20150614

भुकम्प पीडित नेपालीहरुलाई उध्दार र राहत कार्यमा सहयोग पुर्याउने फेयर फ्याक्स काउन्टिको टिमलाई अमेरिका नेपाल सहयोगी समाज, मनाससले आज एक कार्यक्रम गरी सम्मान गर्‍यो

भुकम्प पछी नेपाल पुगेर भुकम्प पीडित नेपालीहरुलाई उध्दार र राहत कार्यमा सहयोग पुर्याउने फेयर फ्याक्स काउन्टिको टिमलाई अमेरिका नेपाल सहयोगी समाज, मनाससले आज एक कार्यक्रम गरी सम्मान गर्‍यो । सो अबसरमा समाजले उठाएको आर्थिक सहयोग प्रधानमन्त्री राहत कोसमा जानेगरी नेपाली राजदुताबासका डेपुटी चिफ मिसन ॠषि राम घिमिरेलाई अध्यक्ष सागर कंडेलले हस्तान्तरण गरे । सोही अबसरमा सागर कंडेलको पुरानो समितीलाई पुनर्गठन गरी पदम रेग्मीको अध्यक्षतामा नयाँ कार्य समितिको घोषणा समेत गरिएको थियो । सफलता पूर्वक कार्यकाल समाप्त गरी निबर्तमान भएको सागर कंडेलको अध्यक्षताको पुरानो कार्य समितिलाई बिशेष धन्यवाद र पदम रेग्मीको अध्यक्षतामा नबगठित कार्य समिति (नयाँ टीम) लाई बधाई अनि शुभकामना नेपाल मदर डट कमको तर्फ बाट । स्मरण रहोस अमेरिका नेपाल सहयोगी समाजको नामाकरण देखी कार्य समिती गठन प्रकृया सम्म रामप्रसाद खनालको परामर्श र सहयोगमा सागर कंडेल, कमल भट्टराई, मुक्त कंडेल लगायत केही नेपालीको उपस्थितिमा खनाल निवासमा २००८ मा तय भएको थियो भने पछी सार्वजनिक भेलामा खनालकै प्रस्ताबमा सागर कंडेलको अध्यक्षतामा समाजले पूर्णता पाएको थियो । कार्यक्रमका फोटोहरु यसरी आफै समाचार बोल्छन !




 
 




 
 
 

 

 

 

 


 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक