(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160104

साइकल चढेर तमासा देखाएर नयाँ नेपाल कहिले पुग्ने ?

- राजन कार्की 
देश बन्द छ, देश बर्बाद छ, देश नाकावन्दीमा छ, देश नेतृत्वको धोखाधडीमा छ। देशघातक नेताहरु एकापसमा साइकल बाँडिरहेका छन्, साइकल चढेको प्रचार गरिरहेका छन्। राजनीतिक प्रदूषणले मर्ने हालतमा पुगेको देशलाई नयाँ नेपाल निर्माणका नारा लगाइएको छ। साइकल चढेर नयाँ  नेपालको भञ्ज्याङ कहिले पुग्ने?
त्यसै पनि हामी उज्यालोबाट लोडसेडिङमा पुगेका छौं। ग्यास, मटितेल नपाएर दाउरे युगमा पुगिसक्यौं। आधुनिक आधुनिक नारा लगाउनेहरुले देशलाई १८औं शताव्दिको ओढारयुगमा पुर्‍याइसके। यिनको नयाा नेपालको नारा, भो सपना नदेखाए हुन्छ। यिनले भ्रम छरेर गर्ने खेती भनेको भ्रष्टाचार हो, नेपाल र नेपालीमाथि शोषण हो। देश मरिरहदा मृतसञ्जिीवनीको काम गर्नुपर्ने नेताहरु साइकल चढेर गाईजात्रा
देखाइरहेका छन्। तमासा देखाउन रत्नपार्कमा चटकेको कमी छैन। कति हेर्ने यी चटकेको चटक?
संविधान घोषणा भएको भोलिपल्टैदेखि भारतले निहुा खोज्यो र नाकावन्दी सुरु गर्‍यो। अशोज ६ गतेपछि त सीमामा नाकावन्दी हुादा सहरमा कालोबजारी चम्कियो। त्यो महामारी झन झन महाप्रलय बोकेर आइरहेको छ। त्यो पहिरो, प्रलयलाई रोक्ने राजनीतिक सुझबुझ, अक्किल, हैसियत र हिम्मत देखाउनुपर्ने शीर्ष तीन दलमध्ये नेपाली कांग्रेस आफ्नै पार्टी अधिवेशनमा कोइरालाराज कि नेतृत्व परिवर्तन भन्ने प्रश्नमा माकुराको जालो जेलिएझैं जेलिएर उकुसमुकुसमा छ भने एमाले र एमाओवादी साइकल चढेर रमिता देखाइरहेका छन्। पहिले प्रचण्ड भन्थे– भारतले तेल नदिए साइकल चढौंला। ओलीले भारतलाई नम्बर वान दुश्मन भनेर राग उन्मत्त भैरव गाइरहेकै छन्। यी दुबैले गत मंगलवार बेढंगी साइकल चढेर साइकलको विज्ञापन गरिदिए, रोलमोडल बने।
प्रचण्ड र केपी ओली नेता होइनन्, हास्यव्यङकाका महारथी मदन कृष्ण र हरिबंशका नयाा अवतार हुन्। तिनले साइकल चढेको फोटो देखेपछि आमनागरिकको प्रतिक्रिया आएको छ– यिनले साइकल चढेर भूकम्पको धक्का, भारतीय नाकावन्दीले सिर्जना गरेको कालोबजार र मधेस आन्दोलनले उत्पादन गरेका मानसिक बिखण्डनका बिषालु सुइराहरुसाग मुकाबिला नगर्ने भए। यी सत्ताधारी नेताहरु त रोम जलिरहदा भ्वाइलिन बजाएर मदमग्न भएका निरोजस्ता पो देखिए। हो, प्रचण्डले भैंसी पुजन गरे, बिग्रेका ग्रहदशा ठीकठाक पार्न आखेट हेराए र पूजाअर्जना पनि गरे। दुःखदर्द दिने प्रेतलाई मन्छेर सुखशान्तिको मार्ग पनि खोले। प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री कमरेड केपी ओलीले छठदेवीको पूजा गरेको देखियो। जीवनभर देवीदेउताको शरण परिन् कि परिनन् कुन्नी, राष्ट्रपति बनेपछि कमरेड विद्या भण्डारीलाई ब्रम्हज्ञान प्राप्त भएको छ। उनी विवाह पञ्चमीका दिन रामजानकीको दर्शन गर्न जनकपुर पुगिन्, पशुपतिनाथको पूजा गरेर एक महिनाको तलवभत्ता मन्दिरमा भेटी चढाइन्। त्यसपछि यसरी तीब्रबेगका प्रतिक्रियाहरु सार्वजनिक भएका छन् कि यी कस्ती राष्ट्रध्यक्ष जसले राष्ट्रमाताको भूमिका निर्वाह गर्न सकिनन्। आफूलाई विधवा भनेर गरेको अपमान र मन्दिर चोख्याउन गरेका केही लापते, अल्पबुद्धिकाहरुलाई कारवाही गर्न छानबिन आयोग नै गठन गराइन्, माफी दिन सकिनन्। पशुपति मन्दिरमा लाखको भेटी चढाइन् तर नाना, खाना र छाना नभएर भकभकी मर्न थालेका जिउादा नागरिकहरुलाई तातोन्यानो केही पठाउने अथवा आफै गएर सुत्केरी, बालबालिका, बृद्धा, बिरामीको हेरबिचार गर्ने सुझ उनलाई भएन। भनिन्छ कम्युनिष्ट सप्रदैन, सप्रेपछि अन्धअध्यात्मिक बन्छ। यसको दृष्टान्त बनेका छन् कम्युनिष्ट मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारी। बृद्ध अधिकारीको गलामा रुद्राक्षको माला हुनछ, उनी दिनको तीन टाइम रुद्राक्षको माला जप्छन्। अर्थात ऊानम शिवाय मन्त्र पढ्छन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीले मोहनचन्द्रकै मार्ग पछ्याएजस्तो लाग्छ। \
राख्न त राखेकी छिन्, राष्ट्रपतिले सल्लाहकार। खाइदेउ सल्लाहकार प्रत्येक मन्त्रीले राखेका छन्। प्रधानमन्त्रीले राखेका छन्। राष्ट्रपति र उपराष्ट्रपतिले नराख्ने कुरै भएन। सल्लाहकार अर्थात कार्यकर्तालाई जागीर दिने सजिलो उपाय हो यो। सल्लाहकारले सल्लाह दिदैनन्, राष्ट्रपतिले पत्रपत्रिका पढ्दिनन् र राज्यसत्तामा रहेकाहरुको विवेकमा बिर्को लागेको छ भने देश यसैगरी छटपटिन्छ। कसैले पनि राजनीतिक स्वार्थको स्तरभन्दा माथि राजनेताको स्तरमा उठ्ने र त्यसखालको उल्लेख्य व्यवहार देखाउन सक्दैनन्।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री ओली र सरकार टिकाउने एमाओवादी अध्यक्ष प्रचण्ड त्यही पिछे बुद्धिवाला प्राणी भएका छन्। अहिले गजबको संयोग परेको छ– प्रधानमन्त्री उखान टुक्का भन्ने, प्रचण्ड र राष्ट्राध्यक्ष हाँस्ने। जनतालाई साइकल चढेर हासाउने। सबैले देखे साइकल चढ्न लाइसेन्स चाहिने भए प्रचण्ड र ओली फेल हुने थिए। तिनले साइकलको हेण्डल कन्ट्रोल गर्न सकेनन्, त्यस्ताले देश कसरी कन्ट्रोल गर्ने? हिजोसाँझ वीवीसी नेपाली सेवामा एक स्रोताले पत्र पठाएको सुनियो, उनले भनेका थिए– देश लोकतन्त्रमय भयो भनेको त नौटंकी देखाउने बसन्तपुरको डबलीपो बनेछ।
अहिले पनि ठूला जलविद्युत परियोजनाका महगा जापानीज गाडी नेताहरुको आागनमा शोभायमान भएका छन्। मन्त्री र सचिव साइकल चढेको जस्तो गर्छन्, तिनका श्रीमती र छोराछोरी मार्केटिङ गर्न पनि सरकारी गाडी कुदाउाछन्। गाडी दिएपछि ड्राइभर, तलवभत्ता, पेट्रोल, मरम्मत खर्च पनि दिनै पर्‍यो। जलविद्युतका सम्पत्तिमा राजनीतिक दाइँ चलिरहेको छ। अनि लोडसेडिङ नभए के हुन्छ?  तैपनि प्रधानमन्त्री भन्छन्– एकवर्षमा लोडसेडिङ मुक्त गराइछाड्छु। उर्जामन्त्री भन्छन्– ३ वर्षलाई उर्जासंकटकाल घोषणा गर्ने तैयारीमा छु। मन्त्री सुल्टो बोल्दैछन्, प्रधानमन्त्री उल्टोबाटो हिड्दैछन्। आफ्नै मन्त्रिपरिषदभित्र तारतम्य मिलेको छैन, यस्ता केपी ओलीले देशको शान्तिव्यवस्था बनाइराख्ने रे? केपी ओली प्रधानमन्त्री बन्नु देशका लागि शौभाग्य हुनसकेन। यिनी पनि उही कानै चिरिएका जोगीभन्दा भिन्न देखिएनन्। बुद्धले भनेका थिए– नैतिक भ्रष्टताले गर्दा मानवताले दुःखी हुन नपरोस्। दुर्भाग्य बुद्धको देशमा राजनीतिक नैतिक भ्रष्टताले गर्दा मानवता दुःखी छ। दण्डहीनताले मानवता मरिरहेको छ।
बंगलादेश सम्पन्न मुलुक होइन। उसले समेत भूकम्पपीडितलाई एकलाख टन चामल राहत भनेर पठाइदियो। चामल आएको ६ महिनापछि खबर सार्वजनिक भएको छ– ६१ हजार टन चामल झापाका गोदाममा कुहिदैछन्। चीनले स्कूले बालबालिकाका लागि भनेर पठाइदिएका न्याना कपडा, बाल्टिन र अन्य करोड मूल्यका सामग्रीहरु सेना र प्रहरीको सुरक्षामा राखिए, बितरण गरिएनन्। तीमध्ये बहुमूल्य सामानहरु कुखुरा र रक्सीसाग साटेर सेना र प्रहरीका सुरक्षाकर्मीले सिडियोसाग मिलेर भोज खाइदिएछन्। अख्तियार ठूला माछा समात्न २९ जनालाई पूर्जी काटेर के के न गरेको नाटक गरिरहेको छ। यो घटनाभन्दा ठूलो अनैतिक काम अरु के हुनसक्छ? योभन्दा ठूलो भ्रष्टाचार खोज्न कहीा जानुपर्छ? तर अख्तियार समेत चुपचाप छ। सुरक्षा निकायका प्रमुखहरुले र गृहमन्त्री शक्तिबहादुर बस्नेतको शक्ति कहीा देखिन्न। सबै राजनीतिक संरक्षणमा छन्, राजनीतिक संरक्षण भएपछि लोकतान्त्रिक गणतन्त्र नेपालमा पञ्चखत माफी हुनेगरेको छ।
शक्तिशालीलाई कसले कारवाही गर्ने? शक्तिशाली भ्रष्टहरु देखेपछि कानुनको नौनाडी गल्ने गरेको छ नेपालमा। मेडिकल माफियातन्त्र हेरेपछि कानुनको कति सिङ हुन्छ, ठम्याउनै सकिन्न। अन्यथा प्रचण्ड र गृहमन्त्रीका ६ छोरी, एमाओवादीका नेता, कार्यकर्ता भूकम्पपीडितका नाममा चीन घुमेर आए। कसैले लज्जाबोध गरेको देखियो? छैन, जंगलराज छ नेपालमा। पहिले डााकाहरु झिाझामा हुन्थे, अहिले लोकतन्त्रे नामधारीहरु सिंहदरवार, संसद र सरकारमा बग्रेल्ती गुाड बनाएर बसेका छन्। यही कारण हो, आमनागरिक चिसोले मरिरहेका छन्, राहत नपाएर छटपटीमा छन्, तिनको हुटहुटी–तिनीहरुप्रति संसदको चासो छैन, सरकार निरपेक्ष छ, राजनीतिक दलहरु नागरिक मरेको, मारिएका दृश्यहरु सिनेमा हेरेझैं हेरिरहेका छन्। जनताको यस्तो दुर्गति हेरेर बस्ने लोकतन्त्र विश्वका कुनै मुलुकमा हुन्न।
यस्तै बिपत्तिमा परेका लोकका लागि बोलिदिने कर्तव्य हो अधिकारकर्मीको। नागरिक समाजको दायित्व पनि कमजोर बर्गप्रति हुनुपर्ने हो। बुद्धिजीवी र अन्य चेतनशील युवाहरुले पनि आमनागरिकको जनजीविका लुटिएकोमा, तिनको अन्यायप्रति संवेदनशील भइदिनुपर्ने हो। कोही बोलिरहेका छैनन्। सबै सत्ताको न्यानोमा ओत लागेका छन्। सर्वोच्च अदालतले किन मन्त्रालय फुटायौ, संविधानविपरित बढी संख्यामा सरकार बनायौ, भूकम्पपीडितलाई सात दिनभित्र न्यानो कपडा, राहत पठाउ भनेर आदेश गर्नुपर्ने दिन पनि देख्नुपर्‍यो। यसको अर्थ लोकतन्त्र त आयो, न्याय हरायो भन्ने हो। यति बुझेर पनि सच्चिन नसक्ने बर्गहरुले लोकतन्त्रलाई लूटतन्त्र ठानेर बलियो पारिरहेछन्। जबसम्म लुटतन्त्र कायम रहन्छ, न संविधान कार्यान्वयन हुन्छ, न बिधिको शासन नै स्थापित हुनेछ।
साँचो अर्थमा हामीले लोकतन्त्र र प्रजातन्त्र खोजेका हौं भने त्यो भूकम्पपीडितहरुसँगै छिनछिनमा मरिरहेको छ। जब लोक अथवा प्रजाले शान्तिसुरक्षा, समानताका साथ बााच्न पाउला, तवमात्र लोकतन्त्र बच्ला अथवा बााचेको अनुभूत गर्न सकिएला। सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोटमा चिसोको ठिहीले जसरी १७ जना बालबृद्ध मारिए, यथार्थमा त्यो लोकतन्त्र मरेको हो।
स्मरणरहोस्, लोक नबााची, लोकतन्त्र बाँच्दैन। लोक नबनी लोकतन्त्र संस्थागत हुादैन।केपी ओलीको स्वेतपत्र जसरी मर्‍यो, लोकप्रति जिम्मेवार नहुने हो भने संविधान पनि त्यसैगरी मर्नेछ। लोकले राज्य छ, लोक एक्लो छैन राजनीति छ, लोकप्रति जिम्मेवार जनप्रतिनिधि छन् भन्ने ठानेका दिन लोकतान्त्रिक गणतन्त्रसहितको संविधानप्रति जनताको अपनत्व स्वतः देखिनेछ। अहिलेजस्तो पुराण भनेजसरी संविधान भट्याउादै गाउा गाउा जानुपर्नेछैन। हेक्कारहोस्, साइकल चढेर तमासा देखाएर त्यो गुरुतर दायित्व निर्वाह गर्न सकिन्न। साइकल चढेको तमासा दृश्य होइन, व्यवहारिक प्रतिवद्धता र इमान देखिनुपर्‍यो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक