरेको र अहिले को दैबी प्रकोपमा दिल्खोलेर सहयोग गर्ने ति पबित्र हृदय्हरुलाई हार्दिक आभार ब्यक्त गर्दै आफु समेत यस्तो कार्यमा सहभागी हुन् पाएकोमा यस विपदको घडीमा जहि बसेर पनि सहयोग गर्ने सक्ने धारणा व्यक्त गर्नु भयो।
कार्यक्रम दिनको एक बजेदेखि पाच बजे सम्म भनिएता पनि २ बजेदेखि पदयात्रा गर्दै लगभग ६ बजेतिर समापन गरिएको थियो।     
कार्यक्रम व्यवस्थापनमा संस्थाका धेरै सदस्यहरुले स्वयम् सेवकको रुपमा सहयोग पुर्याएका थिए जसको संचालनमा सुनिल राज कर्णिकारले सबैलाई समेटेर कार्यक्रम सफल पार्न निकै मेहेनत गरेका थिए साथै अन्य सहयोगीहरुमा  डेन्डी शेर्पा , बिष्णु गुरुङ एकता , निरज रेग्मी, सुरेन्द्र मल्ल, ध्रुव थापा, सन्जिब राना, पुनम शाक्य, सर्बग्य वाग्ले, डा किशोर शेरचन , चिनकाजी श्रेष्ठ , हरिहर दाहाल लगायात बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा  समाजसेवीहरुको उल्लेख्य सहयोग र साथ् रहेको जानकारी संयोगक श्रेष्ठले जनाउदै आउदो दिनहरुमा पनि बिभिन्न सहरहरुमा शान्ति पदयात्र गर्ने जानकारी गराउनु भयो।






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक