20160111

१० वर्षपछि खोला फर्कियो : राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण

काठमाडौँ / राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा आज माल्यार्पण गरियो । सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकनेर मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो । ¥यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए ।विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गर्नुभएको थियो । पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति
सिंहदरबार पश्चिम ढोका पुग्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेताद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि सालिकमा माल्यार्पण गर्नुभयो ।
माल्यार्पणपछि उपप्रधानमन्त्री थापाले राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्म दिनलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिएर मनाउन आफूले गरेको प्रयास सफल हुन नसकेकामा दुःख लागेको बताउनुभयो ।
अर्का उपप्रधानमन्त्री मैनालीले एकीकरणका नायक पृथ्वीनारायणको जयन्ती मनाउनुपर्छ भनेर उठेको आवाजलाई आफूले राष्ट्रियता र स्वाभिमानको अभिव्यक्तिका रुपमा लिएको बताउनुभयो ।
राप्रपाका अध्यक्ष चन्दले दक्षिणतर्फ अङ्ग्रेजको जगजगी भएको बेला साना टुक्रामा रहेका राज्यलाई बुद्धिमतापूर्वक एकीकरण गरेर पृथ्वी नारायणले नेपाललाई एकताको सूत्रमा बाँधेको बताउनुभयो ।
सो पार्टीका नेता राणाले नेपाली इतिहासकै सबैभन्दा ठूलो कद भएका व्यक्तिको रुपमा पृथ्वीनारायणलाई लिने गरिएको बताउनुभयो ।
अर्काे नेता डा. लोहनीले नेपाल र नेपाली जनताका राष्ट्रपिताका रुपमा रहनुभएका पृथ्वीनारायणको परराष्ट्र र आर्थिक नीति आजको समयमा पनि उत्तिकै सान्र्दभिक रहेको छ भन्नुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति उप्रेतीले पृथ्वीनारायण साहले नेपालको एकीकरण गर्नुभएकाले हामीले नेपाली भन्न पाएका छौँं भन्नुभयो ।
यसैबीच माल्यार्पणका लागि भद्रकालीबाट सिंहदरबारतर्फ जान लागेको जुलुुसलाई निषेधित क्षेत्रका कारण प्रहरीले रोकेपछि सहभागीहरुले त्यही सभा गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक