20150614

कतै जुटाउँदैछौ त कतै फुटाउंदैछौ !

भोकले पेटमा मुसा दौडिँदा पनि
खाना खान छोडिएकोछ हजुर आजकल !
दुई छाक खाना खाने मान्छेलाई
मात्र एक छाकले जोडीएकोछ हजुर आजकल !
धर्मपत्नी दिन रात ब्यस्त
छोरा छोरी र आफु पनि फेसबुक र ट्विटरमै मस्त
अझ फ्री को भाईबर र स्काइपले गर्छ जबर्जस्त
परिवार सँगै बसेर अाजकल खाना पनि खाँदैनन
श्रीमान र श्रीमती अाजकल सँगै बेडमा पनि जांदैनन्
खोइ के हुन लाग्या हो कुन्नी !
घरमा चिच्याएर बोलाउनुस, छैन कोही सुन्नी !
परिवारका सबै सदस्यहरुको ब्यस्तता देख्दा लाग्छ
अब सबैको सबै सँग नाता टुट्दैछ !
बरु बिबाहितका पनि ब्याय फ्रेन्ड र गर्ल फ्रेन्ड नाता जुट्दैछ
घाँस झार्न रुख चढेकी तल्ला घरे भैरेनी
आइफोन र ग्यालेक्सीको स्क्रिनमा रुखबाटै बात गर्छिन
दु:ख भए पनि दुई चार पैसा कमाउँछु भन्दै
खाडी मुलुक हानिएको आफ्नै श्रीमान सँग घात गर्छिन
म उल्लु चरा जस्तै एकनासले हेर्दैछु आज
आफैलाइ आफै सँग लाग्दैछ लाज !
वाह फेस बुक, ट्विटर, भाईबर र स्काइपहरु
तिमीले गर्नु गर्यौ, कतै जुटाउँदैछौ त कतै फुटाउंदैछौ
तर म भन्छु तिमीले परिवार झर्याम झुरुम टुटाउँदैछौ !
- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक