(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20151101

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी (मेट्रो) द्वारा अमेरिकाको भर्जिनियामा दशैँ तिहार साहित्यिक तथा साँस्कृतिक कार्यक्रम र दशैँ तिहार नेपाली भोजको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी (मेट्रो) ले अमेरिकाको भर्जिनियामा दशैँ तिहार साहित्यिक तथा साँस्कृतिक कार्यक्रम र दशैँ तिहार नेपाली भोजको आयोजना गर्‍यो । संस्थाका अध्यक्ष राम प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कबी कबयित्रीहरुले कबिता बाचन गरे, गायक गायिकाले गीत गाए, नयाँ पिँढिका केहीले नाचहरु प्रस्तुत गरे । घर घर मा पकाएर ल्याइएका नेपाली स्टाइलका सेलरोटी, खसीको मासु सहितका नेपाली परिकारहरुको आनन्द सँगै दसैं तिहारको शुभकामना आदान प्रदान र आनन्द मात्र लिइएन त्यहाँ दसैं तिहार के हो ? किन मनाइन्छ ?? यसको महत्व के छ ?? यावत बिषयमा सँस्क्रिती बिद भुप नारायण घर्तिमगरले पावर प्वाइन्ट प्रिजेन्टेशन पनि गर्नुभयो । नेपाल बाट आउनुभएका पुराना बाल साहित्यकार गोपाल पराजुली, पुराना पत्रकार एबम साहित्यकार पद्मभक्त खरेल र अनेसासका भुतपुर्ब अध्यक्ष पुरुसोत्तम सुबेदीलाई संस्थाका तर्फबाट अध्यक्ष राम प्रसाद खनाल र संस्थापक अध्यक्ष, अनेसास सम्रक्षक होमनाथ सुबेदीले खादा र सम्मान पत्र सहित सम्मान पनि गर्नुभयो । बिबिधता सहित गरिएको यो कार्यक्रममा उपाध्यक्ष बिमला निरौलाले आमन्त्रित जनहरुलाई स्वागत गर्नुभएको थियो भने महासचिब राम अधिकारीले सन्चालन । कार्यक्रममा संस्थापक अध्यक्ष एबम प्रमुख अतिथी होमनाथ सुबेदी, सम्मानित ब्यक्तित्वहरु गोपाल पराजुली, पद्मभक्त खरेल,अध्यक्ष राम प्रसाद खनाल शाहीतका बिभिन्न बक्ताले मन्तब्य पनि राख्नुभएको थियो । कार्यक्रम का केही तस्बीरहरु तल प्रस्तुत
छन ।















































































 





























































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक