20151207

सत्य स्वरुप साँझ अमेरिकाको भर्जिनिया हर्नडनमा आईतवार भब्य रुपमा सम्पन्न

भजन शिरोमणी भक्तराज आचार्यका दुई सुपुत्रहरु, नेपालको नयाँ पिँढीका चर्चित गायकहरु सत्यराज आचार्य र स्वरुपराज  आचार्यको  सत्य स्वरुप साँझ अमेरिकाको भर्जिनिया हर्नडनमा आईतवार भब्य रुपमा सम्पन्न भएको छ । प्रज्ञा प्रतिस्ठानका पूर्व प्रशाशक, कबी हेमन्त श्रेष्ठले भक्तराज आचार्यको बारेमा प्रकाश पार्दै वहाँलाई जिब्रोमा क्यान्सर भै जिब्रोनै काट्नु परे पछी भजन शिरोमणी को भजन गायन यात्रा रोकिए पनि वहाँका सुपुत्र द्वय सत्य स्वरुपले त्यसलाई निरन्तरता दिनुभएको कुरा स्मरण गराउनुभएको थियो । दुई चरणमा बिभाजित कार्यक्रमको शुरुमा अमेरिकामै रहेका कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रमको सन्चालन अनेसास डिसी सचिब परशु तिमल्सेना र पछी सत्य स्वरुप चरण कार्यक्रम को हेमन्त
श्रेष्ठले सन्चालन गर्नुभएको थियो ।
सत्य र स्वरुप दुबैले एक्ला एक्लै र सँगै  गरी जम्मा दशवटा गीत गजल प्रस्तुत गर्दा दर्शकहरु झुमेको देखे पछी सत्य र स्वरुप दुबैले भन्दै थिए दर्शक होउन त वाशिङटन डिसीका दर्शक जस्ता । बरिस्ठ गायक श्याम सुन्दर आचार्यको सुमधुर गीतले पनि धेरैको मन छोएको थियो भने अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय सदस्य त्रय: नबिन केसी, लुना श्रेष्ठ र अनुपमा प्रसाइको नाचको सबैले तारिफ गरेका थिए । नबिन केसी धेरै फिल्मी कलाकारहरुका गुरु हुन भने अनुपमा नायिका । नबिन लुना र अनुपमा तिनै जना हस्तिहरु अमेरिका मा पनि आफ्नो कर्मलाई निरन्तरता दिइरहेका कलाकारहरु हुन ।
डिसी क्षेत्रमा बस्दै आएका गायक खेम संग्रौला, सौजन संग्रौला देखी अन्य कलाकारहरुले पनि गीत नाच प्रस्तुत गरेको उक्त कार्यक्रमको अन्त्यमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले सत्य स्वरुपलाई सम्मान पत्र र अन्य कलाकारहरुलाई प्रशँशा पत्र बितरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा आयोजक हरुका तर्फबाट गायिका मन्जु कार्की संग्रौलाले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।






  











 









 



                       

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक