(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20151031

कती छिटो भुल्छौँ है हामीहरु !

कती छिटो भुल्छौँ है हामीहरु !
कती समबेदनहिन भैसकेका छौं है हामीहरु ??
लुटिएको भुल्यौँ !
कुटिएको भुल्यौँ !
चन्दा र अपहरणले सताइएको भुल्यौँ !
कथित जनयुद्धमा हात खुट्टा मात्र होइन
कयौँ का टाउका कटाइएको भुल्यौँ !
निर्दोसहरुलाई अपाङ्ग हुनेगरी ठटाइएको भुल्यौँ !
बम गोला पड्काइएको भुल्यौँ !
कयौँ निर्दोसका घाँटी सड्काइएको भुल्यौँ !
पत्रकार लाई जिउँदै खाडलमा हालेको भुल्यौं !
आतंकका मतियारहरुलाई बर्सौँ पालेको भुल्यौं !
५० बर्ष पछाडि फर्किने गरी
सुन्दर शान्त नेपाल गालेको भुल्यौं !
आफन्त लाई घाँटी रेटेर
पाखो बारीमुनी फालेको भुल्यौं !
सेना प्रहरी सब घेरा हालेको भुल्यौं !
बलीको बोको ढाले जस्तै
आफ्नै दाई भाई ढालेको भुल्यौं !
कती छिटो भुल्छौँ है हामी हरु !
अहिले तिनै तिनैहरु को गुण गान गाउँदैछौँ !
तिनैका दैला दैला धाउँदैछौं !
तिनैलाई जिताउंदै छौँ !
थाहा छैन जिताउंदै छौँ वा देश र अाफैलाई झन बिताउँदै छौँ !!!
यसो ति दिन सम्झ त सम्झना आउँछ भने
जिउँदै मरेको तिम्रो मनले यदि थाहा पाउँछ भने !
पढाउंदै गरेको गुरुलाई कक्षा कोठाबाट थुतेर
दुई हात पछाडि रुखमा बाँधेर गोली हान्दा
ति गुरुको प्राण कसरी गए होला ??
डेकेन्द्र थापाहरुको मरण कस्तो भयो होला ??
उनिहरु र उनिहरु जस्तै मारिनेहरु
अपहरण र बेपत्ता पारिनेहरु
तिम्रा आफन्त भएको भए
तिम्रा दाई भाई भएको भए
तिम्रा दिदी बहिनी कोही परेको भए
छोरा छोरी परेको भए
बल्ल चाल पाउँथ्यौ होला !
अझ तिमी मानबाधिकारका कुरा गर्छौ साथी !
छि छि छि तिम्रो मानबाधिकार, तिम्रो अन्धो राष्ट्रबाद !!!
हुन त आफ्नै घरमा लाश परे मात्र थाहा पाउने
बानी परेर होला !
तर ख्याल गर महाशयहरु
तिमी पनि मारिन सक्छौ
त्यो बेला को रोला ??
को बाँकी होला ??
नाकाबन्दी गरेर नेपालीको गास लुट्ने भारत सँग
तालिम लिएर, हतियार लिएर, बल लिएर
देशमा आतंकको खेती गर्ने उनिहरु !
१२ बुँदे देखी हर कुरामा गुलामी गर्ने उनिहरु !
आज प्रखर राष्ट्रबादी बनेको देख्दा दँग हामीहरु !
यती हुँदा होस् नआउने हामीहरु !
हामीले दु:ख नपाए कसले दु:ख पाउँछ ??
हामी नरोए को रुन्छ ??
त्यसैले अझै दु:ख पाउनु पर्छ हामीले
नाकाबन्दी अझै भोग्नुपर्छ हामीले !
- रामप्रसाद खनाल
October 31, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक