
साउन, काठमाडौं ।
टेलिभिजनको पर्दामा सधै हँसाएर छुट्टै पहिचान बनाएका हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले बनाएको धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती आज हस्तान्तरण गरीएको छ । काभ्रेको पाँचखाल नगरपालीका–१६, डाँडागाउँमा बनाइएको २० घर भएको नमुना बस्ती आज पहरी बस्तीका स्थानियलाई हस्तान्तरण गरीएको हो । करिब ७५ दिन त्रिपाल मुनि बसेर दिनरात खटेर काभ्रेका पहरी बस्तीका भुकम्प पिडितहरुका लागि हाँस्य टेलिश्रृंखला मेरी बास्सै, भद्रगोल र सामाजिक सञ्जाल सगुन डटकमको सहकार्यमा
तयार पारीएको उक्त धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती आज एक भब्य कार्यक्रमका बिच १८ घरधुरीलाई हस्तान्तरण गरीएको हो ।

शहरी तथा विकास मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सयौं कलाकारहरुको उपस्थिती थियो साथै बिशेष अतिथीमा बरिष्ठ हाँस्य कलाकारद्धर मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहेका थिए । साथमा अतिथि सभासद मदन बहादुर अमात्यको पनि उपस्थिती थियो । कार्यक्रममा अन्य कलाकारहरु शिबहरी पौडेल, किरण केसी, मनोज गजुरेल, दिनेश डिसी, नवल ख ड्का, दिपा श्री निरौला, केदार घिमिरे, मनोज आचार्य, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, मरिचमान श्रेष्ठ, राजु पौडेल, शंकर आचार्य, सुवास आचार्य, अर्जुन घिमिरे, कमलमणि नेपाल, मधुसुदन पाठक, सुरेश थापा, सागर लम्साल, हरी निरौला, बेगम नेपाल, गोबिन्द कोइराला, गोपाल लामा लगायतको उपस्थिती रहेको थियो साथै नायक आर्यन सिग्देल र गायक राजेश पायल राईको पनि उपस्थिती देखिन्थ्यो ।

गत बैशाख १२ गएको भुकम्पले पहरी बस्तीमा पुर्याएको क्षतिले त्यहाँका बस्ती पुर्णरुपमा ध्वस्त भएपछि धुर्मुस सुन्तलीले पहरी बस्ती निर्माण अभियान सुरुवात गरेका थिए । अमेरीकाको कार्यक्रम नसक्दै नेपाल आएका धुर्मुस सुन्तलीले आएलगत्तै अनवरत रुपमा खटिएर पहरी बस्तीमा नमुना बस्ती निर्माण गरेका हुन् जुन नेपालमै एक नमुना बनेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शहरी तथा बिकास मन्त्री डा. नारायण खड्काले कलाकार धुर्मुस र सुन्तली लगायतको टिमले सरकारले नै गर्न नसकेको एक उदाहरणीय काम गरेर देखाईदिएको बताएका थिए । साथै उनले पहरी गाउँमा रहेका अन्य घरधुरी जो भुकम्पबाट प्रभावित छन् उनीहरुलाई पनि यस्तै बस्तीको निर्माण गर्न पहल गर्ने बताए । कार्यक्रमका बिशेष अतिथि मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्यले पनि धुर्मुस सुन्तलीले नेपालमै एक ठुलो काम गरेर देखाउँदा सम्पुर्ण कला क्षेत्रकै नाम राखेको र सबैले ठुलो पाठ सिक्नुपर्ने बताएका थिए । साथै उनीहरुले यि महान् व्यक्तित्वलाई जन्म दिने आमा बुबालाई धन्यवाद समेत दिएका थिए ।

कलाकार सिताराम कट्टेल (धुर्मुसं)ले ७५ दिनको पाल मुनिको बसाईमा धेरै दुख कष्ट सहेर पनि नमुना बस्ती निर्माण गरेको बताए । उनले रातको १२ बजेसम्म पनि काम गरेर छोटो समयमै पहरीका स्थानियलाई बसोबासको व्यवस्था मिलाईदिन पाउँदा खुसी व्यक्त गरे । बस्ती निर्माणमा मेरी बास्सैका कलाकार सुरेश थापा (दर्शने), बेगम नेपाल, गोपाल लामा (कार्की दाई) लगायतले धेरै समय त्यहिँ बसेर सहयोग गरेका थिए । साथै भद्रगोलका कलाकार अजुर्न घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरी निरौला (कक्रोज) लगायत पनि खटिएका थिए ।

धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती निर्माणमा ४ आना जग्गामा बनाईएको २० घरको लागि जम्मा ६७ लाख ३६ हजार ८ सय २६ रुपैया खर्चभएको बताईएको छ । जसमा ४७ लाख ६७ हजार १ सय ४० रुपैया सहयोगदाता हरुबाट उठेको थियो । प्रतिघर ३ लाख ३६ हजार ८ सय ४१ रुपैया खर्च भएको बताईएको छ । निर्माण गरीएको २० घर मध्ये १८ वटा घर २ वटा पाहुना घर बनाईएको छ । धुर्मुसका अनुसार पाहुना घरमा अन्य जोकोहि पर्यटक आउन सक्ने र आम्दानी हुन सक्ने भएकोले पनि ति पाहुना घर निर्माण गरीएको हो । आम्दानी रकम सोहि बस्तीमा लगाईने छ । नुमुना बस्तीमा स्थानिय श्याम पहरी, राम पहरी लगायतका स्थानियको जग्गादानबाट उक्त घर निर्माण गरीएको हो ।

सहयोगदातामा सगुन डटकमको तर्फबाट ११ लाख ४५ हजार, राजु भट्टराई नेपा. कम्प्लेक्स बाट ५ लाख, नेपाल हिल्फ् डाइरीक्ट ईभि जर्मनीबाट ४ लाख, नमस्कार सहयोगी संस्था युएईबाट ३ लाख १३ हजार ३ सय ७, काभ्रे सेवा समाजबाट ३ लाख सहयोग गरेका थिए । साथै अन्य ५३ सहयोगीदाताले पनि सहयोग गरेका छन् । त्यसका साथै अन्य जिन्सीसामान सहयोग गर्ने दाताहरुपनि धेरै रहेका छन् । कार्यक्रममा सहयोगी सबैलाई सम्मान पत्र बितरणगरीएको थियो ।
प्रस्तुतीः गोपिकृण्ण/ artistkhabar
.png)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक