20151105

बधाई छ हामी नेपाली जनतालाई जसले ६ जना उपप्रधानमन्त्री पनि भोग्न पाउने भयौँ !

अचम्म भएको छ नेपालमा । हाल सम्म सँसारका कुनै देशमा नभएको रेकर्ड कायम भएको छ । नाकाबन्दीले केही फरक पर्दैन भोकै बसौंला, साइकल चढौँला, दाउरा बालौँला, सल्लाको खोँटोले गाडी चलाऊँला तर गिनिज बुकमा नाम लेखाउन चाँही एउटा आन्दोलन गर्न ढिलो नगरौं है!

अचम्म भएको छ नेपालमा । हाल सम्म सँसारका कुनै देशमा नभएको रेकर्ड कायम भएको छ । सानो देश तर नेपालीले ४८ जनाको जम्बो मन्त्री मण्डलको चाख शेर बहादुरकै पालामा, त्यस्तै जम्बो मन्त्री मण्डलको चाख पछी माधव सरकारमा लिइसकेका भए पनि यस पटक केपी जी को पालामा ६ जना उपप्रधानमन्त्री को फरक चाख लिन पाउने भएका छन । सँसदमा माइक, कुर्सी भाँच्ने देखी सभामुख कुट्न जाने सम्म, नाँगै रमिता देखाउने देखी गणतन्त्र नै मान्दिन भन्ने सम्म, सँघियता र धर्म निरप्रेक्षताको बिरोध गर्ने सम्म सबैको गजब समिश्रण
भएको छ सरकारमा । पुरुष महिला मन्त्री देखी औँठाछाप हरु सम्म माल्दार मन्त्रालयमा मन्त्री बन्ने सौभाग्य पाएका छन । ज्यान मारेको एउटा होइन धेरै अभियोग लागेका कैयौँ मन्त्री हरु, ६ कक्षा पढेकी सभामुख, छिमेकी कुट्ने र अदालत ले सजाय दिएका उपसभामुख, माओवादी लडाकु उपरास्ट्रपति भएको यस्तो सँयोग सँसारमा आज सम्म देखिएको छैन । गिनिज बुकमा नाम लेखाउने धेरै छन तर सब पछी परेका छन अब । हेर्नुस् त के के मा नाम लेखाउने !!! जे होस्  सामन्ती राजतन्त्र निर्मुल गरेर ल्याइएको यो सँघिय लोकतान्त्रिक गणतन्त्र हो त्यसकारण गर्ब गरौँ किनकी हामी नयाँ नेपाल बनाउने अभियान मा छौं । बधाई छ सबैलाई, बरु यती धेरै रेकर्ड हरु गिनिज बुकमा लेखाउन अब हामी नेपाली जनताले आन्दोलन पो गर्ने होकी ! नाकाबन्दी ले केही फरक पर्दैन भोकै बसौंला, साइकल चढौँला, दाउरा बालौँला, सल्लाको खोँटोले गाडी चलाऊँला तर गिनिज बुकमा नाम लेखाउन चाँही एउटा आन्दोलन गर्न ढिलो नगरौं है भन्ने हामीलाई लाइराछ । *******
                     प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन्। बिहीबार नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा मालेबाट उपप्रधानमन्त्री र मन्त्री बनेकाहरुले सपथ ग्रहण गरेका छन्। लामो कसरतपछि एमालेले पार्टीबाट मन्त्री बन्नेहरुको नाम बिहीबार टुंगो लगाएपछि मन्त्रिपरिषद विस्तार भएको हो। आज सपथ लिनेमा तीन जना उप्रधानमन्त्री रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका अध्यक्ष सीपी मैनाली र नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उपप्रधामन्त्रीको रुपमा सपथ लिएका छन्। केसीले सहकारी तथा गरिबी निवारण, मैनालीले महिला बालबालिका तथा समाजकल्याण र रावलले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै नेकपा एमालेबाट शेरधन राई, विष्णु पौडेल, आनन्द पोखरेल र शान्ता मानवी पनि मन्त्री बनेका छन्। पौडेलले अर्थ, राईले सूचना तथा सञ्चार र पोखरेलले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने मानवीको मन्त्रालय तोकिएको छैन। एमालेले नै मन्त्रीका लागि नाम चयन गरेको नेतृ अष्टलक्ष्मी शाक्यले भने मन्त्री पद अस्विकार गरेकी छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक