20151016

योग्यता, क्षमता, अनुभब र जनमतका आधारमा होइन, देश पुरै भागबन्डामा चलिरहेको छ !

योग्यता, क्षमता, अनुभब र जनमतका आधारमा होइन, देश पुरै भागबन्डामा चलिरहेको छ । प्रधानमन्त्री, तीन तीन उपप्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपती, उपरास्ट्रपति सबै पदमा भागबन्डा, राज्यमा भागबन्डा, संबैधानिक अँग देखि महत्वपूर्ण नियुक्तिमा भागबन्डा, अनी भन्नुस त कसरी बन्छ देश ?? यो देश सोमालिया नभए के सिँगापुर बन्छ त ?? हामी जनता कती अभागी है, यसो ठण्डा दिमागले सोच्नुस त !!! हे समानुपातिक गर्नु गरिस ! प्रत्यक्ष निर्बाचित साँसद, साँसद मात्र राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख हुने संबैधानिक ब्यबस्था भैदिएको भए पनि त हुन्थ्यो ! तिनजनाले बनाएको संबिधान र संबैधानिक ब्यबस्था न पर्‍यो के हुन्थ्यो !!! हिजो र आजमा फरक - हिजो एउटा राजा थिए आज राजा धेरै भए । त्यसै माथि पञ्चायत गन्हाउन हाल्ने, बहुदल र प्रजातन्त्र गन्हाउन हाल्ने, राजा लाई असफल बनाउने, हुँदा हुँदा अहिले सँघीय लोकतन्त्र गणतन्त्र कुन्नी के के तन्त्र हो यसमा पनि भागबन्डामा उनैहरु । यहाँ पनि यो भागबन्डाले छिट्टै गन्हाउन हाल्ने निश्चित छ । कठै मेरो देश ! कठै हामी निरिह जनता !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक