20160215

भारतको गुहावटीमा भर्खरै सम्पन्न साग फुटबलको फाइनल खेलमा नेपालले भारतलाई २ - १ गोलको अन्तरले पराजित गरि स्वर्ण पदक हासिल !

भारतको गुहावटीमा भर्खरै सम्पन्न साग फुटबलको फाइनल खेलमा नेपालले भारतलाई २ - १ गोलको अन्तरले पराजित गरि स्वर्ण पदक हासिल गरेको छ ।फाइनलमा भारतले पेनाल्टीबाट गोल गरेर खेलमा अग्रता लिए पनि नेपालका प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठको गोलबाट नेपालले साग फुटबलमा तेस्रो पटक स्वर्ण पदक हासिल
गर्ने गौरव हासिल गर्यो । 


यससँगै नेपालले सन् १९९३ मा साग फुटबलमा स्वर्ण पदक जितेपछि दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि फुटबलमा दक्षिण एसियाली च्याम्पियन बनेको हो । सन् १९९३ को साग फुटबल फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर स्वर्ण जितेको थियो । संयोगले हालका नेपाली टोलीका कप्तान राजु शाक्य नेपालले यस अघि दुई पटक साग प्रतियोगिता जित्दा खेलाडी र कप्तानको भूमिकामा थिए । नेपालले पहिलो पटक सन् १९८४ मा साग फुटबल जितेको थियो ।  नेपालको यसै टीमले केही हप्ताअघि बंगलादेशमा सम्पन्न बंगबन्धु फुटबल प्रतियोगिता पनि जितेको थियो । यस नतिजासँगै केही नेपाली फुटबल खेलाडी म्याच फिक्सिंगका कारण नेपाली फुटबलबाट टाढा रहनु र धेरै वर्ष नेपाली फुटबलको बागडोर सम्हालेका गणेश थापाको नेपाली फुटबलबाट औपचारिक बहिगर्मनलाई पनि अनौठो तर मिठो संयोगका रुपमा पनि लिन थालिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक