(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160106

हाम्रा नेताहरु किन हाराकिरी गर्दैनन् ?

- राजन कार्की 
जापानमा राजनीतिक नेता अथवा उच्च प्रशासक भ्रष्टाचार काण्डमा मुछियो भने उसले हाराकिरी गर्छ। उसलाई भ्रष्टाचारी दागी भएर बााच्नुभन्दा मर्नु उचित लाग्छ र हाराकिरी अर्थात आत्महत्या गर्न उचित ठान्छ। नेपाली राजनीतिक नेता अथवा उच्च प्रशासक भ्रष्टाचार काण्डलाई मजाले खान्छन् र हाजमोला जसरी पचाउाछन्। उनीहरु हाराकिरी गर्दैनन्, अझ टाउको उठाएर समाजमा सम्मानित भएर गजधम्म बस्छन्, बााच्छन्। यो पशुजीवन हो कि मान्छे जीवन? मार्नु, लुट्नुलाई शक्तिशाली ठान्नेहरुलाई के पशु, के मान्छे? किन खुट्याइरहने? एकदिन मर्नुपर्छ भन्ने उनीहरुले सम्झनै चाहादैनन्। लक्ष्य राक्षसी हुनेहरुको मन मानवीय कहाा हुादो रहेछ र? ४४ करोडको सुडान प्रकरणमा ४ जना आइजीपी मुछिए, कसैले हाराकिरी गरेको सुनियो? सुनिएन। भर्खर सशस्त्रका ३ जना आइजीपी भ्रष्टाचारमा मुछिएका छन्, तिनले हाराकिरी गरे? गरेनन्। बरु जनआन्दोलनमा २४ जना मारिदा राजाले राजगद्दी छाडे, त्यसपछिका दिनमा सयौं मरिसके, कसैले आत्मालोचनासम्म गरेको सुनिएन। हाराकिरी त कता हो कता? गुण्डालाई र पहाडबाट खसेर मरेकालाई समेत सहिद घोषणा गराएर १० लाख खाने नेताहरुको लोकतन्त्र खोकतन्त्रमात्र बनेको छ। 
वैशाख १२ को भूकम्पपछि सहरी विकास मन्त्री, सचिव, कर्मचारी मिलेर पीडितलाई वितरण गर्न भनेर त्रिपाल किने। कमसल किने, गुणस्तरको बिल बनाए। सानो र थोरै किने, ठूलो र धेरैको बिल बनाएर त्रिपाल निले। अख्तियारले भ्रष्टाचार गरेको ठहर त गर्‍यो तर मन्त्री, सचिवलाई छोएन, सानालाई पूर्जी काट्यो। कसैले हाराकिरी
गरेको खबर सार्वजनिक भएन। नेपालमा ठूलालाई कानुन लाग्दैन।
पहाडमा गुणस्तरहीन नून बेचेर साल्ट टे्रेडिङ, तेलमा कालोबजारी गरेर आयल निगमका पदाधिकारी अरवपति बने। लेनदेन मिलाउन सक्नेलाई, ठूला पार्टीका र नियामक निकायका नातेदार भएपछि पञ्चखत माफ हुन्छ नेपालमा। ठूला उद्योग किन किन निजीकरण गरिए कसैले सोध्यो? ती उद्योग बेचिदा अथवा पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेर उद्योग विस्थापन गर्दा लाखौं बेरोजगारी बढ्यो। नेताहरुले कहिले जवाफ दिए? उठ्तीपुठ्ती अहिले पनि जारी छ। आतंक घटेको छैन। सबै नेताका कारणले। तिनै नेता आफूलाई परिवर्तनकारी मान्छन्, लोकतन्त्रका भगवान ठान्छन्। पूर्वाग्रही र स्वार्थको चस्मा लगाएका छन्– आफ्नै कारणले उज्यालो लोकतन्त्र गुह्य सुङ्गुरतन्त्र बनिसकेको देख्दैनन् तिनीहरु।
६ भन्दा बढी विश्वविद्यालयका उपकूलपति, पदाधिकारीले सरकारी पैसाले निजी घर रंगाए, होटलमा रक्सी, मासु खाएको बिल तिरे, कट्टु, लगौंटी किनेको बिल पनि विश्वविद्यालयबाट अशूल गरे। तिनलाई अख्तियारले मुद्दा हाल्यो। तातोपानी लागेन। कसैले अपमानवोधसम्म गरेनन्। अदालतमा बिकृति छ, बिसंगति छ, म हटाउाछु भन्थे प्रधानन्यायाधीश कल्याण श्रेष्ठ। उनलेसमेत संविधान मिचिएको मुद्दालाई प्राथमिकताका साथ फैसला गर्न हिचकिचाए। न्यायाधीश गिरिशचन्दको रिपोर्टले अदालतमा भ्रष्टाचार छ भन्यो, रिपोर्ट बुझ्ने यिनै प्रधानन्यायाधीश कानमा तेल हालेर बसेका छन्। प्रतिपक्षीको भूमिकामा हुनुपर्ने नेपाल बारको अर्को नाम 'हार' हुनपुगेको छ। अर्थात जता हेर्‍यो उतै राजनीतिक दलमात्र देखिन्छ। सिंगो मुलुक दलतन्त्रको चक्रव्यूहका कारण फोहरी दलदल बनिसक्यो।
अरु त अरु एन्फाभित्र ६४ करोडसम्मको भ्रष्टाचार काण्ड सार्वजनिक भयो, अध्यक्षमाथि प्रतिवन्धसमेत लागेको छ। फुटबल खेलाडीले समेत गोलसागै डलर खाएछन्। डलरले बिहे गरेा, मोटर किने भन्ने प्रष्टिकरण दिए, लज्जाले कसैको टाउकोसम्म पनि झुकेन। एनजिओ, आइएनजीओले समानान्तर सरकार चलाएका छन्, दूतावासहरु पत्रिकासमेत चलाएर चलखेल गरिरहेछन्। शुभलाभ पाएपछि आाखा चिम्लने, मुख नखोल्ने नेतृत्व बर्गले शासन प्रकृयालाई बेश्यावृत्तिजस्तो बनाइरहेका छन्।
अख्तियारले मान्छे बेच्ने मेनपावर, श्रम र एयरपोर्टका कर्मचारी कति समात्यो समात्यो। न सेटिङ हुन छाड्यो, न मान्छे बेच्ने धन्दा रोकियो। अहिले कृषि विकास वैंकका कर्मचारीले महिलामाथि बलात्कार गरेका घटनाको हल्लीखल्ली छ। महिलालाई थाङ्नो बनाउने देशमा महिलामैत्री संविधानको फुइाकी लगाएर केही हुन्न। गंगामायाा, साबित्री श्रेष्ठ र देवी सुनारहरु छोरा, दाजुभाइ, छोरीका हत्यारालाई कारवाही गर भनेर न्याय मागिरहेका छन्, अरु बेला सडक नै बालौंलाजसरी प्रदर्शन गर्ने अधिकारकर्मीहरु रेणु राजभण्डारी, सपना मल्ल, आरजु राणा, मीरा ढुंगाना, बन्दन राणा, भारती सिलवाल, दुर्गा घिमिरे, अमि्रता लम्साल, निर्मला शर्मा, आरती चटौत, बबिता बस्नेत, अनिता विन्दु, पुष्पा भुषाल, कविता पाण्डेहरुले तिनका बारेमा एक शव्द बोलेनन्, जिब्रो तालुमा टाासेर बसिरहेका छन्। नागरिक समाज सुतिरहेको छ, कहिले ब्यूाझने हो थाहै छैन।
    महिला अधिकारका लागि राजनीति गरेकी विद्या भण्डारी देशको प्रथम राष्ट्रपति भइन्। उनले आफूलाई दुईजना मधिसे मोर्चाका गधापच्चीसी ननाघेका मूर्खहरुले अलच्छिना, बिधवा भनेको सुनिन्, छानबिन गराइन्, राष्टाध्यक्षको प्रथम कर्तव्य न्याय व्यवस्था हो भन्नेतिर ध्यान दिन सकिनन्। हत्याराहरु सिंह बनेर हिडिरहेकै छन्, सत्ता, शक्ति र नवसामन्त बनिरहेकै छन्। कसले गर्‍यो हाराकारी?
सुरक्षाकर्मको गोदाममा राखेका भूकम्पपीडितले पाउनुपर्ने राहत सामग्री सिडियो र सुरक्षाकर्मी मिलेर बेचेछन्, भोज खाएछन्। बंगलादेशले पीडितका लागि दिएको चामल गोदाममै कुहियो, पाउनुपर्नेको मुखमा माड लागेन। भूकम्पपिडितका लागि विदेशीले दानमा दिएको सहयोगका दाम र दामी सामान सबै पहुाचवालाको खल्ती र घरघरमा पुगे, चिसो ठिहीबाट बचाउन १० हजार बितरण गर्ने कामसम्म फत्ते गर्न सकेन यो सरकारले। जनताको संविधान जनताकै घरआागनमा भन्ने पुराण वाचन गर्ने अभियानमा समेत कार्यकर्ताहरुलाई राजस्व लुटाइदैछ। बेइजतीका लागि हाराकिरी ठट्यौली कथामात्र हो।
कहा छैन भ्रष्टाचार? कुन नेता अथवा कुन प्रशासक स्वच्छ छ? जो स्वच्छ छ, उसलाई किनारा लगाइन्छ। जो भाग शान्ति जयनेपाल गरेर खान जान्दछ, उसले नाम, दाम र काम सबै पाउाछ। लथालिंग देशको भताभुङ्ग चाला, जसजसले सक्ला उसउसले खाला– यही हो वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपाल।
प्रधानमन्त्री केपी ओलीले १३ लाखको खाजा खाएछन्, अथवा ख्वाएछन्, कसले सोध्ने? विशिष्ट श्रेणीका कर्मचारीलाई अवकाशपछि करोडौंको बिलासी सुविधा दिने तैयारी भइरहेको छ। २५ जनाभन्दा बढी संख्याको मन्त्रिमण्डल नबनाउ भन्छ संविधान। केपी ओली ४० जनाको डफ्फा बोकेर सत्ता टिकाइरहेका छन्, बजेट उडाइरहेछन्। उनै डिङ हााक्छन्– म संविधान कार्यान्वयन गर्छु।
५ महिना भइसक्यो मधेस आन्दोलन रोकिन सकेन। ४ महिना भइसक्यो भारतले अघोषित नाकावन्दी गरेको, खुलाउन सकिएन। भूकम्प गएको ९ महिनामा प्राधिकरण बन्यो, पाइला सार्न सकेको छैन। मधेस आन्दोलनका क्रममा ५६ मारिए, पुषे चिसोले ७० भन्दा बढी मरिसके। यी मामिलाले संसदमा प्रवेश नै पाएको छैन। र, संसद भन्छ– यो सार्वभौमसम्पन्न छ, जनप्रतिनिधित्वको उच्च संस्था हो। कस्तो व्यङ्ग बन्यो देश?
पत्रपत्रिकाभरि खबर छापिए– दोलखामा चिसोले कठ्यांग्रिएर एकै दिन ८ बृद्ध मरे, गोरखाको बारपाकमा बच्चाले उपचार नपाएर मर्नुपर्‍यो। धादिङमा सुत्केरी मरिन्, सिन्धुपाल्चोकमा बिजोक छ। त्यसैदिन प्रधानमन्त्री केपी ओली बालुवाटारमा हिरोहिरोइनसाग ग्रुप फोटो खिच्दै थिए, 'फूलैफूलको मौसम तिमीलाई' भन्ने फिल्मी गीतको बिमोचन गर्दै देखिए। मृत्युमात्र जनतालाई अर्थात लोकतन्त्रमा लोक मर्छन्, असामान्य पीडाले लोकमर्नु सामान्य हो।
ठाडो शव्दमा भन्न सकिन्छ– यो सरकार खोटो सिक्का भयो। जनतामा यो सिक्का चल्न सकेन, चल्दैन। भारतलाई नम्बर वान दुश्मन भनेर राष्ट्रवादको खोक्रो कम्युनिष्ट नारा लगाउने केपी ओली हिजोसम्म ब्याक अफ इण्डिया भन्दैथिए, आज त्यही इण्डिया जान होमवर्कमा जुटेका छन्। असोज ३ मा संविधान जारी भएपछि भारतले रुष्ठता देखाएर असोज ६ गतेदेखि अघोषित नाकावन्दी गरेकै दिन प्रधानमन्त्री ओली दिल्ली पुगेर मोदीसाग सौहार्द्र मन्त्रणा गर्नुपर्थ्यो, कुरा बुझाएर नाकावन्दीको स्थितिलाई तत्काल रोक्नसक्नुपर्थ्यो। सम्बन्ध यसरी असामान्य हुन दिनुहुन्थेन। भूपरिबेष्ठित नेपालका लागि भारतको बिकल्प भारत नै हो भन्ने अझसम्म केपी ओलीले मनन गर्न सकेका छैनन्। सफल राजनीति र चतुर कुटनीतिका सूत्र नजान्ने केपी ओली मात्र उखान टुक्का हाल्न जान्दछन्। यसकारण देशमा ओली सरकार छ भन्ने कुरा एमाले अथवा यसका सहयोगी १६ पार्टीलाई थाहा छ। आमजनतालाई सरकार कहाा छ, अत्तोपत्तो छैन।
यद्यपि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले बढी हल्ला गरेर सरकार बन्यो, जनताप्रति जिम्मेवार हुनसकेन भनिसके। अझ अगाडि बढेर राष्ट्रिय सरकार गठन गरेर समस्याबाट निकास निकाल्नुपर्छ भन्ने तिनको अभिमत प्रकट भइसक्यो। बिपक्षी बाबुराम भट्टराईले त यो ओली नेतृत्व कि कमल थापा नेतृत्वको सरकार हो? भन्ने प्रश्न पनि गरिसके।
हो, डा.भट्टराई एमाओवादीका नेता थिए, अहिले नयाा शक्ति बनाउादैछन्। एमाओवादीभित्र लडाकुको ३ अर्व भ्रष्टाचार भएको छ भन्ने यिनै हुन्। र, यिनी प्रधानमन्त्री भएका बेलामा आधा नेपाल उत्तर र आधा दक्षिणतिर मर्ज हुनसक्छ भनेका थिए। यिनले नै ८ ठूला एयरपोर्ट भारतको जिम्मामा दिने निर्णय गरेका थिए, जुन लागू हुनसकेन।
अर्थात देशका होनहार भनिएका प्रचण्ड, सुशील, बाबुराम, ओली, माधव, झलनाथ, कृष्णप्रसाददेखि शेरबहादुर देउवासम्मका करिव २ दर्जन नेता छन् जो देशका भाग्यबिधाताका सिटमा बिराजमान छन्। उनीहरु नै निर्णायक बनेका छन्। तर जनताका पक्षमा प्रभावकारी एउटा निर्णय पनि गर्न सक्दैनन्। जति निर्णय गर्छन्, सत्ता साझेदारीका गर्छन्। सिण्डिकेट खडा गरेर भागबण्डाको निर्णय गर्छन्। न न्यायपरिषद, न न्यायाधीश, न राजदूत, न आयुक्त, न अन्य संवैधानिक निकायहरु स्वच्छ र योग्य व्यक्तिहरु स्थापित हुनसके। अहिले २ जना डेपुटी गभर्नरमा एमाले र एमाओवादीवीच भागबण्डा मिलाइदैछ। कांग्रेसले पनि दावी गरेको छ। अर्थात लोकतान्त्रिक गणतन्त्र नेपालमा समानुपातिक, समावेशी र महिलामैत्री संविधान जारी भयो तर त्यो संविधान पनि हात्तीको देखाउने दाातभन्दा भिन्न हुनसकेन।
देशका सञ्जालहरुमा योग्य र योग्यताको कदर हुने परिपाटीको जग उधिन्नेमात्र काम भइरहेको छ।
जुन देशमा सुरक्षा निकायले भ्रष्टाचारको भाङ खान्छ, गाविसदेखि मन्त्रालयका सचिवसम्मले भूकम्पपीडितको नाना, दाना र खाना छाड्दैन, सांसद हिनामिनाका हतियार र मतियार बन्छन्, सत्ताका पहुाचवालाहरु सकेसम्म राज्यकोष लुट्छन् र जस्तापाता, त्रिपाल, लुगाफाटा र दानदातव्य कपाकप पार्छन्, भूकम्पपीडितका नाममा आफ्नै छोराछोरी, कार्यकर्ताहरुलाई विदेश सयर गराउाछन्, भ्रष्टाचार गर्नकै लागि सत्तालाई धोवी धुलाई गर्छन्, यो देशमा गरिखाने, मरी मरी बााच्ने बर्ग रगतको आासु रोएर बााच्नुपर्छ। अहिले त्यही भइरहेको छ।
    राजनीति बागद्वारको मुहानजस्तो सफा हुनुपर्थ्यो, बागमतीको ढलजस्तो बगिरहेको छ। १३८ हप्तादेखि बागमती सफा गर्ने अभियान चलेको छ, सफा हुनसकेन। शक्तिसम्पन्न उच्चस्तरीय बागमती सभ्यता विकास समितिले १५ अर्वभन्दा बढी खर्च गर्‍यो र आधाभन्दा बढी भ्रष्टाचार भएको गुनासो सुनिन्छ। राजनीतिक पार्टीहरु अपराधीलाई गौदान गरेर चोख्याउने कर्मकाण्डी बनेको छ। सभासद पदसमेत ७ करोडमा लिलाम गरिएको प्रमाण राज्यलक्ष्मी गोल्छाले नै सार्वजनिक गरिदिइन्। ल्हारक्याल लामा, उमेश श्रेष्ठ, गीता राना, बाबुराम पोखरेलहरुले करोडमा सभासद किनेको कुरा चुहिसक्यो। अर्थात जुन देशमा सभासद विद्यार्थीले खाने पाउाजसरी किन्न पाइन्छ, त्यस्ता सभासदले निर्माण गरेको बिधिले स्वच्छ शासन गर्ने के ह्याउ?
यसकारण यो देशमा नीति, नैतिकता, सिद्धान्त, जनउत्तरदायित्व, राष्ट्रिय जिम्मेवारी भनेको किसानले बारीमा चरा भगाउन गाडेको बुख्यााचामात्र हो। आफूलाई कम्युनिष्ट भन्नेहरु धर्मकर्मको स्वाङ पार्छन्। जो देश बालेर आगो ताप्छन् र खरानीको व्यापार गर्छन्, तिनीहरु राष्ट्रियताको अफिममा जनतालाई लठ्ठ पार्छन्। जो जनताको जीवनसाग हरपल खेलबाड गरिरहेका छन्, जो देशको स्वाधीनतालाई खेलााचीमा उडाइरहेका छन्, यिनलाई के लाज, के शरम?
यसकारण यिनीहरु हाराकिरी गर्दैनन्? सहनशील जनता मर्छन् बरु, नेताको नीति र नैतिकहीनताप्रति प्रश्न उठाएर हस्तक्षेप गर्दैनन्। यो थाहा छ ब्वाासोजस्ता नेतालाई र उनीहरु झन बढी सत्ता र भत्तालाई भ्रष्टाचारमय बनाइरहेका छन्। यिनको अग्रगमन भनेको भ्रष्टाचारको दलदल हो।
बेलायतमा लिखित संविधान छैन तर लोकलज्जा छ, मानव सभ्यताप्रतिको संचेतना छ। यसकारण बेलायतमा बिधिको शासन छ। हामी अमेरिकाभन्दा जेठो र पुरातन मुुलुकहरुको सूचीका स्वाधीन नेपाली। तर, हामीमा मानवीयता, लोकलज्जा, संवेदन बिस्तारै बिस्तारै मर्दै गएको छ। विवेकहीन भएपछि नङ्गा नाचे हजार दाउ। संविधानको मर्ममाथि कुल्चेर लोकघृणा र आत्मा मारेर बाच्न सक्नेहरुले किन गर्ने हाराकिरी?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक