20160215

एउटा कहिलै नसुनिएको मार्मिक समाचार, यो समाचार सामान्य समाचार हुँदै होइन । सत्तासिन हरु हो गम्भिरता पूर्वक लेउ । नेपालीलाई नेपाल मै बाँच्न देउ !

सुभाषप्रसाद साह
बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर-९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् ।
Nsarullaha-Ansari-Bara-left-Nationality
अन्सारी मलेसियामा पाँच वर्ष काम गरी नेपाल आएका हुन् । मलेसियामा बसेर नेपाल फर्किँदा नेपालको राजनीतिक अवस्था नेताहरुले बिगार्दै गएको गुनासो उनले गरेका छन् । बिदेशबाट फर्किँदा स्वदेशमा आफ्नो भविष्य राम्रो नदेखेकाले नेपालमा नबस्ने
निर्णय गरेको उनले बताए ।
देशको अस्थिर राजनीतिक अवस्थाले नेपाली नागरिकता परित्याग गर्नुपरेको अन्सारीले बताए । देशमा बढ्दै गइरहेको राजनीतिक अस्थिरताले छोराछोरीको भविश्य अन्योलमा परेकाले परिवारको उज्वल भविश्यका लागि आफूले नेपाली नागरिकता परित्याग गर्नुपरेको उनले बताए ।
अन्सारीले नेपाली नागरिकता परित्याग गरी भारत बिहार राज्यको मोतिहारी जिल्लाको छौडादानोमा रहेको ससुराली गाउँमा गएर बस्ने बताए । सीमावर्ती क्षेत्रका भारतीयले नेपाली नागरिकता आर्थिक चलखेल गरी लिइरहेको अवस्थामा अन्सारीले नेपालको नागरिक भएर पनि नेपाली नागरिकता त्याग्नुलाई अर्थपूर्ण मानिएको छ ।
‘नेपालका नेताहरुले देशलाई राम्रो बनाएर जनताका लागि राम्रो काम गरेको भए म नेपालमै बस्थें, अन्सारीले भने, ‘नेपालका नेताहरु राष्ट्रिय स्वार्थभन्दा बढी व्यक्तिगत स्वार्थका लागि देश बिगार्दैछन्, नेपालमा बसे मेरो परिवारको भविष्य पनि राम्रो नहुने भएकाले अब म भारतमा बस्छु ।’
Nsarullaha-Ansari-Bara-left-Nationality-2
जिल्ला प्रशासन कार्यालय बारामा आइतबार निबेदन दर्ता गरी उनले आफ्नो नागरिकता खारेज गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत ओम खड्काले अन्सारीको नागरिकता त्याग निवेदनको अनुसन्धान गरी नेपालको कानुनअनुसार आवश्यक काम कारवाही अगाडि बढाउने बताए ।
बाराको बिसुनपुर-९ मा बिक्रम संवत ०३८ असोज १० गते जन्म भएका अंसारीले बिक्रम संवत २०५६ असोज २० मा बंशज नागरिकत्ता जिल्ला प्रशासन कार्यालय बाराबाट लिएका थिए । उनी नेपाल नागरिकत्ता ऐन २०६३ बमोजिम बि.सं. २०७० चैत ५ गते पहिलो प्रतिलिपी जिल्ला प्रशासन कार्यालय बाराबाट लिएका हुन् ।
 - Onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक