20150916

नेपालमा आतंकबादका दुई नायक प्रचण्ड र बाबुरामले एमाले र काङ्रेसलाई फेरी थाङ्नामा सुताए !

नयाँ संबिधान छिटो आओस देश र जनताले शान्ति र संबिधान पाओस भन्ने कुरामा कसको बिमती होला र ! तर त्यस्तो संबिधानको जरुरी छैन जसले मिलेर बसेका नेपालीहरु झनै भाँडोस । सुडान, हाइटी, कँगो, बुरुन्डी, सियरालिओन, लिबिया, सिरिया, सोमालिया वा अझै भनौँ इराक, अफगानिस्तान जस्ता मुलुकहरु जस्तो बनाउने संबिधान चाहिएकै छैन । संबिधान भनेको सबैका लागि सर्ब सम्मत हुनै पर्छ भन्ने पनि छैन र हुँदैन पनि तर देश काल परिस्थिती सबै कुराको आँकलन नगरि ल्याइने संबिधान टिकाउ हुँदैन भन्ने कुरा पनि सरोकार वालाहरुले बुझ्नु अत्यन्त जरुरी छ । आज दु:ख साथ भन्नु पर्छ - नेपालमा आतंकबाद भित्र्याएका आतंकबादका दुई नायक प्रचण्ड र बाबुरामले एमाले र काङ्रेसलाई फेरी थाङ्नामा सुताए । बुझ्ने जान्नेहरु भन्छन - सत्रहजार खुन खराबा गराएको अभियोगमा फाँसीमा झुन्ड्याउनुपर्ने प्रचण्ड बाबुरामहरुले बनाएको सबै ग्र्यान्ड डिजाइनमा एक पछी अर्को गर्दै फस्दै गएका, गल्दै गएका एमाले काङ्रेसहरु यहाँ पनि नराम्ररी झुक्किए । "हो हामी चुक्यौँ, हामीलाई चुकाउँदै प्रचन्ड बाबुरामहरुले झुक्क्याउँदै यती अगाडि लगे कि हामी अब पछाडि फर्कन चाहेर पनि सक्दैनौँ, संघियता धर्म निरप्रेक्षता मुलुकले थाम्नै सक्दैन तर के गर्ने !" भन्दै आफ्नो निरिहता देखाइरहेका एमाले कङ्रेसका नेताहरु जान्दा जान्दै बुझ्दा बुझ्दै पनि प्रचन्ड बाबुराम पथमै अगाडि बढे । प्रचण्ड र बाबुरामको दस्तावेज नयाँ संबिधानका रुपमा ल्याउन एमाले काङ्रेस पनि तयार देखिए । धर्म निरप्रेक्षता, सँघियता, गणतन्त्र लगायत अहिले आउन लागेको भनिएको नयाँ संबिधानका अधिकांश मर्महरु के एमाले काङ्रेसका एजेन्डा थिए ?? हरेक कुरामा प्रचण्ड र बाबुराम सँग झुक्दै, लत्रिँदै, हुन्छ भन्दै यहाँ सम्म आइपुगेका एमाले काङ्रेसले सर्बस्व गुमाए, जनताको मत र विश्वाश पाएर पनि अडान लिन सकेनन । निर्बाचनमा हारेका, जनताले तिरस्कार गरेका प्रचण्ड बाबुरामहरुलाई जानेर नजानेर झनै हिरो बनाउने, जिताउने राष्ट्रमा पेट्रोल छर्केर आगो लगाउने काममा शुशिल केपीहरु सरिक भए । संबिधान र शान्ती खोजेका, राष्ट्र र राष्ट्रियता रोजेका नेपाली जनतालाई असंबिधान र अशान्ति थमाइँदैछ, देशमा झन आगो लगाइँदैछ । हेर्दै जानुस, लेखेरै राख्नुस - यिनिहरुले नै सँसारकै राम्रो उदाहरणिय भनेको २०४७ सालको संबिधान को त त्यो हाल भयो भने यो आउन लागेको संबिधान झनै जनता भडकाउने, लडाउने, देश भित्रै गृहयुद्ध मच्चाउने दस्तावेज बन्दैछ । भारतीय दादागिरी अब झन बढ्नेछ नेपालमा । मधेश अब टुक्रिने छ नेपाल बाट भारतीय डिजाइनमा । नेपाल आमाको झनै चिरहरण हुने छ । कालिदाशहरुको बिचमा यो सत्य कुरा तितो लाग्ला, नमिठो लाग्ला । यो भन्दा पार्टी नेता र तिनका कार्यकर्ता लाई चित्त बुझ्ने छैन । तर अन्तिम सत्य यही हो । नेपाल आमा माथि बलात्कार भयो । धर्म सँस्क्रिती रितिरिवाज परम्परा हरेक कुरा तहस नहस पारियो, पारिँदैछ । अब हामी नेपालीहरुसँग मात्र एउटा कुरा बाँकी रहने छ त्यो हो आफ्नै घरमा लगाइएको आगोले घर जलेर बाँकी रहेको खरानी मात्र । जनताले चुनावमा हराएर धुलो चटाएर पनि नेपालमा फेरी पनि जित्यौ नेपाली आतंकबादी गुरुहरु प्रचण्ड र बाबुराम ! तिमीहरुलाई बधाई छ ! तर ढुक्क नहोउ किनकी अन्तरराष्ट्रिय कानून, अड्डा अदालत सबै एमाले र काङ्रेस तिमीहरु सँग लत्रिए झै अबस्य लत्रिने छैनन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक