20151028

जननेता मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित, बहालवाला महिला राष्ट्रपति भएको नेपाल १३ औँ देश !


“मुलुकको हित नै सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।” - विद्यादेवी भण्डारी

जननेता मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । बुधबार व्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ३ सय २७ मत पाउनुभयो । यसैगरी, कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाउनुभयो ।  भण्डारी देशकै पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।  राष्ट्रपति पदमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरबाट निस्कने क्रममा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको
कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिनुभयो । भण्डारीले भन्नुभयो, “मुलुकको हित नै सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।” उहाँले नयाँ लोकतान्त्रिक संविधान लागू भएपछिको राष्ट्रपतिको निर्वाचनमा आफूलाई विजयी गराएकामा सबै दल, सांसद र जनतालाई धन्यवाद पनि दिनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारी
 जन्म मिति :  सोमबार ०५ असार २०१८  तदनुसार— Monday, 19June 1961
जन्मस्थान : मानेभन्ज्याङ –२, भोजपुर, नेपाल।

पारिवारिक अवस्था :

हजुरबा : स्व. तिलकबहादुर पाण्डे
हजुरआमा : स्व. भीमकुमारी पाण्डे
माता : मिथिला पाण्डे
पिता : स्व. रामबहादुर पाण्डे
विबाह : २४ साउन २०३९ साल
श्रीमान : स्व. मदनकुमार भण्डारी
छोरी/ज्वाइँ : उषाकिरण भण्डारी /उमेश थापा
                  डा. निशाकुसुम भण्डारी
नागरिकता नम्बर : ३७६८/११८४
राहदानी नम्बर : ४२२९३१०

शिक्षा :

बाल्यकालीन शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर
माध्यमिक शिक्षा : विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल
उच्चशिक्षा :
  • भोजपुर क्याम्पस, भोजपुरबाट आइ. ए. उत्तीर्ण
  • महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए. अध्ययन
  • भ्रमण : भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटली, थाइल्यान्ड

वर्तमान जिम्मेवारी :

  • हाल रुपान्तरित संसदको सदस्य (यसअघि संविधानसभा सदस्य)
  • उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट)
  • अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) 
  • अध्यक्ष, मदन भण्डारी फाउन्डेसन 
  • उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो)

राजनीतिक यात्रा :

  • २०३५ मा भोजपुर क्याम्पसबाट तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा सुरु ।
  • २०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
  • २०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
  • २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
  • २०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
  • २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
  • २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
  • २०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित।
  • २०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित। त्यसपछि क्रमशः
  • ०६२ मंसिर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म।
  • २०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित।
  • २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित।
  • २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित।
  • २०६०/०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी।
  • २०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित।


राजकीय जिम्मेवारी :

  • २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित।
  • २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्री।
  • २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित।
  • २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्री।
  • २०७२ कात्तिक ११ गते नेपालको राष्ट्रपति निर्वाचित।

जेल जीवन :

  • २०६१/०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत।

रुचि :

  • महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा काम गर्ने।
  • समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने।
  • गीत, संगीत तथा साहित्यिक लेखन।

सम्पर्क :

मध्यबानेश्वर— १०, काठमाडौं ।
फोन : ०१ — ४४८४३२२
इमेल : bidyadevi@icloud.com

बहालवाला महिला राष्ट्रपति भएको नेपाल १३ औँ देश भएको छ। महिला राष्ट्रपति भएका देशहरुमा लाइबेरिया, स्विट्जरल्यान्ड, अर्जेन्टिना, ब्राजिल, लिथुआनिया, कोसोभो, दक्षिण कोरिया, मध्य अफ्रिकी गणतन्त्र, चिले, माल्टा, क्रोएसिया र मरिसस छन्। पछिल्लो पटक १४४ दिन अघि मरिससमा अमिना गुरिब राष्ट्रपति भएकी थिइन्।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक