(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20151020

भारतको दादागिरी र बार्गेनिङ झनै बढ्यो : परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर आएको भोलीपल्ट नेपालका लागि भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गरी तत्कालै नाका खुल्ने सम्भावना नरहेको बताए !

अब नेपालबाट लिन बाँकी सबै कुरा लिने गरी केपी ओली बाटै हस्ताक्षर गराएर मात्र नाकाबन्दी खोल्ने रणनिती बनाएको भारत ले पररास्ट्र मन्त्री कमल थापालाई भुसुना सरह पनि गनेन । केपी लाई नै छिट्टै भारत बोलाउने तयारी, केपी पनि जान तैयार ।       
परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर आएको भोलीपल्ट नेपालका लागि भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गरी हजारौं आन्दोलनकारी सीमा नाकामा बसेर आन्दोलन गरिरहेको हुँदा तत्कालै नाका खुल्ने सम्भावना नरहेको बताए । रक्सौलमा अडकिएर बसेका सवारीलाई अन्य नाकाबाट नेपाल प्रवेश गराउने उपाय पनि सहज नभएको उनले बताए । अन्य नाकाहरु  त्यति ठूलोमात्र सवारी थेग्न सक्ने नरहेको भन्दै उनले त्यसो गर्नु
सही समाधान हुन नसक्ने बताए । तर, अन्य नाकाबाट दैनिक एक हजारसम्म सवारी साधन नेपाल प्रवेश गरिरहेको उनले बताए । मधेसमा भएको आन्दोलनकै कारण ढुवानी असहज भएको दोहोर्‍याउने राजदूत रायले भारतले नेपालमा कुनै प्रकार नाकाबन्दी नलगाएको र नाकाबन्दी लगाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरे । नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने तयारी थालेकोबारे सोधिएको प्रश्नमा राजदूत रायले भने-‘नेपाल सार्वभौम मुलुक हो, चीनबाट पनि ल्याउन सक्छ तर ढुवानी खर्च धेरै हुन्छ ।’ भारतले मधेससँग मात्र नभई सम्पूर्ण नेपालसँग सम्बन्ध मजबुद बनाउन चाहेको उनको भनाई थियो । सम्पूर्ण नेपालसँग नै रोटीबेटीको सम्बन्ध रहेको उनले बताए । तराईमा देखिएको राजनीतिक समस्याको समाधान खोजेसँग आवागमन सहज हुने उनको दावी थियो । सरकार र मधेसबादी दलहरुवीच वार्ता भइरहेको र संसोधन प्रस्ताव समेत दर्ता भइसकेको जानकारी आफुले पाएको भन्दै उनले छिटै समस्या समाधान हुनेमा आशाबादी रहेको बताए । इन्धन अभावमा नेपाली जनताले दुःख पाइरहेका छन, तपाईहरुले पाइरहनुभएको होला नी भन्ने प्रश्नमा राजदूत रायले भने- ‘हामीले पनि तपाईहरुले जस्तै समस्या भोगिरहेका छौं ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक