20150602

आज फेरी नेपालमा अर्को हेलिकोप्टर दुर्घटनामा परि चारको ज्यान गयो, हेलिकोप्टर जलेर पूर्ण रुपमा ध्वस्त !

नेपालमा दुई महा भुकम्प पछी उध्दार र राहत कार्यमा सरिक अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना परेको केही दिन पछी आज फेरी माउन्टेन एयरको अर्को हेलिकोप्टर दुर्घटनामा परि चारको ज्यान गएको र  हेलिकोप्टर जलेर पूर्ण रुपमा ध्वस्त भएको काठमाडौंबाट नेपाल मदर डट कम का सम्बादाताले भर्खरै फोन मा बताएका छन ।   सिन्धुपाल्चोककको बलेफी नजिक माउन्टेन एयरको हेलिकोप्टर  मंगलबार दिउसो दिउँसो  बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। हेलिकोप्टरलाई क्याप्टेन सुदेक श्रेष्ठले उडाएका थिए । सिन्धुपाल्चोककको बलेफीनजिक यमुना डाँडा-८ सालघारी जंगलमा हेलिकोप्टर खसेर दुर्घटनाग्रस्त भएको हो।    बलेफी प्रहरी चौकीका निरीक्षक दिवाकर घिमिरेकाअनुसार दुर्घटनास्थलमा ४ शव फेला परेका छन्। 'तीन पुरुष र एक महिलाको शव भेटिएको छ', घटनास्थलबाट उनले भने, 'दुई जनाको शव चिन्न सक्ने अवस्थामा छ तर पहिचान हुन सकेको छैन।' घटनाको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको नेपाल प्रहरिले जनाएको छ ।






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक