20150809

तिमी हामी बस्ने घरमा आगो झोँसिसकिएको छ, चिन्ता नगर अब खरानीको कमी हुने छैन ।

नेपाललाई बिकास गर्ने, राम्रो बनाउने, हाम्रो बनाउने हो भने, सबैको साझा फुलबारी बनाउने हो भने पाँच बिकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला, महा नगर पालिका, उप महा नगर पालिका, नगर पालिका, गाबिस, वडा यहाँ भन्दा कस्तो बिकेन्द्रिकरण चाहिएको हो र चार टाउके हरु हो ?? तिमीहरुले भन्ने गरेका तानाशाह महेन्द्र पनि अहिलेका तिमीहरु भन्दा सय गुणा बुद्धिमान, दिर्घकालिन सोंच भएका ब्यक्ती रहेछन समय ले साबित गरिसक्यो । बधाई छ विषको रुख रोप्यौ । अब जरा फैलाउ, ६ वटा तिम्रा प्रदेश हरु मा ८०० सांसद, ६ प्रदेश सँसद, ६ प्रहरी संगठन, ६ वटा अदालत, ६ वटा मन्त्री परिषद, तिम्रा भेँडी गोठहरु मौलाउन हाल, लुट देश लाई टुक्रा टुक्रा पारेर लुट । छबिलाल र बाबुराम नाम का नौटँकीहरुका पछाडि लागेर उनिहरु सँगै शती गएका सबैलाई नेपाल आमा ले कहिलै पनि माफ गर्ने छैनन । तिमीहरुलाई हेर्दै जाउ तिम्रै सन्ततिले निकट भबिस्यमा नै धिक्कार गर्न थाल्नेछन । एउटा सरकारी कार्यालय बिस्तार गर्न, स्थानान्तरण गर्न नसक्ने, केन्द्रिय एउटा मन्त्री मण्डल बिदेशिहरु सँग भिख मागेर चलाऊने तिमी मगन्ते हरु अब ६ वटा प्रदेश सरकार र केन्द्रिय सरकार कसरी चलाऊँछौ ?? सोँचेका छौ ?? हुन त तिमी जनतामारा को के नै जान्छ र दु:ख पाउने जनताले नै हो । बर्बाद हुने देश नै हो । आफु जन्मिएको हुर्किएको देशमा यस्तो राबण राज हुँदा पनि एक जुट हुन नसक्ने नेपाली जनहरु हामी सबै पनि दोशी छौं अब तयार भएर बसौँ झनै बर्बादी भएको देश देख्न । हामी जस्ता पटमुर्ख जनता भएकै कारण देशको आज यो हाल भएको हो । अब केही बर्षमै सिके राउत हरुका माग पनि पुरा हुनेछन, छबिलाल र बाबुराम का त पुरा भैसके, अब के नै बाँकी रहे र ??!! हुन त पार्टी, नेता र तिनका दासहरुलाई यो कुरा पक्कै मन पर्ने छैन । मलाई थाहा छ उनिहरु गाली बर्षाउन थाल्ने छन । तर पनि दासहरु हो तिमी र तिम्रा सन्ततिका खुट्टामा यसरी बन्चरो हान्दा पनि तिमीहरु अझै पनि आँखा बन्द गरेर बस, तिम्रा नेता भनाउँदा राष्ट्रका दुश्मनहरुलाई समर्थन गरेर बस । राम्रो भयो भन्दै ताली मार । तर एउटा कुरा नभुल, त्यो के भने छबिलाल र बाबुराम जस्ता महाअपराधीहरुले २०५२ साल देखी शुरु गरेको काटमारको घाऊ पूर्ण निको नहुँदै तिमीहरु अरु छबिलाल बाबुराम जन्माउँदैछौ, झनै अराजकता, यो मेरो, यो तेरो अन्माउंदैछौ । तिमी हामी बस्ने घरमा आगो झोँसिसकिएको छ, चिन्ता नगर अब खरानीको कमी हुने छैन । - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक