20160213

नेपाल भित्र नेपाली खोज्ने बेला आयो ! - बिसु (बिष्णु) भण्डारी

आजकल नेपालमाभन्दा बिदेशमा नेपालीहरु बढी भेटिन्छन । भन्नाको मतलब ज़वान, उर्जाशील युबा शक्ति, जो नेपाललाई केही गर्न सक्छ र त्योसंग शक्ति पनि छ, ती सबै बिदेशमा छन जस्तो लाग्छ मलाई । त्यसैले नेपालभित्र नेपाली खोज्ने बेला आएको छ जस्तो लाग्छ मलाई । म पनि करिब १३ बर्ष पहिला नेपालबाट पढाईको सिलसिलामा जापान आएको हुँ । नेपालमा छँदा बिहानको पढाई अनि दिउँसोको जागिर गर्ने गर्दथे । मलाई नेपालमा नै केही गर्न मन पनि थियो तर म जापान आए र अहिले पनि जापानमा नै छु, यहि काम गरिरहेको छु । त्यतिबेला नेपालबाट जापान आउँदा नेपालको राजनीतिक परिस्थिति पनि राम्रो थिएन, साथसाथै नेपालमा केही गर्न सकिने बाताबरण पनि थिएन र मलाई लाग्छ अहिले पनि छैन । नेपालको राजनीतिमा जहिले पनि बुढापाकाहरुको हाबी छ । नयाँ पुस्तालाई केही सिक्ने मौका दिउ भन्ने नेताहरु त औलामा गन्नु पर्दछ । त्यसमाथि राजनीतिक अस्थिरता थियो । बिदेशमा ग़एर पढने भन्ने लक्ष्य पनि थियो र त्यो बेलाको राजनीतिक परिस्थितिले गर्दा पनि बिदेश आउन पर्यो मलाई । म जस्तै जबान युबाहरु एयरपोर्टको अध्यागमनमा लाम लागेको बसेका थिए । पक्कै पनि तिनीहरु बिदेश जानै हिडेका हुन । नेपाली युवाहरुको अहिलेको विडम्बना के हो भने प्रवेशिका वा १२ कक्षा पास गरेपछि १७-१८ बर्षकै उमेरमा कुन देश जाने होला भनेर ईन्टरनेटमा बुझ्न शुरु गर्दछन । सकेसम्म बिदेश जानुपर्छ भनेर बुबाआमाले नै त्यस्त तयारी गर्दछनु अनि त्यस्तै दृष्टिकोणको विकास गराउँछन । यस्तो बाताबरण सिर्जना हुनुमा लामो समयदेखि नेपालको राजनीतिमा हालीमुहाली गरिरहेका ती बुढा नेताहरुको हात छ । देशको शक्तिलाई
नेपालले किन रोक्न सकिराखेको छैन त ? काम गर्ने जाश, जाँगर र उमेर सकिएका विदेशीको इशारामा नाँच्ने कठपुतली नेताहरु बढी भएको, नेपालवादी, राष्टवादी नेता कम भएकोले आफ्नो देशभित्रको जनशक्ति बाहिर गैरह्को पत्तै पाएका छैनन् जस्तो गरी आँखा चिम्लिरहेका छन् । नेपालमा जनशक्तिको अभाव छ । विकास निर्माणका काममा भारत, बंगलादेशबाट कामदार ल्याउनु परिरहेको छ एकातिर भने अर्कोतिर दैनिक दुई हजारका दरले युवाहरु विदेशिइका छन् । यी युबा जनशक्तिहरुले नेपालमा नै आफ्नो काम गर्न पाउने हो भने, नेपालले केही बर्षमा नै काँचुली फेर्नेछ । त्यसो त विदेश जानु हुँदैन भन्ने हैन तर, श्रम गर्नकै लागि मात्र जनसंख्याको ठूलो हिस्सा विदेश जान पक्कै पनि राम्रो हैन, अनि तिनीहरुले पठाएको रकमको सदुपयोग नगर्नु अर्को समस्या हो । यहाँ नीति निर्माण गर्ने, योजना बनाउने, कार्यान्वयन गर्ने सबै नालायकहरु मात्र छन् । योग्यता प्रदर्शन भनेको नेताका चाकडी गर्न मात्र जान्नेहरुको हालिमुहाली भएपछि कसको के लाग्छ ? हुन त बिदेशमा ग़एर सफल भएका नेपालीहरु पनि धेरै छन । नाम गनेर साध्यै छैन । कसरी ती नेपालीहरुले बिदेशमा सफलता हासिल गरे होलान त । एक पटक सोचेर हेर्नुस त । न त भाषा आउँछ, न त त्यो देशको रहनसहन नै राम्ररी बुझेको छ, न त आफूसंग पूँजी नै बोकेर गएका छनु । तर उनीहरु मेहेनतले सफल भएका छन् । त्यो भनेको उचित वातावरण हो । कामगर्नेलाई प्रोत्सहन दिने नीति हो । विदेशमा लगनशील, केही गर्न चाहनेहरुलाई सहयोग गरेको छ । त्यसैले आफूले भाषा नबोले पनि, त्यहाँको बाताबरण नबुझे पनि, त्यो देशमा सफल हुन सकेका छन । त्यस्ता कुराहरुबाट नेपालले, नेपाली नेताहरुले पनि केही सिक्नुपर्ने अवश्था आएको छ । बिदेशमा सफलता हाँसिल गरेका र गर्न सक्ने नेपालीहरुलाई स्थान दिएमा ती बिदेशिएका नेपालीहरु पक्कै पनि नेपाल फर्कनेछन र नेपालमाप नि सफलता हाँसिल गर्न सक्नेछन । केही गर हो नेता ज्युहरु ! हामीहरु स्वदेश फर्कन चाहिंरहेको छौ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक