20150605

दुई तिहाइ बहुमत भएको वर्तमान सरकारलाई आफूहरुले राष्ट्रिय सरकारका रुपमा बुझेको बताउँदै दलहरुले भन्ने गरेको राष्ट्रिय सहमतिको सरकार कस्तो हो भनी प्रश्न गरे कमल थापाले !

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बिनाकारण संविधानसभाको बैठक स्थगन गर्ने प्रवृत्तिले संविधानसभालाई लाचार छाया तथा कमजोर बनाउने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा नेता थापाले संविधानका अन्तर्वस्तुमा दलबीच देखिएका विवादित विषय संविधानसभामा छलफल
गरी समाधान निकाल्नुपर्नेमा बाहिर निर्णय गरेर संविधानसभामा लाद्ने षडयन्त्र भइरहेको आरोप लगाउँदै सो कार्य असंवैधानिक, जनविरोधी र प्रजातान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको विचार व्यक्त गर्नुभयो । उहाँले राप्रपा नेपाल संवैधानिक राजतन्त्र, सनातन हिन्दू राष्ट्र र स्थानीय स्वशासनका पक्षमा भए पनि आफ्नो पार्टीलाई प्राप्त जनादेशअनुसार ती विषयलाई स्थापित गर्न नसकिने हुँदा संविधानसभामा फरक मत राखेर अघि बढ्ने जानकारी दिनुभयो । अध्यक्ष थापाले सहमति जुट्न नसकेका संविधानका विवादित विषयलाई थप छलफलका लागि सात दिन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाएर त्यसपछि संविधान निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिँदै भन्नुभयो–“विगतमा ठूला दलले संविधानसभाको विधि र प्रक्रिया छलेर संविधान जारी गर्न खोजेकाले त्यो सफल हुन नसकेको यथार्थबाट अहिले पाठ सिकेर अघि बढ्नुपर्छ । ”
उहाँले दुई तिहाइ बहुमत भएको वर्तमान सरकारलाई आफूहरुले राष्ट्रिय सरकारका रुपमा बुझेको बताउँदै दलहरुले भन्ने गरेको राष्ट्रिय सहमतिको सरकार कस्तो हो भनी प्रश्न गर्नुभयो । उहाँले सरकार सबै दलको सहयोग लिएर पुनःनिर्माणमा लाग्नुपर्नेमा प्रमुख दल सत्ताको भागबन्डामा लागेको आरोप लगाउँदै राप्रपा नेपाललाई सरकारमा जान जनादेश नपाइएकाले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक