20151116

नाकाबन्दीको भित्री रहस्य यस्तो छ, सबैलाई चेतना भया !


भारतीय प्रधानमन्त्री मोदी र उनको अघोसित नाकाबन्दीको बिरोध त गरौँ गर्नै पर्छ तर मोदीलाई गाली गर्दै र उनको पुत्ला जलाउने हामी नेपाली बुझक्कडहरुले नाकाबन्दीको भित्री रहस्य पनि बुझ्नु जरुरी छ है ! 
 सँघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा कहीँ नभएको संबिधान बन्यो भनेर दाम्लो चुँडे पछी उफ्रिएको बँधुवा भैँसी झै उफ्रिँदै र ढिकबाट गुल्टिएर घाइते भएको त्यही बँधुवा भैँसी जस्तै घाइते भएका हामी नेपालीहरु अहिले संबिधानको घोषणा पछी घाइते मात्र होइन महा घाइतेछौं । न त ग्यास छ न त नुन तेल ! खाद्यान्न पनि सकिन्दै जान थालेको अवस्था छ । अब सरकारले नै दाउरा बेच्न थालेको छ टिम्बर कर्पोरेशन लिमिटेड मार्फत । दुनियाँ अन्धाधुन्ध संबिधान संबिधान भन्दै उफ्रिंदै जाँदा नाकाबन्दी मात्र होइन अब नेपाल आज सम्मकै अप्ठ्यारो अवस्थामा आएको मात्र छैन देशको भबिस्य नै खतरामा परेको छ । हामीले बारम्बार लेख्दै आएका छौं भन्दै आएका छौं कि सँघीयता र धर्म निरप्रेक्षता मुलुकले थेग्न सक्दैन (हेर्नुस हाम्रा पुराना पोस्टहरु, बिस्लेशणहरु) । समय परिस्थितीले त्यो कुरा पुस्टि गर्दै गएको छ । हामीले भन्दै आए जस्तै भाबको र सहि बिस्लेशण नेपालका एकजना कानुन बिद, अन्तरराष्ट्रिय रुपमै संबिधानको अध्ययन गरेका संबिधान बिद भीमार्जुन आचार्यको यो अन्तर्वार्ता यदी कसैले हेरेको छैन भने नेपालको आन्तरिक राजनीति र संबिधान नाम को खेती को बिषयमा अझै कतिपय भ्रम हुन सक्छ । एक पटक मात्र होइन दोहोर्याएर सुन्नै पर्ने हेर्नै पर्ने यो अन्तर्वार्ता यहाँहरुको लागि यहाँ पनि पस्किएको छ :















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक