20150920

भारतीय दादागिरी झन बढी, मधेशी दलहरु भारत कै ईशारामा ! संबिधान घोषणा भए लगत्तै नेपाल झनै अशान्त, एमाले काङ्रेस का कार्यालय जलाइए, नयाँ संविधानले देशमा झन् अनिष्ट हुन सक्ने भविष्यवाणी गरे ज्योतिषहरुले !

कतै दीपावली त कतै संबिधान च्यातिंदै र जलाइँदै!
* ज्योतिषहरुले आइतबारको साइतलाई अशुभ भन्दै नयाँ संविधानले देशमा झन् अनिष्ट हुन सक्ने भविष्यवाणी गरे !
 * नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी 
* नेपालमा संविधान घोषणा हुने वित्तिकै भारतले विज्ञप्ती निकालेर आफ्नो अडान र असन्तुष्टि फेरि पनि दोहोराएको छ
* संविधान घोषणा गरेपछि राष्ट्रपति यादवले संविधानसभाको बैठकलार्इ गरेको सम्बोधनको पूर्ण पाठ

संविधान घोषणा गरेपछि राष्ट्रपति यादवले संविधानसभाको बैठकलार्इ गरेको सम्बोधनको पूर्ण पाठ यस्तो छ :

"जनताका प्रतिनिधिमार्फत लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिका लागि नेपालका जनताले बनाएको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना
र बधाई व्यक्त गर्दछु ।

नेपाली जनताले झण्डै सात दशकअघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मुर्त रुप लिएको छ । यस अवसरमा शहीद, सहयात्री जनता र जननायकहरुप्रति सम्मान प्रकट गर्दछु ।

संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहित सार्वंभौम सत्ता र राज्यशक्तिको स्रोत जनतामा मात्रै निहित भएको मान्यता पनि स्थापित भएको छ ।

बहुदलीय शासन पद्धतीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताको आधार सहित अन्य विषयहरु संविधान कार्यान्यवयनका क्रममा अझै फराकिलो र विस्तृत हुँदै जाने छन् । देश शान्ति, स्थायित्व, न्यायपूर्ण र सामाजिक आर्थिक विकासको बाटोमा तिव्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।

यो संविधानले सबै क्षेत्र र समुदायका जनताका आकांक्षा, अधिकार, भाषा, भेषभूषा संस्कृति र पहिचानलाई समान ढंगले संरक्षरण र प्रवर्द्धन गर्ने छ । विविधता बीचमा एकतामा जोड दिंदै सबै प्रकारका विभेद र असमानतालाई अन्त गर्ने मौका यस संविधानले प्रदान गर्ने छ ।

हिमाल पहाड तराई मधेशका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता र सहकार्यका साथ यस संविधानबाट प्राप्त जनताका अधिकार उपलब्धी र संघीयता सहितको लोतकतान्त्रिक गाणतान्त्रिक संरचनालाई संरक्षण र प्रवर्द्धन गर्न आह्वान गर्दछु । संविधान गतिशिल दस्तावेज हो, यसको संरक्षण गर्दै सामाजिक न्याय, अधिाकार, संवृद्धि प्राप्त गर्न निरन्तर क्रियाशिल रहन आग्रह गर्दछु ।

जनताका प्रतिनिनधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतमा निहित सार्वभौमसत्ताको रक्षा गर्ने हाम्रो साझा संकल्पको दस्तावेज हो ।

यो दस्तावेज नेपालको संविधानको निर्माणमा योगदान पुरयाउनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी, संविधानसभाका माननीय सदस्यहरुलाइए सम्माननीय अध्यक्षमार्फत हृदय देखी धन्यवाद दिन्छु । यो संविधान र परिवर्तित सभाले देशमा एकताको कडी मजबुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद ।"

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरे

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो ।
झडपको क्रममा मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गा लागी इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी जवान विर्ख तामाङ, योगेश खड्कालगायत पाँच प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।
नेपालमा संविधान घोषणा हुने वित्तिकै भारतले विज्ञप्ती निकालेर आफ्नो अडान र असन्तुष्टि फेरि पनि दोहोराएको छ ।
आइतबार साँझ संविधानको औपचारिक घोषणा भएपछि भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा स्पष्टसँग संविधानको स्वागत गरिएको छैन् । भारतले नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने कुरा मात्रै विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तीमा उल्लेख गरिएअनुसार तराई-मधेसमा आन्दोलनरत दललाई सहमतिमा नल्याएरै संविधान जारी गरेपछि भारतले स्वागत नगरी असन्तुष्टि जनाएको हो । ‘संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन भारतले निरन्तर सहयोग गरिरहेको थियो । तर, त्यसो भएन् ।’ – विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तीमा भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेकोप्रति चासो समेत भारतले व्यक्त गरेको छ । यस विषयमा काठमाडौंमा रहेका भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।
विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै भारतले सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने जनाएको छ ।
ज्योतिषहरुले आइतबारको साइतलाई अशुभ भन्दै नयाँ संविधानले देशमा झन् अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका छन् ।
असोज ३ गते आइतबार शनि र चन्द्रमाको युतीबाट बन्न जाने पुनर्फू योग नै प्रबल अनिस्ट्कारी देखिएको ज्योतिषाचार्य डा. सुनिल सिटौलाको दाबी छ। आफ्नो आधिकारिक पेज ज्योतिषम्याजजिन डटकममा डा. सुनिल लेख्छन्- ‘सामान्यतया कुनै पनि कामकारबाही गर्दा मुहुर्त हेर्ने प्रचलन छ। यसरी मुहुर्त हेर्दा जहिले पनि चन्द्रमाको अवस्थालाई विचार गर्ने ज्योतिषिय संस्कार छ। कार्य गर्ने दिन चन्द्रमा पापक्रन्त एवम् पाप कर्तरीमा पर्नु हुँदैन भन्ने छ। तर असोज ३ गते चन्द्रमा शनिग्रह सँग युतीहुनुलाई मुहुर्त ज्योतिषले अशुभ मान्दछ। जस्को फल्स्वरुप त्यस दिन सर्वजनिक गरिएको संबिधानले यथास्थितिमा पूर्णता पाउने हुँदैन र पछि पछि धेरै नै संसोधन हुँदै जानेछ।’
टेलिभिजनमा समेत ज्योतिष विज्ञानसम्बन्धी कार्यक्रम चलाउँदै आएका डा. सिटौला समसामायिक घटनाक्रममा भविष्यवाणी गर्न माहिर मानिन्छन् ।

आमा, भन म पनि दीपावली गरुँ ??!!
आमा,


हामी १२ भाई छोरा
सत्रभाइ नाती
सात छोरी
एघार नातिनी
पनाती पनातीनी सबै तिर का जोड्दा
एक सय भन्दा बढी परिवारका सदस्य !
आज सम्म हामी मिलेरै बसेकै थियौं
एकले अर्कोको मन मुटु भित्र पसेकै थियौं
एउटै घर, एउटै छानोमा अटेकै थियौं
हजुर बाले जोडेको पाखो बारी खेत खलियान
बा ले चुंटिन दिनुभएन
वहाँ लाई नै घर को मियो मान्दै
घर राम्ररी चलेको थियो
तिमीले पकाएर खान दिन्थ्यौ
सबैले मिठो नमिठो बाँडी चुडी खान्थ्यौँ
परिवारको एक सदस्य बिरामी हुँदा
वरि परि बसेर सँगै रुन र साथ दिन जान्थ्यौँ
हाम्रो परिवार यती आदर्श परिवार थियो
न कहिलै झै झगडा
न त कुनै रिस द्वेस
केही दाई भाईको बिहे भयो
केही दिदी बहिनीको बिहे भयो
भिनाजु र ज्वाँईहरु पनि बाहिरका भए पनि
हाम्रो परिवारको आदर्श र आफ्नो पन देखेर
लोभिन्थे, नतमस्तक हुन्थे
यत्तिकै,
एकाएक हाम्रो घरै निरका छिमेकी
आफ्नो घर सम्हाल्न नसकेका
पल्लाघरे मुखिया बा लाई इर्श्या लागेछ
रिस उठेछ
उपल्लाघरे साना बा को घर
तल्लाघरे राइँला बाको घर
केही अरु छिमेकीको घर भाँडी सकेका उनले
हाम्रो परिवारमा पनि आँखा गाडे
अन्तरे र जन्तरे दाईहरुलाई
कुन्नी के के जती भनेर
खर्च पानी समेत दिएर
भड्काइदिएछन, सड्काइदिएछन !
एका एक अन्तरे र जन्तरे दाईहरु
केही दिदी बहिनीहरु
घर भाड्न सिपालु
पल्लाघरे मुखिया बा को लह लहै मा लागेर
हामी छुट्टीन पाउनुपर्छ भन्दै
अँश चाहियो भन्दै
अब एकाघरमा बसिन्न भन्दै
आमा बाउ कोही चाहिन्न भन्दै
एक दिन बा माथि जाइ लागे !
बाले भन्नु भयो
आज सम्म मैले मेरा बाउ बाजेको बिँडो थामे
अब तिमीहरु ठुला भयौ लौ जे गर्छौ गर
अब घर आफै चलाओ
मेरो घाँटी च्याप्प समाए
कान्छी बहिनीलाइ निर्बस्त्र बनाए
छोरा छोरी सब भँडाए
परिवार भित्रै रण सङ्राम बनाए
कती दाजुभाइ मारिए
कती बेपत्ता पारिए
हाम्रो त्यस्तो आदर्श परिवार
कहाँ बाट कहाँ पुर्याए
हजुर बा ले जोडेको पाखो बारी
खर खलियान सबै उजाड छ
दाई भाई दिदी बहिनी भित्रै
मारामार छ, तेरो र मेरो छ
कसैले कसैलाई चिन्दैनन
आफन्त हुनुको अर्थ बुझ्दैनन
सुन्छु बा चुप्प बसेर तमाखु खाँदै हुनुहुन्छ
आमा, तपाईं परिवार भांडिएको देखेर रुनुहुन्छ
म नाथे कान्छो छोरो
केही गर्न सकिन्छ कि भनेर
लाहुरे हुन लाहुर झरेको मोरो
अक्क न बक्क छु !
मेरा आफन्त जन आआफै लडेको देखेर
आँशुले सिरानी भिजाउनु बाहेक
म के नै गर्न सक्छु र आमा ??
मन दुखेर छिया छिया छ
मुटु दुखेर छिया छिया छ
सुन्छु त्यहाँ बा को बिरासत लिन
पल्लाघरे मुखिया बा को
ज्यु हजुर गर्दै छन रे दाई भाई !
आमा तपाईंको न्यानो काखमा
भाउजु हरु पिसाब फेर्दै छन रे !
बा र आमा अनी हाम्रो सानमान लाई
मुखिया बाले राम हेरेर मज्जा लिंदै छन रे !
हजुर बा ले जोडेको पाखो बारी चिर्न सम्झौता भयो रे
कसैले धेरै पायो कसैले पाएको पनि गयो रे
बलिया बाँगालाई मलिलो खेत बारी पर्‍यो रे
सोझो साइँलदाइ मरुभुमी जस्तो बारीमा झर्यो रे
काइँल्दाइ ले परिवार फुट्नुहुन्न भन्दै झगडा गर्‍यो रे
तर आ आफै सबै बा बन्न खोज्ने
आमा बन्न खोज्ने
राम्रो पाखो पखेरो रोज्ने
हाना थाप जारी छ रे
कसैले खुशीयाली मा दीपावली मनाउँदै छन रे
उन्माद हाँसो हाँस्दै छन रे
एउटा उखान छ नि आमा
धेरै हाँस्यो भने रुनु पर्छ
तर अहँ उनिहरु भोली के हुन्छ हेर्दैनन्
भबिस्य के होला ठेर्दैनन
पल्ला घरे भँडुवा मुखिया बा को खेल
अहँ उनिहरु बुझ्दै बुझ्दैनन !
भाई फुटे गवार लुटे हुने सोंच्दै सोँच्दैनन
म त बोल्नै हुन्न आमा !
किन कि तँ लाहुरे तँलाई के थाहा छ भनिहाल्छन !
तँ कान्छो होस् चुप लाग भन्दै उनिहरु ठुला बनी हाल्छन
घरमा आगो झोँसिसके
बा को ठाउँँ मा बसिसके
आज उनिहरुको उर्दी छ
दीपावली गर, गर्नै पर्छ
म एक हात ले आसुँ पुछ्दै
च्यात्तिएको मेरो दौरा सुरवाल सम्हाल्न सकी नसकी
सुरवालको चुँडेको तुना सम्हाल्न सकी नसकी
दाई भाईको उर्दी सुन्दैछु
तर आमा मलाई घर फुटेको
दाई भाई आ आफैमा टूटेको
परिवार छिन्न भिन्न भएको
आफ्नै दाई भाई पल्लाघरे मुखियाको मा गएको
हेर्न अहँ पटक्कै मन छैन
म अहिले पनि मेरो पुरानो आदर्श परिवार सम्झिरहेछु
मिलेर बसेका सबै दाई भाई सम्झिरहेछु
दिदी बहिनी सम्झिरहेछु
मेरा हजुर बा ले जोडेको खेत खलियान
पाखो बारी सम्झिरहेछु
भन आमा म के गरु ??
घर फुटेकोमा, मुखियाले हाम्रो हाँसो लुटेकोमा
आफ्नै दाई भाईले घर भित्रको धर्म संस्कार एकता भुटेकोमा
धर्म कर्म खोसिएकोमा
मेरै घरमा आगो झोंसिएकोमा
सानो घर खेत टुक्रा टुक्रा पार्न
मेरै आफन्तजन जोसिएकोमा
म कसरी खुशी होउँ
कसरी दीपावली गरुँ ??
आफै बसेको हाँगो तल बाट कसरी काटुँ ??
घर फुट्दा खुशीयाली कसरी साटुँ ??
तिम्रो चिरहरण हुँदा मैले खुशी कसरी बाँटुँ ??
आमा म पुरै अन्यौलमा छु !
भन दीपावली गरुँ या के गरुँ ??!!
- रामप्रसाद खनाल, विन्चेस्टर भर्जिनिया अमेरिका
September 20, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक