20150613

अमेरिकाको टेक्सासमा समीरा शिवाकोटीको लुटेरा द्वारा गोली हानी हत्या !






सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू,
 
यति खेर सिङ्गो नेपाली समाज माथि बज्रपात परेको छ। एउटा अकल्पनीय घटनाले सबैका आँखा टोलाएका छन्, रसाएका छन्। डेन्टन निवासी २ छोरीकी आमा, ३१ वर्षीय समीरा शिवाकोटीको गत बुधवार आफैले सञ्चालन गर्दै आएको कोलोनीमा रहेको Convenience Store मा दिउसो लगभग ११:०० बजे को समयमा आएको एक लुटेराले गोली हानी हत्या गरेको छ। 
 
यस दुखद घडीमा नेपाली समाज टेक्सास मृत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक-शन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन भन्ने कामना गर्दछौ। यो असामान्य घटनाको सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नु पर्ने छ। सिवाकोटी परिवारको हरपल साथमा रहदै हामी हत्याराको पहिचान गरी कडा भन्दा कडा सजायको मागको निमित्त समेत नेपाली समाज टेक्सास प्रयत्नरत छ।  
 
मृत समीरा शिवाकोटीको पार्थिब शरीरलाई निम्न मिति, समय र स्थानमा श्रद्धाञ्जली, अन्त्येष्टि तथा दाहा-संस्कार गरिने भएको हुँदा सबैलाई उपस्थितिको निमित्त जानकारी गरिन्छ।  
 
श्रद्धाञ्जली तथा अन्त्येष्टि (Visitation): 
8 AM, Sunday (6/14)
Huge Crown Funeral Home
9700 Webb Chapel Rd
Dallas, TX - 75220
 
दाहा-संस्कार (Cremation): 
11:30 AM, Sunday (6/14)
1230 Kingston Drive
Lewisville, TX - 75067
 
धन्यवाद,
विजयराज भट्टराई 
महासचिव
नेपाली समाज टेक्सास (NST)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक