20151011

शुशील कोइराला रातारात बलीको बोको र नायक बाट खलनायक बनाइए !


जिन्दगी भर खास कुनै दाग नलागेका, कुनै भ्रस्ताचार वा काण्डमा नमुछिएका भनिएका शुशील कोइराला काङ्रेसको पार्टी सभापति र मुलुकको प्रधानमन्त्री भएकै बेला, अन्तिम अवस्थामा आएर भनिएको भद्र सहमति तोडेर, भारतीय ईशारामा जसरी बलीको बोको बनाइए त्यसले उनको राजनीतिक सेतो दौरामा राष्ट्रघातको छिटा मात्र लागेन, जिन्दगीको अन्तिम घडी तिर आइपुगेका, स्वास्थ्यले पनि लखेटिरहेका उनको राजनीतिक जिबन करिब करिब समाप्त पारिएको छ । उनी सँगै प्रजातन्त्रबादी भनिने पार्टी नेपाली काङ्रेस लाई समेत नराम्रो झड्का लागेको छ । भारतीय स्वार्थ र निर्देशन मानेका शुशील कोइराला बाबुराम भट्टराई, शेर बहादुर देउबा र
रामचन्द्र पौडेलले आफ्नो ब्यक्तिगत राजनीतिक फाईदाका लागि चरम दुरुपयोग गर्न लाग्दा अलिकती पनि चाल नपाएका यि राजनीतिक "हरि लठ्ठक" ले प्रधानमन्त्री बाट निस्किन साथ राष्ट्रपती बन्ने सौभाग्य पनि गुमाएका छन । हुन त नेपाल को राजनीति कसले पो बुझ्न सक्छ र ! कुन बेला के हुन्छ पासा कसरी कता पल्टिन्छ भन्न गार्हो छ तर पनि शुशील हाल लाई नायक बाट खलनायक बनेको कुरा बुझ्न कसैलाई गार्हो छैन । राजनैतिक गणितको जोड घटाऊ समेत ख्याल नगरि, हार्ने शत प्रतिशत थाहा हुँदा हुँदै पनि उमेदवार बनेर भारत भक्तीको नग्न रुप देखाएर जाने बेला शुशीलले यसरी आफ्नै खुट्टामा बन्चरो हान्लान भन्ने कसैले कल्पना पनि गरेका थिएनन स्वयम काङ्रेसी हरु यसै भन्दैछन ।                              

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक