20151224

नेपालका निर्माता पृथ्वीनारायण शाहको स्मृति दिवस यही पुस २७ गतेदेखि नै लागु हुनेगरी नेपाल सरकारले राष्ट्रिय पर्वका रुपमा मनाओस् भनी बुधबार राजदूतलाई ज्ञापनपत्र

वासिंगटन डीसी, ९ पुस । प्रवासी नेपाली एकता समाजले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको स्मृति दिवस यही पुस २७ गतेदेखि नै लागु हुनेगरी नेपाल सरकारले राष्ट्रिय पर्वका रुपमा मनाओस् भनी बुधबार राजदूतलाई ज्ञापनपत्र बुझाएको छ । समाज अध्यक्ष विदुर विष्टलगायतको १३ जनाको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीलाई उहाँकै कार्यकक्षमा पुगेर
ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा पुस २७ गते सार्वजनिक बिदा घोषणा गरी देशव्यापी रुपमा एकता दिवस मनाउन आवश्यक रहेको जनाइएको छ । एकता दिवसको आवश्यकता औंल्याउँदै ज्ञापनपत्रमा भनिएको छ, नेपालको इतिहासमा आज एकताको प्रदर्शन सर्वाधिक आवश्यकताको विषय बनेको छ ।

पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्दै एकता अभियान सुरु गरेर २२से २४से राज्यमा विभाजित नेपाललाई विस्तारित भूभागमा रुपान्तरिक गरेको, साम्राज्यवादी र विस्तारवादीलाई मुलुकमा प्रवेश गर्न नदिएकोमा आज ती शक्तिहरु मुलुकमा हावी भइरहेका, धर्म, संस्कृति र जातियताको नारा दिएर पुनः मुलुकमा विभाजन र अनेकता सिर्जना गर्न लागेको, नेपालमा नाकाबन्दी लगाएर निर्दोष नागरिकलाई दुख दिएको समयमा एकताको आवश्यकता प्रष्ट छ भनिएको छ ।

शताव्दीयौंदेखि धार्मिक, साम्प्रदायिक तथा जातिय विश्वास र एकआपसको सम्मानका साथ बसेका नेपालीबीच फुट र झगडा लगाउने काममा विस्तारवादी र साम्राज्यवादी शक्ति सक्रिय भएकाले पृथ्वीनाराण शाहको साझा फूलबारीको अवधारणा उजागर हुनु आवश्यक छ, ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा अमेरिकाको क्यालिफोर्निया र टेक्सासजस्ता नेपालीको संख्या अधिक रहेका क्षेत्र र विश्वका अन्य मुलुकमा कन्सुलेट जनरलको कार्यालय खोल्न पनि अनुरोध गरिएको छ ।

विमानमा यात्रा गर्दा नै क्यालिफोर्नियाबाट वासिंगट आएर नेपाली राजदूतलाई भेट्न ६ घण्टा लाग्छ, यति टाढा आएर सबैले सेवा लिन सक्तैनन्, त्यसैले सनफ्रान्सिसको क्षेत्रमा कन्सुलेट जनरलको कार्यालय खोलियोस् भन्ने हाम्रो माग वर्षौअघिदेखि रहँदै आएको छ, सो क्षेत्रका पर्यटनदूत पनि रहेका अनिल पाण्डेले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउनेहरुमा विष्ट र पाण्डेका अतिरिक्त प्रेमकुमार श्रेष्ठ, बाल्टिमोर, लोक तिवारी, वासिंगटन डीसी, विनोद तिवारी, टेक्सास, राधा शर्मा, क्यालिफोर्निया, दीपु भुसाल, न्यूयोर्क, नरेन्द्र शाह, न्यूयोर्क, हरि शर्मा, भर्जिनिया, पारसमणि श्रेष्ठ, मेरिल्याण्ड, अर्जुन हमाल, मेरिल्याण्ड, नारायण विक्रम थापा, भर्जिनिया र कुमार भण्डारी, मेरिल्याण्ड हुनुहुन्छ ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक