20160117

साउदी अरब पुगेका एक नेपाली युवाको हत्या !

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो ।
उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले हत्या गरेको मृतक कामदारका नेपाली साथीले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाई जानकारी दिएका छन् । आफ्नो परिवारको सदस्यको हत्या भएकाबारे आज पीडित परिवारजनले पत्रकारलाई जानकारी दिँदै मृतकको शव ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन् । साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँच जना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन् ।मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ । मृतक
मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले मृतकका घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दूतावासमार्फत साउदी दूतावासलाई पत्राचार गरी शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाउनुभएको छ । मृतक मुसलमान ११ महिनाअघि काठमाडौँस्थित वल्र्डवाइड इम्पल्वाइड कम्पनीबाट साउदी अरब गएका थिए । मृतकका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक