20151210

एमाले पोलिटब्युरो सदस्य डा. बिजय पौडेलले नैतिकताको आधारमा पदबाट राजिनामा दिए, अरुले पनि सिक्ने कि उनिबाट नैतिकता !

खरिदार र सुब्बा पक्डिने तर देश डुबाउने हरु लाई केही नहुने देखिरहेको अवस्थामा अब हेर्नु छ अख्तियारले कस्तो निती अख्तियार गर्दछ ।
एमाले पोलिटब्युरो सदस्य डा. बिजय पौडेलले राजनीतिमा आफ्नो उच्च नैतिकता देखाउँदै अख्तियारले आफ्नो सम्पत्ती छानबिन शुरु गरेको भन्ने थाहा पाएकोले उक्त छानबीनको टुंगो नलागे सम्मका लागि एमालेको पोलिटब्युरो सदस्य पदबाट नैतिकताको आधारमा राजिनामा दिएका छन । एमाले भित्रका पढे लेखेका, पिएचडि सम्मको अध्ययन पुरा गरेका, बौध्दिक नेता भनेर चिनिने डा. बिजय पौडेल एमालेको मन्त्रिमन्डल बन्ने भयो भन्दा त्यो बेला अर्थमन्त्रीका लागि योग्य र बलीया सुहाउँदा ब्यक्ती थिए तर मोदनाथ प्रश्रितका सुपुत्र पौडेल उनको बिद्वता योग्यता र क्षमताको कारणनै एमाले भित्र पनि पछी पारीएका छन । मन्त्री बन्लान राम्रो सँग मन्त्रालय चलाऊलान भनेर आशा गरिरहेका उनका शुभचिन्तकले उनलाई अख्तियारले पत्र काटेको देखे, सुने । सार्वजनिक पद, कुनै आकर्सक नियुक्तिमा कही कहिलै नबसेका र बाबु मोदनाथले जस्तै नैतिकता, राष्ट्र र राष्ट्रियताका कुरा गर्ने, स्पस्ट बक्ता, लेखक बिजय पौडेललाई सिध्याउन उनकै सहयात्रिहरु, निमाबि र माबि शिक्षा पुरा नगरेका तर पार्टी भित्र सधैं तर मारिरहेका, मन्त्री पड्काइरहेका केही कृपा पात्र महान नेताहरुको हात रहेको कुरा एमाले भित्रको राजनीति बुझ्ने र जान्ने हरेकलाई थाहा भएकै कुरा हो भन्छन उनका निकट र उनलाई बुझ्ने हरु । बिजय पौडेलले जसरी नैतिकता देखाए , उनी बाहेक अरुले पनि यसरी नै आ अाफ्ना पद बाट राजिनामा दिएर  राजनीतिक चरित्र र  नैतिकता  देखाउनु पर्दछ तर हाल सम्म
बिजय बाहेक अरु कसैले त्यो हिम्मत गरेका छैनन । जे होस् फेरी एक पटक बिजयले नैतिकताको राजनीतिक चरित्र देखाएका छन । उनले जस्तै अरुले पनि नैतिकताका आधारमा राजिनामा दिएर  राज्यको संबैधानिक अँग अख्तियार लाई यसरीनै छानबिन कार्यमा सहयोग पुर्‍याउनु पर्दछ । छानबिन जो कसैको पनि जहिले पनि हुन सक्छ तर अदालतले आदेश नगर्दा सम्म कसैलाई छानबिन भएकै भर मा भ्रस्टाचारी भनिनु पनि उचित होइन । अर्को कुरा अख्तियारले पनि बेनामी वा नामी उजुरीकै आधारमा मात्र, मौसमी छानबिन नगरि देशका देखिएका चिनिएका नामी भ्रस्टाचारीहरु लाई कठघरामा उभ्याउनु पर्नेमा त्यसो हुन सकिरहेको देखिदैन । खरिदार र सुब्बा पक्डिने तर देश डुबाउने हरु लाई केही नहुने देखिरहेको अवस्थामा अब हेर्नु छ अख्तियारले कस्तो निती अख्तियार गर्दछ । 
    डा. बिजय पौडेलको राजिनामा यस्तो छ :                      
"कमरेड अध्यक्ष,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)
केन्द्रीय कमिटीको कार्यालय,
धुम्बाराही, काठमाडौं ।

विषय ः राजीनामा गरेको बारे ।
कमरेड, म वि.सं. २०३५ सालको विद्यार्थी आन्दोलनदेखि निरन्तर पार्टीका विभिन्न कमिटी तथा जनवर्गीय संगठनहरुमा बसेर काम गर्दै आएको छु । म देश र जनताप्रति निरन्तर निष्ठावान रहेको छु । मैले आफ्नो आर्थिक तथा नैतिक आचरणमा आजका मितिसम्म कुनै दाग लाग्न दिएको छैन । यस्तो हुँदाहुँदै पनि मलाई मिति २०७२÷८÷१८ गते “केही कुरा बुझ्नका लागि” भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र लेखियो । राज्यको संवैधानिक निकायले बोलाएपछि त्यहाँ उपस्थित हुनुलाई मैले आफ्नो कर्तब्य ठानें । त्यहाँ पुगेपछि थाहा भयो, मलाई सम्पत्ति छानविनको सिलसिलामा पो बोलाइएको रहेछ । ममाथि राज्यको संवैधानिक अङ्गबाट नै छानबिन शुरु भैसकेको हुँदा यसको छिनोफानो नहुँदासम्मका लागि पार्टीको पोलिटब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुने हुँदा आजैका मितिदेखि लागू हुनेगरी पोलिटव्युरो सदस्यबाट राजिनामा दिएको छु ।
धन्यवाद !
डा.विजयकुमार पौडेल
पोलिटव्युरो सदस्य
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)

मिति ः २०७२ मंसिर २४
सन् ः २०१५ दिसम्बर १०"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक