20151003

उपेन्द्र देवकोटा नेतृत्वको राष्ट्रिय अभियानको अपिल–‘स्वाधिनता, स्वाबलम्बन र समृद्धिका लागि एकजुट बनौं’


राष्ट्रियताको यो अभियानमा साथ दिन सबैमा आह्वानगर्दै अभियानले अहिलेको अवस्थामा जुनसकै बिचारधारा बोकेका व्यक्ति पनि अभियानमा सहभागि बन्न सक्ने उल्लेख गरेको छ । देशमा नयाँ संबिधान जारी भएको सेरोफेरोमा घोषणा भएको राष्ट्रिय जागरण अभियान, नेपालले संगठन बिस्तारको अभियान अघि बढाएको छ । भारतीय हस्तक्षेपको बिरोधमा देशमा स्वाधिनताको आन्दोलन चल्दैगर्दा डा. उपेन्द्र देवकोटको संयोजकत्वमा गठित राष्ट्रिय अभियानले राष्ट्रियताका पक्षधर युवाहरुलाई आकर्षणगर्ने प्रयास गरेको छ । शनिवार सात बुँदे
अपिल जारी गर्दै अभियानले देशलाई स्वाधिनता, स्वाबलम्बन र समृद्धिको बाटोमा लैजाने अवधारणाका साथ ‘राष्ट्रिय विचारधारा’को विकास गर्नु यसको मूख्य अभिष्ट रहेको स्पष्ट पारेको छ । अपिलमा ‘१२ बुँदे सहमति’ले २ सय बर्ष अगाडि सुरु भएकोे राज्यको नव–औपनिवेशिकरणलाई उत्कर्षमा पु¥याएको उल्लेख गर्दै सो घटनालाई नेपालको नव–औपनिवेशिकरणको पूर्णता, दरबार हत्याकाण्डपछि रिक्त गराईएको शक्तिकेन्द्रलाई देशभन्दा बाहिर स्थानान्तरण गर्ने योजना र नेपालको विघटनको षडयन्त्रको थालनिको संगम बिन्दूका रुपमा बुझ्नु पर्ने उल्लेख गरिएको छ । साथै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, नैतिक, मनोवैज्ञानिक जीवनका सबै प्रणालिहरु आफ्नो मौलिकता, सापेक्षता र आवश्यकताको मापदण्डका आधारमा स्थापित गर्न, भेषभूषा, रहनसहन, बोलिचालि, हाउभाउ, नारी अस्मिता, पारिवारीक संरचना, सामाजिक मनोविज्ञान, मानिसहरुका बीचको आपसि संबन्ध जस्ता दिनचर्याहरुमा बाह्य कुप्रभाव बढ्दै गएकोले यो समस्यालाई जरैबाट उखेलेर समाज रुपान्तरण गर्नका लागि व्यक्ति रुपान्तरणको अभियान चलाउन, शासन प्रणालिलाई जनताप्रति उत्तरदायी बनाउने र त्यसमा नागरीक सर्वोच्चता स्थापित गर्न, यूवा जनशक्तिको विदेश पलायन रोक्न, देशभित्र विदेशी जनसंख्या भर्ने षयडन्त्र रोक्न तथा देशलाई गाँज्दै लागेकोे कुशासन, स्वेच्छाचारिता र अराजकताको समस्या निराकरणगर्न नयाँ मौलिक राष्ट्रवादी शक्तिको अपरिहार्य भएको अपिलमा उल्लेख छ । देशमा जारी नाकाबन्दीको बिषयलाई पनि उल्लेख गर्दै अभियानले देशको संकटलाई स्थायी रुपमा समाधान गर्नका लागि राष्ट्रियताको प्रश्नलाई केन्द्रबिन्दूमा राखेर राष्ट्रिय जागरण अभियान सञ्चालन सुरु गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख गरेको छ ।
के छ अपिलमा पढ्नुहोस्
‘राष्ट्रिय जागरण अभियान, नेपाल’को देशभक्त नेपालीहरुमा अपिल
१. ‘राष्ट्रिय जागरण अभियान’ नयाँ दृष्टिकोणमा आधारित मौलिक वैचारिक पाठशाला हो । नेपालको संकट, ०७ सालदेखि अनवरत रुपमा चलेको समस्या पुनरुत्पादनको चक्र र जनताको परिवर्तनप्रतिको आकांक्षालाई रोक्ने उद्देश्यले राज्यसत्ताको आधारभूत चरित्रलाई कायम राखेर शासन प्रणालिका आवरणमा गरिंदै आएका जालसाजिपूर्ण हेरफेरहरुका बीचमा राष्ट्रियताको प्रश्नले कहिल्यै स्थान नपाएको तथ्य ध्यानमा राखि ‘अभियान’ले यी सबै समस्याहरुको जडमा राज्यको नव–औपनिवेशिक दुरावस्था जिम्मेवार रहेको निष्कर्ष निकाल्दै यसको अन्त्य गरी सर्वाङ्गीण दृष्टिकोणका आधारमा देशलाई स्वाधिनता, स्वाबलम्बन र समृद्धिको बाटोमा लैजाने अवधारणा अघि सारेको छ । यहाँको माटो, हावापानी, सभ्यता, सँस्कृति, जनजीवन अनुसारको ‘राष्ट्रिय विचारधारा’को विकास गर्नु यसको अभिष्ट हो ।
२. दिल्लीमा २०६२ साल मंसीर ५ गते भएको ‘१२ बुँदे सहमति’ले २ सय बर्ष अगाडि सुरु भएकोे राज्यको नव–औपनिवेशिकरणलाई उत्कर्षमा पु¥याएको छ । सो घटनालाई नेपालको नव–औपनिवेशिकरणको पूर्णता, दरबार हत्याकाण्डपछि रिक्त गराईएको शक्तिकेन्द्रलाई देशभन्दा बाहिर स्थानान्तरण गर्ने योजना र नेपालको विघटनको षडयन्त्रको थालनिको संगम बिन्दूका रुपमा बुझ्नु पर्दछ । वर्तमान संकट नेपालको कमजोर भू–राजनीतिलाई प्रयोग गरेर स्वार्थ पूरा गर्न चाहेका बाह्य शक्तिहरुका बीचको आपसि द्वन्दको रणनीतिले बढि भूमिका खेलेर उत्पन्न भएको संकट हो । साम्राज्यवादी शक्तिहरु र त्यसको तावेदार कित्ता तथा नेपालको सार्वभौमसत्ता÷क्षेत्रिय अखण्डताका बीचको टकराव आजको मूख्य राजनीतिक परिघटना बन्न पुगेको छ । त्यसैले देशको संकट पनि राष्ट्र र गैरराष्ट्रका रुपमा विभाजित भएको छ
३. ‘अभियान’ले दिगो विकासको अवधारणालाई नेपालको संबृद्धिको आधार मानेको छ । यसको अर्थ हो– राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, नैतिक, मनोवैज्ञानिक जीवनका सबै प्रणालिहरु आफ्नो मौलिकता, सापेक्षता र आवश्यकताको मापदण्डका आधारमा स्थापित गर्नु पर्दछ । जीवन प्रणालिमा मौलिकता नभए त्यसप्रति कसैले साझापनको अनुभूति गर्न सक्दैनन् । हामीहरु यस्तै आयातित मूल्य–मान्यताहरुको शिकार भएर आत्मकेन्द्रीत, स्वार्थि, एकलकाँटे उपभोक्तवादी बन्दै गएका छौं । आयातित मूल्य–मान्यताहरुको यान्त्रिक अनुशरणले जीवनका सबै क्षेत्रमा गत्यावरोध, विरोधाभाष, विकृति र अराष्ट्रिय मनोविज्ञानको विकास गरेको छ, सबैतिर गैर जिम्मेवारीपनलाई बढावा दिईरहेको छ । यसको अन्त्य आफ्नो देश÷समाजको आवश्यकतानुसार मौलिक सिोंचबाट गर्नुपर्छ भन्ने ‘अभियान’को धारणा छ ।
४. घर बलियो हुनका लागि त्यसको जग बलियो हुनु पर्दछ । राज्यको जग समाज हो । समाजको जग समुदाय, समुदायको छिमेकि, छिमेकिको परिवार र परिवारको जग व्यक्ति हो । व्यक्ति मर्यादित नहँदा त्यसले सबै कुरा असन्तुलित बनाउन पुग्दछ । आयातित सँस्कृतिका कारण आज व्यक्ति चरम उपभोक्तवादी, एकलकाँटे र स्वार्थि बन्दै गएको छ । परिवारमा ‘आमा–बुवा’को सँस्कृतिलाई ‘ड्याड–मोम’को सँस्कृति र प्राकृतिक खानपीनको ठाउँ ‘जङ्क पूmड’ जस्ता विकृतिहरुले ओगट्दैै गएका छन् । भेषभूषा, रहनसहन, बोलिचालि, हाउभाउ, नारी अस्मिता, पारिवारीक संरचना, सामाजिक मनोविज्ञान, मानिसहरुका बीचको आपसि संबन्ध जस्ता दिनचर्याहरुमा बाह्य कुप्रभाव बढ्दै गएको छ । यो समस्यालाई जरैबाट उखेलेर समाज रुपान्तरण गर्नका लागि सर्व प्रथम व्यक्ति रुपान्तरणको अभियान चलाउन जरुरी छ ।
५. ‘अभियान’को मूख्य चासोमध्येको एउटा विषय शासन प्रणालिलाई जनताप्रति उत्तरदायी बनाउने र त्यसमा नागरीक सर्वोच्चता स्थापित गर्ने हो । वर्तमान राज्यप्रणालि जनतालाई अधिकारविहिन मतदाताका रुपमा खडा गरिएको दासत्वको आधुनिक रुप हो । यसमा मतदाताले एउटा प्रतिनिधि चयन गर्न त पाउँछ तर चुनिएर जाने व्यक्ति त्यसको नियन्त्रणमा हुँदैन । यो कसैलाई मनपरि गर्नका लागि लाईसेन्स दिए जस्तै हो । समाजको भ्रष्ट कुलिन तप्काले जनताको अनुमोदनका नाममा राज्यलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने एउटा तरिका हो । तसर्थ, प्रत्याह्वान र अस्विकारको अधिकार नभएको, गाउँ तहका जनतालाई आफ्नो बारेमा आफैे फैसला गर्ने पूर्णाधिकार नभएको र शिक्षा, स्वास्थ्य, खानेपानी तथा रोजगारीको ग्योरेन्टी नगर्ने प्रणालि वास्तविक प्रजातन्त्र होईन भन्ने मान्यताका आधारमा अघि बढ्नु पर्दछ ।
६. नेपालको संकटका २ वटा पक्ष अत्यन्त गंभिर छन्, जसमा सबैको ध्यान जानु पर्दछ । एउटा पक्ष यूवा जनशक्तिको विदेश पलायन हो । सबै राष्ट्रिय उद्योग–धन्धाहरु बेचेर देशलाई विदेशी माल बजार बनाउने, बेरोजगारी बढाउने र सकृय जनशक्तिलाई विदेश धपाउँदै नेपाललाई खोक्रो बनाएर हस्तक्षेप बढाउँर्दैै जाने विदेशि योजनामा वैदेशिक रोजगारी कार्यक्रम ल्याईएको छ । यसले देशलाई जनशक्ति विहिन बनाएको मात्र छैन, देशमा विदेशि हस्तक्षेप हुँदा त्यसको प्रतिरोध गर्ने मानिस नै नहुने अवस्था ल्याउँदै छ । नेपालीहरुको विदेश पलायनसंगै जन्म, बसोबास र विदेशमा विवाहि भएका आमाको नामको आडमा देशभित्र विदेशी जनसंख्या भर्ने षयडन्त्र अहिले पनि जारी छ । यी दुबै घटना एक आपसमा अभिन्न रुपले जोडिएर आएका षडयन्त्रहरु हुन्, जसको दृढतापूर्वक सश्क्त प्रतिवाद गर्न जरुरी छ ।
७. देशलाई गाँज्दै लागेकोे कुशासन, स्वेच्छाचारिता र अराजकताको समस्याप्रति ‘अभियान’ निरपेक्ष बस्न सक्दैन । एकथरि मानिसहरु देश लुटेर एकैरात अरबपति बनेका छन् । भ्रष्टाचार, कालोबजारी, कृत्रिम अभाव, तस्करी, मूल्यबृद्धि, गुण्डागर्दी, ठगि जस्ता अपराधजन्य कृयाकलापहरु राज्य र दलहरुबाटै संस्थागत भएका छन् । राजनीतिलाई लगानि र श्रम विनाको आयको पेशा बनाईएको छ । देशको राजश्व, कुटनितिक वा सरकारी पदहरु, विभिन्न प्रकारका नियुक्तिलाई भागबण्डा लगाएर खानु लोकतन्त्रको पर्याय भएको छ । यस्ता प्रवृतिमाथि नियन्त्रण गरिएन र यस्तो कामलाई प्रोत्साहन गर्ने समाज विरोधि तत्वहरुलाई दण्डित गर्नतिर कदम चाल्न सकिएन भने सिंगो समाज एउटा अपराधशालाका रुपमा परिणत हुनेछ । जनतालाई यसका विरुद्धमा जागरुक बनाएर संगठित गर्ने दिशामा ‘अभियान’ गंभिर बन्नेछ ।
–देश लुटेराहरुको लुटको धन राष्ट्रियकरण गरेर अपराधिहरुलाई हदैसम्मको दण्ड दिलाउन
–वैदेशिक रोजगारीका नाममा चेलिबेटी बेचेर कमिशन खाने अपराध तत्काल बन्द गराउन
–नेपालीहरुको उत्पादन विस्थापित गर्नेगरि उस्तै वस्तु आयात गर्ने पद्धतिमा रोक लगाउन
–जिल्लाहरुमा उद्योग÷कारखाना खोलेर विदेशिएका नेपालीहरु फर्काउने अभियान चलाउन
–नागरीकता ऐन र दाहोरो नागरीकता खारेज गराई देश विभाजनको षडयन्त्र परास्त गर्न
–दल र नेताहरुको योग्यता, मापदण्ड र आचार–संहिताको वैधानिक व्यवस्था लागु गराउन
–धर्मको नाममा कानून बाहिर भएका निर्माण कार्य र कालो धन राष्ट्रियकरण गर्न दबाब दिन
–भू–कम्प पीडितहरुको पुनर्बास र तराइको भूमिहिनता अन्त्यका लागि हदबन्दी लागु गराउन
–हस्तक्षेपकारी विदेशि दूताबासहरु बन्द गरी देशलाई सार्वभौम बनाउने अभियान उठाउन
–भारतसंगको खुला सिमाना बन्द गरी जनसंख्या अतिक्रमणको समस्या स्थायी रुपमा रोक्न
–अतिक्रमित भूमि, अवैध भारतीय बाँधहरु र सिमा समस्या सुल्झाउन राज्यमाथि दबाब दिन
राष्ट्रिय जागरण अभियानमा सामेल हुनुहोस् र यसलाई गाउँगाउँमा विस्तार गर्नुहोस् ।
- राष्ट्रिय जागरण अभियान, नेपाल
केन्द्रीय कार्यालय, काठमाण्डौं

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक