20151221

पर्बत जिल्लाको राम्जाठाँटी स्थित भुकम्पले क्षतिग्रस्थ पशुपती उच्च माध्यमिक बिद्यालयको भवन निर्माणार्थ बिद्यालयलाई करिब सात लाख रुपैँया सहयोग हस्तान्तरण

अमेरिकाको भर्जिनिया निवासी सरिता शर्मा र सिम्रोन शर्माले नेपालको पर्बत जिल्लाको राम्जाठाँटी स्थित भुकम्पले क्षतिग्रस्थ पशुपती उच्च माध्यमिक  बिद्यालयको भवन निर्माणार्थ बिद्यालयलाई करिब सात लाख रुपैँया सहयोग हस्तान्तरण गर्नुभएको छ । प्रशाद इन्टरनेशनल फाउन्डेशनका तर्फबाट सँकलित उक्त सहयोग सरिता र सिम्रोनले स्वयम उक्त बिद्यालयमा पुगेर प्राचार्य गोबिन्द प्रसाद शर्मालाई एक समारोहमा हस्तान्तरण गर्नुभएको थियो । आफ्नै खर्चमा अमेरिकाबाट नेपाल पुगेर, अझ सम्बन्धित बिद्यालयमै पुगेर हस्तान्तरण गरिएको उक्त रकम केबल क्षतिग्रस्थ बिद्यालय भवनको निर्माणमा मात्र प्रयोग गरिने सिम्रोनले
बताउनुभयो ।
नेपाली मन र पन भएकी आमा सरिता र छोरी सिम्रोनलाई यस प्रकारको सामाजिक कार्यमा सहयोग गर्नुभएको थियो सिपिए एबम सामाजिक अभियन्ता र अमेरिकि राजनीतिमा सक्रिय डेमोक्रेटिक पार्टीका युवा नेता हरि शर्माले । साथमा अन्य सहयोगीहरुले पनि । धन्यवाद यि सहयोगी मनहरु, नेपाल नै पुगेर सहयोग गर्ने समाजसेबी आमा छोरी सरिता शर्मा र सिम्रोन शर्मालाई नेपाल मदर डट कमको तर्फ बाट ।


                   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक