20150615

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट बिरामी एबम भुकम्प पीडित लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछानेलाई सहयोग प्रदान

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक बिज्ञप्ती प्रकाशित गर्दै भनेका छन " हाम्रा लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछाने प्यारालाइशिस भएर थलिनु भएको, उपचार खर्चको अभाबमा पिल्सिरहनुभएको र यसै अवस्थामा वहाँको घर भुकम्पले क्षतिभएको, बिरामी मान्छे, घर बाहिरको बास भएको खबरले हाम्रो मुटु छिया छिया भएको छ । ब्यक्तिगत रुपमा मेरा अभिन्न मित्र, सहयात्री, लोक गायक लामिछानेलाई सरकार, कुनै संघ संस्थाबाट पनि कुनै किसिमको सहयोग नभएको भन्ने गुनासो सुन्दा म झनै मर्माहित भएको छु । यस दु:खद घडीमा वहाँ लाई म सँलग्न दुई वटै संस्था अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका  तर्फबाट पचास हजार रुपैयाँं सहयोग आजै पठाएको अबगत गराउँदै देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन म अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान गर्दछु ।" अध्यक्ष खनालले अगाडि भनेका छन " लोकका गीत गाउने एउटा लोक गायक बुद्धी कृष्ण लामिछाने सबैको साझा सम्पत्ती हुन, उनलाई बँचाउनु हामी सबैको दायित्व हो, यस दु:खद घडीमा झन भुकम्पले उनलाई झनै आहत पुर्याएकोले भत्किएको घर पुनर्निर्माणमा पनि सहयोग गरिदिन म सबै सबैमा बिनम्रता पूर्वक आग्रह गर्दछु । लोक गायक लामिछानेको उपचार र बसोबास निर्माणमा सहयोगी बनेका नेपाल टेलिभिजनको मेरो कार्यक्रम "लोक दोहोरी" का  मेरा पूर्व सहयोगी भाई, हालका चर्चित कलाकार, टेलिभिजन कार्यक्रम प्रस्तोता कृष्ण कंडेललाई बिशेष धन्यवाद दिँदै सहयोगी मनहरुलाई उनको मोबाइल नम्बर ९८४९३२९३१९ मा फोन गरी संपर्क गर्न, सहयोग गर्न म तर्फबाट सार्वजनिक रुपमा आह्वान गर्दछु ।"
देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन  अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान 

- सरोज केसी, काठमाडौँ : पिडिमा बसेर मेरै बाटो हेरेर भन्दै गित गाउने गायक बुद्धि कृष्ण लामिछाने साच्चै यति बेला पिडि मा नै बसेर दिन काट्ने गर्दछन।  उनको शरीरको दाहिने भाग नचलेको चार बर्ष भई सक्दा पनि कुनै निकाय बाट पनि एक रुपया पनि सहयोगनभएको मा उनि दुखेसो पोख्छन। साठी बर्षे  लोक गायक बुद्धि कृष्ण लामिछाने को उच्च रक्तचाप र मधुमेह ले गर्दा दाहिने पाटो माप्यारालाइसिस भएको हो।  आर्थिक अभाब को कारण ले राम्रो संग उपचार गर्न नसक्दा रोग झन् झन् बढ्दै गएको कुरा उनले बताए,हाल उनको टाउको मा
रगत जमेको कारण ले गर्दा उन को स्वास्थ्यमा समस्या झन् जटिल हुदै गएको छ,  अप्रेशन गर्न धेरै खर्चलाग्ने भएको ले आर्थिक अभाब ले गर्दा सामान्य औषधि उपचार को भर मा मृतु का दिन गन्दै बसेका छन् बरिष्ट लोक गायक बुद्धिकृष्ण लामिछाने, पिडि मा बसेर यति खेर।  तर उनलाई यति चाडै मर्न भने मन छैन उनमा बाच्ने रहर धेरै छ र आफ्नो रोग निको भएपछि झन् राम्रा राम्रा नाच्ने रमाउने गित हरु गाएर दर्शक श्रोता हरु लाइ मनोरंजन दिने इच्छा छ, त्यस माथि भुकम्प ले गर्दा घर पनिबस्न नसक्ने स्तिथि भए पछि अर्का को बारी मा कटेरो को बास मुनि जेनतेन जिबन गुजार्न बाध्य भएका छन् ।
घास काट्ने खुर्केर देखि भिखारी भिखारी सम्म लिएर उनका अनेकौ गित हरु अहिले पनि जनजिब्रो मा झुण्डीएर बसेका छन् अहिलेपनि उतिकै लोकप्रिय छन् । तिन दशक भन्दा बेसी आफ्नो जिबन संगीत मा बिताएका लोक गायक बुद्धि कृष्ण लामिछाने लाइ आफुथला परेर बस्दा पनि कुनै गायक गायिका, लोक दोहोरि प्रतिष्ठान अनि कुनै सरकारी निकाय, संघ सस्था हरु बाट केहि सहयोगनपाएको भने उनले चित्त दुखाए  बरु पहिलो पल्ट विदेश (युके) मा बस्ने गीतकार सिता शेरचन र उनका श्रीमान यम शेरचन ले संचारकर्मी तथा अभिनेता सरोज केसी को पहल मा उपचार खर्च बापत रु १०,००० प्राप्त गरेको मा गायक  लामिछाने ले सहयोगी मनलाइ धन्यवाद दिएका छन्।  सहयोग रकम को चेक संगै अभिनेता सरोज केसी र अभिनेत्री कबिता शर्मा ले केहि राहत सामग्री हरुपनि  गायक बुद्धि कृष्ण लाइ प्रदान गरेका थिए, जुन हेल्प नेपाल नेटवर्क ले उपलब्ध गराएको थियो हसिलो स्वभाब का गायक  लोकगायक बुद्धि कृष्ण लामिछानेले केहि समय  नेपाली सेना अनि रेडियो नेपाल मा पनि जागिर गरे साथै उनले केहि भाग सम्म  च्यानलनेपालमा कार्यक्रम संचालन गरेका थिए।
 भेटका क्रममा उनले हासी हासी नै केहि गित हरु पनि गाएर सुनाए आफ्नो पिडा लुकाएर पनि, पहिलेको जस्तो सुर नभए पनि उनिसम्झी सम्झी सुरमा गाउने प्रयास गर्दै थिए, साथै संचार माध्यम बाट भने आफ्नो बारेमा सुचना तथा प्रचार प्रसार भईरहेकोमा उनले खुसि ब्यक्त गरे, होचो कद का मोटा घाटा बुद्धि कृष्णका दुइ छोरा र पाँच छोरी छन् उनि भक्तपुरको खरिपाटी नजिकै बागेश्वरी बस्छन जुन उनको पुर्ख्यौली थलो हो । बुद्धि कृष्ण लामिछानेसंग इन्द्रेणीले लिएको लाइभ कुराकानीको  भिडीयो तल हेर्न सकिन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक