20151011

एमाले अध्यक्ष केपी ओली नेपालको नयाँ प्रधानमन्त्री निर्बाचित

भारतले नाकाबन्दी गरेर मात्र होइन प्रधानमन्त्री बन्न नदिन अनेकौँ पासा फ्याँकिरहेका बेला प्रचन्ड जस्ता अतिबादी र कमल थापा जस्ता बिपरित धुर्बका नेताहरुको प्रस्ताब र समर्थनमा प्रधानमन्त्री उमेदवार बनेर स्पस्ट बहुमतका साथ प्रधानमन्त्री निर्बाचित भएका ओलीलाई हार्दिक बधाई नेपाल मदर डट कमका तर्फबाट । ओलीजी तपाईंले त जित्नुभयो अब नेपाल राष्ट्रलाई पनि सुजबुझ ढंगबाट जिताउनुस्, भारत सँग घुँडा नटेक्नुस, नाकाबन्दीलाई कुटनैतिक हिसाबले अन्त्य गर्नुस । मिलिजुली सरकार बन्दैछ, अब आजै देखी शुरु भैसकेका ओल्ला घरको नरे पल्ला घर सरे ........ नपाएर भुर्लुँगै लडे प्रब्रित्ती, मुसा प्रब्रित्ती हाबी नहोउन । सत्ताको खेलमा बिगतमा जस्तो फोहोरी खेल नहोस । बिगत नदोहोरियोस । आतंकबाद सँग घुँडा नटेकियोस, सबैलाई मिलाउने नाममा राष्ट्रियता कमजोर पार्ने, दुनियाँको हाँसो हुने काम नगरियोस नेपाल मदर डट कम यही कामना पनि गर्दछ आजको दिनमा ।   

     
       नेपालको सँसदमा सम्पन्न निर्बाचनमा ३३८ मत प्राप्त गरी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्बाचित भएका छन । उनले संविधानसभामा भएको निर्वाचनमा कुल ५८७ मत संख्या मध्ये ३३८ मत प्राप्त गरि स्पष्ट बहुमतले बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री सुशिल कोइरालाले कुल मतसंख्या मध्ये २४९ मत प्राप्त गरी पराजित
भएका छन् । २०२८ सालमा भएको झापा बिद्रोहका नेता ओली नेपाली वामआन्दोलनका क्रममा पटक पटक जेल जिवन विताएका नेतामा पर्दछन् ।  विस २०७१ असार १९ देखि १५ सम्म काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित भएका ओली ०७० माघ २१ मा पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका थिए । उनै नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनीः
नामः के.पी. (खड्गप्रसाद) शर्मा ओली
जन्म मितिः वि.सं. २००८र ११ र ११ तदनुसार सन् १९५२र०२र२३, शनिबार ।
जन्मस्थानः इवा २, तेह्रथुम, नेपाल ।
पारिवारिक अवस्थाः
हजुरबाः स्व. मनरथ ओली ।
हजुरआमाः स्व। राममाया ओली ।
माताः स्व. मधु ओली ।
पितास् मोहनप्रसाद ओली ।
वैवाहिक अवस्थाः विवाहित ।
१। श्रीमतीः राधिका शाक्य ।
२। भाइ तथा बुहारीः जयप्रसाद ओली÷इन्दिरा ओली ।
३। दिदीरबहिनीः विष्णुमाया, कौशिला र राजु ।
४। पारिवारिक संख्याः २ जना (श्रीमती राधिका शाक्य सहित) ।
स्थायी निवासः अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल ।
अस्थायी निवासः शरणामती– ६, झापा, नेपाल ।
१। नागरिकता नम्बरः २६६ र ३१३९५
२। राहदानी नम्बरः ००२५११४
शैक्षिक योग्यताः सामान्य ।
भाषाः नेपाली, हिन्दी र अंग्रेजी ।
भ्रमणः स्वदेश— ७५ वटै जिल्ला ।
विदेशः मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि ।
राजनीतिक दलः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
वर्तमान जिम्मेवारीः
अध्यक्ष, नेकपा (एमाले) ९२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन
नेता, संसदीय दल, नेकपा (एमाले), ९२०७० माघ २१ म सम्पन्न निर्वाचन ।
संविधानसभा सदस्य– क्षेत्र नंः ७, झापा ९२०७० मंसीर ४ को संविधानसभा निर्वाचन०
राजनीतिक यात्राः
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।
जिम्मेवारी बहनः २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।
नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तः २०२६ साल ।
२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन ।
२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।
२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।
२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन
जेल जीवन
पहिलो पटकः २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।
पहिलो गिरफ्तारः झापा पुलिस थानामा ।
२०२७ र २०३० का बस्चमास् पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।
जेल यात्राको १४ बर्से अध्यायः
२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
पहिलो भोगाईस् रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
२०३३ साउनमा नख्खु जेल चलान ।
२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
२०३६ जेठमा गोलघर बाहिर ।
२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
२०३९ माघ ३ मा पोखरा जेल चलान ।
२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।
जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी बहनः
२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा ९माले० को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
२०४६ मा तत्कालीन नेकपा ९माले० लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा ९एमाले० स्थायी कमिटी सदस्य ।
राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीः
२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा ९एमाले० दलको उपनेता चयन ।
२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक