20160213

महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणालाई संयुक्त राष्ट्रसंघले यस वर्षको ‘उमन अफ डिस्टिङसन’ पुरस्कार प्रदान

नेपाल मदर डट कम परिवारका तर्फ बाट बन्दना जी लाई हार्दिक बधाई । 
महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणालाई संयुक्त राष्ट्रसंघले यस वर्षको ‘उमन अफ डिस्टिङसन’ पुरस्कार प्रदान गरेको छ । राष्ट्रसंघीय निकाय कमिटी अफ एनजीओ सिएसडब्लुले जनाएअनुसार उहाँका साथ एक अफ्रिकी अधिकारकर्मी पनि पुरस्कृत हुनुभएको छ। ‘अमिना महमद र वन्दना राणालाई २०१६ का लागि उमन अफ डिस्टिङसन पुरस्कार प्रदान गरिएको छ, उहाँहरुको सम्भाषण मार्च १३ र १५ मा सीएसडब्लु सम्मेलनका क्रममा न्युयोर्कमा हुनेछ’ ओएनजीओ सीएसडब्लुले प्रेसविज्ञप्ति प्रकाशित गरी भनेको छ । राणालाई पुरस्कृत गरिनुको विस्तृत जानकारी दिंदै प्रेस विज्ञप्तिमा ‘स्थानीय समुदायको स्तरदेखि राष्ट्रि, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरसम्म महिला अधिकारको प्रवद्र्धनका लागि पैरवी गरेको’ उल्लेख गरिएको छ । साथी नामक गैरसरकारी संस्थाका संस्थापक कार्यकारी अध्यक्ष राणा महिला अधिकारका क्षेत्रमा, पैरवी, अनुसन्धान, समुदाय परिचालन र लैङ्गिक समानताका लागि पुरुष सहभागिताका क्षेत्रमा सक्रिय हुनुहुन्छ । बेइजिङ पुनरवलोकनका लागि राष्ट्रिय सञ्जाल तथा घरेलु हिंसाविरुद्धको राष्ट्रिय सञ्जालका संयोजक राणा राष्ट्रिय महिला आयोगका अध्यक्ष पनि
हुनुहुन्थ्यो । आमसञ्चार माध्यमबाट पहिचान बनाउन प्रारम्भ गरेकी राणा शान्तिका लागि एसिया प्रशान्त क्षेत्रीय महिला सञ्जाल (अपवाप्स) र अन्तर्राष्ट्रिय महिला शान्तिनिर्माता सञ्जालका संस्थापक सदस्य पनि हुनुहुन्छ । राणा पुरस्कृत हुनुभएकोमा नेपाली अधिकारकर्मीहरुले सामाजिक सञ्जालमार्फत ठूलो प्रसन्नता र गौरव प्रकट गरेका छन् । अफ्रिकी मुलुक नाइजेरियाकी अधिकारकर्मी अमिनाले सन् २०१५ पछिको विकास प्रक्रियामा महासचिव वान की मुनका विशेष सल्लाहकारका रुपमा काम गरिसक्नुभएको छ । यसअघि उहाँले शहस्राब्दी विकास लक्ष्यमा नाइजेरियाका राष्ट्रपतिको बरिष्ठ सहायकका रुपमा काम गर्नुभएको थियो । महिला अधिकार र शसक्तिकरणका लागि नेतृत्व गरेको विकासोन्मुख देशका महिलालाई बार्षिक रुपमा यो पुरस्कार दिईदै आएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक