20151015

एन आर एन को अध्यक्षमा पुनः शेष घले निर्वाचित

एन आर एन को भर्खरै सम्पन्न निर्बाचनमा अध्यक्षमा निर्बाचित श्री शेश घलेजी सहित सम्पूर्ण नब निर्बाचित टिमका सबै साथीहरुलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ । वहाँहरुको कार्यकालमा एनआर एन ले नयाँ ईतिहास रच्न सकोस हाम्रो कामना पनि । 
- रामप्रसाद खनाल- अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका समस्त परिवार ( www.Iafamerica.com)
- अध्यक्ष - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार(INLSDC.Blogspot.com)
सम्पादक - नेपाल मदर डट कम (Nepalmother.com) समस्त परिवार

एनआरएनएको अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका छन् । उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१२ मत पाएका छन् । महासचिवमा वद्री केसी निर्वाचित भए । उनले ५५५ पाएका छन् । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९३) निर्वाचित भएका छन् ।  युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् । अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक