20151125

काठमाडौं अबस्थित चर्चित ग्रीनसिटी हस्पिटलमा गरीब दुखी र असहाय दश जना बिरामीको निशुल्क ओपेन हर्ट सर्जरी सम्पन्न ! अरु हस्पिटलले पनि केही सिकुन ग्रीनसिटी हस्पिटलबाट

गुल्मी, मेरो जन्म गाउँ,  मेरो एउटै गाबिस हर्दिनेटा (हाल भने परिबर्तित)  को अती मिल्ने, मुश्किलले मलाई तँ र मैले पनि तँ भन्ने १० जना भित्रको साथी लोक बहादुर टण्डन करिब दुई महिना अगाडि अमेरिका आयो । म सँग आयो, बस्यो, पुराना दिन हरु सम्झ्यो, सम्झायो, दु:ख सुखका कुरा गर्‍यो, म सँगै घुम्यो । उसले भन्यो - हेर साथी मैले त काठमाडौं मा ग्रीन सिटी हस्पिटल चलाएको छु, डक्टरहरुको टिम पनि असाध्यै राम्रो पाएको छु, संचालकहरुको टिम पनि त्यस्तै राम्रो छ । मैले उसलाई भनेँ - हस्पिटल को के कमी छ र काठमाडौं मा अहिले, बरु अरु केही काम गरेको भए हुन्थ्यो तैंले । उसले मलाई हातमा समात्यो र मेरो अफिस को कम्प्युटर कोठा तिर लग्यो अनी भन्यो ल कम्प्युटर खोल त ! मैले कम्प्युटर खोलेँ उसले ग्रीन सिटी हस्पितलको वेब साइट http://gch.com.np/home
देखी उसका क्रियाकलाप देखाउन थाल्यो । यति मा म सन्तुस्ट नभए पछी मैले उसलाई प्रतिप्रश्न गरें - हस्पिटल त गज्जब बनाएको चलाएको रहेछस, पैसा पनि राम्रै कमाए होलास तर सामाजिक हिसाबले समाजका लागि, नेपालका लागी, नेपालीका लागि तैले के के गरिस मलाई देखा । उसले भन्यो तेरो प्रश्नको उत्तर पनि म सँग छ अनी फटाफट निकाल्न थाल्यो गरीब दुखी असहाय ब्यक्तिका उपचार विवरण अप्रेशन विवरण । मलाई एक एक गर्दै फेहरिस्त देखाए पछी बल्ल भनेँ - स्याबास साथी ल राम्रो काम गरेको रहेछस । मलाई तँ प्रति तेरो हस्पिटल प्रति गर्ब छ भनेर भनेर उसलाई हौँसला दिएँ र थपेँ - तँ ब्यापार उद्योग रियल स्टेट सबैतिर छस पैसा सबैतिर बाट कमाउँछस तर हस्पिटलबाट कमाउने भन्दा पनि सेवामुखी भावना राखेर काम गरेस है ! हेर मरेर लैजानु केही छैन । उसले मेरो भनाइ मा सहमति जनायो र भन्यो अब म नेपाल फर्किँदै छु - तैंले भनेको कुरा म गर्छु हेर्दै गरेस साथ दिएस । मैले भने तलाई मेरो सधैं साथ हुने छ । आज बिहान उठ्ने बित्तिकै यसो ईमेल खोल्छु त लोक बहादुरको ईमेल देखेँ । त्यहाँ उसले उसको हस्पिटलले र उसको डक्तर टिमले अनी संचालकहरुको टिमले
गरेको महान कार्य देखेँ, १० जना गरीब असहायहरुको निशुल्क ओपेन हर्ट सर्जरी गरेको समाचार, फोटोहरु, पत्रकार सम्मेलनको फेहरिस्त पठाएको रहेछ - त्यो सबै हेर्दा मन अती खुशी भएर आयो । सोंचे लोक बहादुर बधाई छ भनेर फोन गरुँ कि तर मनले भन्यो भो यसलाई बधाई त दिनुपर्छ अली राम्रो सँग नै दिउँ भनेर कम्प्युटरमा बसेर यि पङ्ती टाइप गर्दैछु - । साथी लोक तँ र तेरो हस्पिटलको टिम, ति उदार मन भएका डक्टरहरुको टिम सबैलाई हृदय देखिनै धन्यवाद र बधाई । तिमीहरुले गरेको यो कार्य यति महान छ कि ति बिरामीहरुले दिएको आशिसले तिमीहरु सबैलाई अर्को सात जूनी सम्म कुनै महायज्ञ गरिरहनु पर्ने छैन । यत्ती भन्न मन लाग्यो आज ।
- रामप्रसाद खनाल, हाल अमेरिका

समाचार र फोटोहरु तल राखेको छु जस्ताको तस्तै :









  







                            
  लोक बहादुर केही दिन अघि म सँग व्हाइट हाउस अगाडि घुम्दै गर्दाको एक क्षण

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक