20151021

अस्ती कमल थापा पररास्ट्र मन्त्रिको रुपमा दिल्ली डौडाहा मा गए, भारतले जे जे भन्छ सबकुरामा मा "हस" पनि भए तर पनि भारतले टेरेन र भन्यो तिम्रो केपी ओलीलाइ नै पठाइदेउ !

अब प्रधानमत्री केपी ओली भारत गएर लौ प्रभु जे जे भन्छौ त्यही त्यही मान्छौँ भनेर जहाँ जहाँ भन्छन त्यही त्यही सहिछाप गरेर भारतलाई दिन बाँकी सब कुरा मा तमसुक गरे मात्र भारत नाकाबन्दी खोल्न चाहन्छ नभए मधेश लाई अलग राष्ट्र बनाउने खेलमा भारतले कुनै कसर बाँकी राख्ने छैन सबैलाई चेतना भया ।
राजा ज्ञानेन्द्रले कुटनीति नजान्नाले, सार्कमा चाइनाको पर्यबेक्षक कार्ड देखाउँदा आगो भएको भारतले माओवादी एमाले र काङ्रेसलाई दिल्लीमा भेला गराएर १२ बुँदे मार्फत ज्ञानेन्द्रको शासन मात्र सकाइदिएन, २३८ बर्षको राजतन्त्रको ईतिहास लाई एउटा ईशारामै खतम गराइदियो । भनेको नमान्दा नझुक्दा बीरेन्द्र राजा मात्र होइन बीरेन्द्रको सम्पूर्ण परिवार को राजदरबार भित्रै एकै चिहान बनाइयो, त्यो काम भारत बाहेक अरु कसैको हुनै सक्दैन । जनताका वास्तविक नेताहरु, भारतीय दादागिरी अगाडि झुक्न तयार नदेखेपछी मदन भण्डारी र जिबराज आश्रितलाई दाशढुँगा दुर्घटनामा पार्ने पनि भारत हो भन्ने तथ्यहरु बारम्बार आएकै हुन, गिरिजाबाबु जती पटक सत्तामा गए टिके भारतीय बलमा, प्रचन्ड बाबुराम कसरी प्रधानमन्त्री बनाइए र कसरी हटाइए ? बिच बिचमा माधव नेपाल र झलनाथ प्रधानमन्त्री परीक्षण कसले गरायो ? बुझ्ने लाई कुरा गहिरो छ ।
अझ गणेशमानजी, किशुनजी,  मनमोहनजी हरु लाई किन सफल हुन दिइएन ? किनकी उहाँहरु भारतीय औँठाछाप बन्न तयार हुनुभएन । प्रचन्ड बाबुराम कसले जन्माइदियो ? तालिम शिबिर हातहतियार कसले दियो ? माओवादीको सँरक्षक को थियो ? भारत भन्दा बाहेक उत्तर आउँदै आउँदैन । संबिधान बनाउने बेला भनेको नमान्दा आज नाकाबन्दी कसले गराइरहेको छ ? किन गराइरहेको छ ? प्रचन्ड सँगबाट बाबुराम लाई कसले फुटाइदियो ? यि र यस्ता हरेक राजनीतिक प्रश्न र तिनको उत्तर खोज्दै जानुस राजनीति को कखरा बुझ्न सक्ने हरेकले नेपाल को राजनीतिका हरेक मोडमा भारतीय दादागिरी र उसको हेपाहा प्रब्रिती, उसको मालिक पन देख्न र उसकै निर्देशन, ईशारा सबथोक चलेको देख्न पाईन्छ । सिमा पारी बाट आएका, नागरिकता लिएका मधेशबादी नेताहरु काठमाडौंमा बसेर जोरी खोज्न सक्ने कसरी भए ? सिके राउत हरु कसरी जन्मिए ? उनिहरु किन निर्धक्क छन ? अहिलेको मधेशी आन्दोलन को बल के हो ? कसरी भैरहेको छ ? यो त सामान्य प्रश्न मात्र भयो ।
अस्ती कमल थापा पररास्ट्र मन्त्रिको रुपमा दिल्ली डौडाहा मा गए, भारतले जे जे भन्छ सबकुरामा मा "हस" पनि भए तर पनि भारतले टेरेन र भन्यो तिम्रो केपी ओलीलाइ नै पठाइदेउ, हामीले भनेको किन नमान्या ?? नाका
खुल्दैनन । ल्याउ चाइना बाट तेल ल्याउ ग्यास ल्याउ हामीलाई देखाउ ! हाम्रा बिरुद्ध खुब नाराबाजी गर्ने ! मान्छे भड्काउने ! भन्दै भारतले घुमाउरो पारामा कमल थापाको हुर्मत लिएर पठाए पछी कमल थापा पनि नुन खाएको कुखुरा जस्ता भैसकेका छन । भारत जानु अघिको कमल थापा को फुर्ती र भारत बाट फर्कीसके पछी उनको हाउ भाउ हेर्नुस् तपाईं आफै बिश्लेशण गर्न सक्नुहुन्छ ।
अहिले चाइना कार्ड बढी प्रयोग हुनथाले पछी फेरी आगो भएको भारतले अब नेपालमा आफुले भनेको नभए नेपाल पुरै राष्ट्रनै टुक्र्याइदिने र उत्तरी सुडान र दक्षीणी सुडान जस्तो पुरै अलग राष्ट्र बनाइदिने खेल खेल्न थालेको छ । भारतीय मिडियाहरुले त्यसै अनुसार समाचार ट्विस्ट गर्न थालिसकेका छन हेर्नुस् एउटा भारतीय राष्ट्रिय अखबारले लेखेको र अरु थुप्रै भारतीय अखबार मा आएका यि र यस्तै समाचार र बिश्लेशणले त्यही कुरा भन्दैन र ??
मान्नुहुन्छ या मान्नुहुन्न अहिलेको यो सब परिणाम् भनेको संघियता हो । धर्म निरप्रेक्षता पनि हो । यि दुई कुराले नेपाली हरु आफै आफै लड्न भिड्न थाले पछी भारतले कमजोर भएको मौका छोपेर यहाँ भित्र पनि खेलिरहेको छ र आफुले नेपाल बाट लिन बाँकी हर कुरा मा सहि छाप गराउन उद्दत छ । नहोस पनि कसरी! हाम्रा नेता हरु, हाम्रा पार्टीहरु सबको जाने थलो भारत, तलब खाने थलो भारत, रुने थलो  भारत, हाँस्ने थलो भारत, नाच्ने थलो भारत, सबै भारतै भारत । सबै भारतका गुलाम भए पछी दाश जस्ता भए पछी उसले आफूलाई  मालिक ठान्नु के नौलो कुरा भयो र !
हामीले यस अगाडि नै भनेका थियौँ, लेखेका थियौँ, एक पटक होइन सयौँ पटक । नेपाल सोमालियाको बाटोमा अगाडि बढदै छ, सुडानको  बाटो मा छ । इराक अफगानिस्तानको  बाटोमा छ । हेर्नुस हाम्रा पुराना लेखहरु, बिश्लेशण हरु,  समाचारहरु पोस्ट हरु ! हामी नेपालीले रुने दिन, भोकभोकै मर्ने दिन त अब पो आउने छन र हेर्दै जानुस । अब प्रधानमत्री केपी ओली भारत गएर लौ प्रभु जे जे भन्छौ त्यही त्यही मान्छौँ भनेर जहाँ जहाँ भन्छन त्यही त्यही सहिछाप गरेर भारतलाई दिन बाँकी सब कुरा मा तमसुक गरे मात्र भारत नाकाबन्दी खोल्न चाहन्छ नभए मधेश लाई अलग राष्ट्र बनाउने खेलमा भारतले कुनै कसर बाँकी राख्ने छैन सबैलाई चेतना भया ।
नयाँ नेपाल, नयाँ संबिधान, संघियता, धर्म निरप्रेक्षता, गणतन्त्र, कुन्नी के के तन्त्र ! अब हेर्दै जानुस, यि सबै कुराका दिर्घकालिन असरहरु !                                      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक