20151006

कतिखेर काहिँ त बात पनि ठिकै करिलिनुहुन्छ बाउराम भैया !!!

मान्छे बचाउने होइन परमधाम पुर्याउने पिएचडी धारी डाक्टर, पूर्व प्रधानमन्त्री, महान नेता, विद्वानको पनि महाविद्वान, बाउराम "भैया" भन्दैहुनुहुन्छ अहिले :
१- एमाओबादी भ्रस्टाचारीहरुको अखडा हो !
२ - एमाओबादी भत्केको घर हो, पानी चुहिने घर हो ।
३ - एमाओबादी भुकम्पले क्षतिग्रस्थ रातो स्टिकर टाँसेको घर हो ।
४ - प्रचन्डलाई अब छिट्टै भ्रस्टाचारको केशमा अख्तियारले समाउदैछ ।
तपाईंले भनेका सबै कुरा सहिछन् । हो डाक्टर साप ।
तर केही दिन अघि सम्म प्रचन्ड सँग सँगै बसेर, हिंडेर उनका हरेक बोलिमा लोली मिलाउने, हस्ताक्षर गर्ने यहाँ लाई पनि त अख्तियारले, अदालत ले दोशी ठहर गर्ला नि ! अनि एमाओबादीलाई भ्रस्टाचारीको अखडा, पानी चुहिने घर, रातो स्टिकर टाँसेको घर, भत्केको घर बनाउनमा प्रचन्डकै जत्तिकै बराबर हिस्सेदारी यहाँ को पनि छ चेतना भया । पानी माथिको ओभानो नबन्दै राम्रो होला ।
ओराली लागि सक्नुभाछ बधाई छ । गद्दाफी बनाउलान तपाईंको निर्देशनमा मारिएका सत्र हजारका आफन्तजन र हिजो मार्न लगाइएका बन्दुक बोकाइएकाहरु र उनिहरुका आफन्तजनले ! ख्याल राख्नुहोला विद्वान ज्यू ! हुन त के भो र नेपाली दौरा सुरवाल छाडेर पारीको पोशाक लगाउन थाल्नुभाको छ, "भैया" बन्नु भाको छ क्यारे । सुरक्षा गर्लान पारीकैले भन्ने आशा होला । तर तपाईंको अशली अनुहार केही समय यता केही तपाईं जस्तै विद्वान बाहेकका सबै नेपालीले बुझिसकेका छन, तपाईं आफैले भन्नुभाको थियो एक पटक, हामी सत्तामा नभएको भए हेग पुगिसकेका हुने थियौँ भनेर । अब बिस्तारै बिस्तारै तपाईंकै भबिस्यबाणी पनि पुरा हुने दिन पनि आउन सक्छन हजुर ! कतिखेर काहिँ त बात पनि ठिकै करिलिनुहुन्छ बाउराम भैया !!!
- पत्रकार डेकेन्द्र खड्का र खड्का जस्ता हजारौलाई मार्न लगाउने, जिउँदै खाडलमा पुर्न लगाउने अपराधी तपाईं नै ।

- दोशीलाई कार्वाही गर्न माग गर्दा पहिले सक्छौ भने मलाई जेल हाल भनेर सबैलाई चुनौती दिने, साबिती बयान दिने अपराधीको नाइके तपाईं नै ।
- सुन्दर शान्त नेपालमा आतंकबाद भित्र्याएर तालिवान, आइसिस र बोको हरामको पनि गुरु बन्ने तपाईं नै ।
- आफ्नी छोरी दिल्लिमा लगेर पढाउने, दुनियाँका छोरा छोरीलाई बन्दुक बोकाएर सढाउने पनि तपाइनै ।
- जात, जाती, मधेश, पहाड, हिमाल भनेर जनता भड्काउने, देशको यो हाल बनाउने महा अपराधी तपाइनै हो र यो पनि सत्य हो कि प्रचन्ड पनि तपाईं जत्तिकै दोशी छन कत्ती पनि कम छैनन उनि पनी । बिस्तारै ति सबैकुराको पनि हिसाब किताब हुँदै जाला भैया देख्ते जाओ, ए सब जो हे न टाइम टाइम कि बात हे भैया !








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक