20151224

धन्य हो यस पटक अर्को उप प्रधानमन्त्री देख्नु परेन ! थपिए चार नयाँ मन्त्री, मन्त्रालय टुक्रयाएर मन्त्री थपिएपछि केही पुराना मन्त्रीको मन्त्रालय पनि हेरफेर

BBC का पूर्व पत्रकार शुशील शर्माले आफ्नो स्टाटसमा भने झै पेट्रोल, ग्यास, बिजुली, औषधी, भुकम्प पीडित लाई बस्ने घर केही नभए पनि नेपाल मा मन्त्री पद भने फालाफाल छ । चुनाव मा सिल्टिमुर खाएका, समानुपातिकमा एक दुई सिट आएका हरु पनि भटाभट मन्त्री बन्दैछन । मन्त्रालय नपुगेर के भो र ! फोरिँदै छन भएका मन्त्रालय, बाँडिदैछन् मन्त्री पद हरु ! निको चाल देखिएन उखान टुक्का प्रधानमन्त्री केपी ओली ज्यू को पनि । बिनोद न्यौपानेले भनेझै यि "उखाने काका" ले पनि "झुसे शुशील दाइ" ले जस्तै जाने बेलामा आफ्नो भए रहेको शाख सबै सकेर जाने भए । बिटुलिएर जाने भए । एक बर्ष भित्रै हावामा बिजुली निकाल्ने भए, नेपाल लाई लोडसेडिङ मुक्त बनाउने भए, लक्षण देखि सकियो ।
थपिएका चार नयाँ मन्त्रीले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति निवासमा भएको सपथ ग्रहण कार्यक्रममा राप्रपाका नेता दीपक बोहराले श्ररम तथा रोजगार, समाजवादीका प्रेमबहादुर सिंहले खानेपानी तथा सरसफाइ, जनमुक्ति पार्टीका शिवलाल थापाले विज्ञान तथा प्रविधि र परिवार दलका एकनाथ ढकालले विना विभागीय मन्त्रीको सपथ लिए । मन्त्रालय टुक्रयाएर मन्त्री थपिएपछि केही पुराना
मन्त्रीको मन्त्रालय पनि हेरफेर भएको छ । विना विभागीय मन्त्री शान्ता मानवीलाई शान्ति तथा पुनर्रनिर्माण मन्त्री बनाइएको छ भने विश्वेन्द्र पासवान जनसंख्या तथा वातावरण मन्त्री बनेका छन् ।
एमालेबाट चार राज्यमन्त्रीलाई समेत सपथ गराउने प्रधानमन्त्री ओलीको तयारी भने अन्तिम समयमा रोकिएको छ ।राज्यमन्त्रीका लागि एमालेबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव र गोपालबहादुर महतको नाम तय भएको थियो । तर, नरदेवी पुन, दिपनारायण साहको समेत नाम आएपछि विवाद भएका कारण राज्यमन्त्रीहरुको सपथ रोकिएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक