20160216

नेपाली भुटानी मुलका नेपाली समुदायलाई इन्स्योरेन्सबाट हुने ठगीबाट सचेत गराउने अभियान भाग - ३


सोझा साझा, अङ्रेजी भाषामा दख्खल नभएका, सानो तिनो काम गेरेर अमेरिकामा जिबिको पार्जन गर्ने देखी हर तह तप्कामा रहेका सम्म नेपालीहरु र भुटानी मुलका नेपालीहरुलाई इन्स्योरेन्सका नाममा सपना बाँडेर नबुझाईकन यहाँ साइन गर्नुस भन्दै साइन गराउँदै, १३ देखी २२ प्रतिशत सम्म हरेक बर्ष लाभाँश दिन्छौँ भन्दै झुठो सपना बाँड्ने र इन्स्योरेन्स बेच्ने एउटा ब्रोकर कम्पनीमा कार्यरत ७० देखी १२० प्रतिशत सम्म कमिशन खाएर ग्राहकको आर्थिक शोसण गरिरहेका केही नेपाली एजेन्टहरुको हिजो राती कल कन्फेरेन्स मिटिङ भएछ । कल कन्फेरेन्स मिटिङको विवरण रेकर्ड सुनियो जहाँ अनिल खनाल र रामप्रसाद खनालले गरेको कुराकानीले आफ्नो ब्यवसाय चौपट भएको र अब समाजमा मुख देखाउन, पोलिसी बेच्न गार्हो हुने भयो, बर्बाद भइयो । जे जे हुन्छ हुन्छ एउटा लयर हायर गरेर अदालतमा उनिहरु बिरुद्ध मानहानी को ल सुट गरौ, यसो गरे हाम्रा ग्राहकलाई हामीले ल सुट गरेका छौं भन्दै देखाउन सिजिलो हुन्छ होइन भने त अब हामी फेरी घन्टे जागिर तिर फर्किनु पर्ने हुन्छ भन्दै रुवाबास गरेछन केही अपरिपक्व एजेन्टहरुले । अर्को एउटा अपरिपक्व एजेन्टले भिडियोलाई नेपाली बाट अङ्रेजीमा उल्था गर्ने र कम्पनीमा पठाउने जिम्मा लिएछन र हिँजो राती देखी अहिले सम्म त्यही काम मा खाना समेत बिर्सेंर लागिरहेको थाहा पाइयो ।
यसै बिचमा केही थप अपडेट गर्न मन लाग्यो ।
१ - एक जना इन्स्योरेन्स सम्बन्धी लयरका अनुसार ग्राहकलाई नबुझाई र गलत जानकारी दिँदै साइन गराउँने मिस रेप्रेजेन्ट गर्ने त्यस्ता एजेन्ट लाई अमेरिकी कानून अनुसार एक लाख डलर जरिवाना, लाइसेन्स खारेज र पाँच
बर्ष सम्मको जेल सजायँ वा दुबै सजाय हुन सक्छ ।
२ - लयरका अनुसार ग्राहकलाई इन्स्योरेन्स पोलिसी मा हस्ताक्षर गराउनु पूर्व ग्राहकलाई त्यसका सबै पक्षहरु पूर्ण जानकारी दिनु पर्छ । यदी गलत र नहुने कुरा को सपना बाँडेर हस्ताक्षर गराएको भनी केही त्यस्ता ठगिएका ग्राहकले अदालतमा साबिती बयान दिएमा अदालतले कन्जुमर राइट अनुसार कन्जुमर कै पक्षमा फैसला गरेका हजारौं नजिर हरु छन ।
३ - आफु ठगिएको महशुस गर्ने हरेकलाई ठगिएको छु भन्ने अधिकार हुन्छ अमेरिकामा । अमेरिकी संबिधानले यहाँ आफूलाई लागेका कुरा बोल्न पाउने अधिकार ग्यारेन्टी गरेको छ ।
४ - प्रेस स्वतन्त्रता भएको देश हो अमेरिका । यहाँ कुनै पत्र पत्रिका मिडियालाई कुनै पनि इस्यु मा छलफल गर्न, बोल्न, कुराकानी गर्न, अन्तर्वार्ता गर्न स्वतन्त्रता छ ।
५- हामी सँग ठगिएका ग्राहक एक होइन सय भन्दा बढी प्रमाण साहित संपर्कमा आइसकेकेका छन नेपाली र भुटानी समुदायका । ल सुट एजेन्टहरुले गरिदिए हामीलाई झन क्या बात भन्दै ति भुक्त भोगी को लर्को लिएर अदालत जान र ति ठगहरुलाई त्यही अदालत बाटै सिधै जेल तिर लैजाँदै गरेको द्रिस्य हेर्न मन छ र यस पछी कुनै ठगले अमेरिकामा बसेर ठगी गर्न हिम्मत नगर्ने परिस्थिती हेर्न मन छ ।
६ - ति रुवाबासी गर्ने र अनिल खनाल र राम प्रसाद खनालले शुरु गरेको जन चेतना अभियान ले आजित अपरिपक्व एजेन्टहरुलाई अझ अर्को चुनौती दिन मन लाग्यो - तिम्रा मुख्य एजेन्टलाई सोध । शुरुमा हामीले नै इन्स्योरेन्स पोलिसी किनेका थियौँ उनी सँग, पछी जब जब पोलिसिका बारेमा प्रश्न गर्न थालियो, तिमीहरुका मुख्य एजेन्ट किन भागी रहे ?? फोन गर्दा ईमेल गर्दा जबाफ नदिने, टेक्स गर्दा जबाफ नदिने, भ्वाइस मेल गर्दा जबाफ नफर्काउने, भेट भयो भने भागी हाल्ने किन गरेका तिनिहरुले ?? एक बर्ष भन्दा बढी कती पर्खिने जबाफका लागि ?? प्रमाण छन हेर्न आउ । हिम्मत छ ?? एजेन्टले ग्राहक बनाए पछी ग्राहक सँग भाग्ने किन ?? जबाफ दिन किन अलमल ?? जबाफ फर्काउन, इन्स्योरेन्सको बारे व्याख्या गर्न किन असमर्थ भएका ?? कृपया एक पटक यो प्रश्न सोधी हेरत उनै मुख्य एजेन्ट सँग होकी होइन भनेर !
७ - कृपया तर्साउने दुस्साहस नगर बरु नियम कानून फेस गर्न तिमीहरु तयार होउ । हामी नियम कानून फेस गर्न तयार भएरै जन चेतनाको अभियान मा सामेल भएका हौँ । एक सय भन्दा बढी ग्राहक र तिमीहरुले झुक्काएर एजेन्ट बनाएका पीडितहरु समेत तिमीहरुलाई सबक सिकाउन सप्रमाण पूर्ण तयार छौं । चेतना भया ।
८ - हाम्रो यो अभियान इन्स्योरेन्स ठगी हुन नदिने र भैरहेको ठगीलाई रोक्ने मात्र हो । हाम्रो कोही कसै सँग कुनै रिस द्वेस छैन र हुने पनि छैन तर गलत काम गर्ने लाई सारा समुदायका अगाडि नाँगेझार नपारी यो अभियान रोकीने छैन । सभ्य ढंगले प्रतिकृया लेखौँ । बदम्नाशी गर्ने लाई अगाडि ल्याउँ तर अनुशासन मर्यादा सभ्यता लाई ख्याल गर्न अनुरोध छ । राम्रा इन्स्योरेन्स कम्पनी र त्यहा कार्यरत परिपक्व, राम्रा इन्स्योरेन्स एजेन्टहरु प्रती हाम्रो सधैं सम्मान छ । उनिहरुमा कुनै भ्रम नपरोस । हाम्रो निशाना ठगी गर्ने तिर मात्र हो ।
९ - नेपाली र भुटानी मुलका नेपाली बाहेक यि एजेन्टहरुले कुनै एक जना अमेरिकन लाई उनिहरुको इन्योरेन्स बेच्न किन नसकेका ?? जबाफ छ ?
१० - अझै पनि हामी सँयमता अपनाएर त्यस्ता एजेन्टहरुको नाम र प्रमाण पुरै सार्वजनिक गरिसकेका छैनौँ । उनिहरु परिवर्तन होउन, आफ्नो कमिशन मात्र नहेरुन । नराम्रो प्रोडक्ट र सम्पना मात्र नबेचुन । ग्राहकको हितलाई पनि ख्याल गरुन, सच्चिउन । हामी लाई त ठगे ठगे अरुलाई नठगुन भनेर धैर्यताको सीमा कायम राखेका छौं । हेर्दैछौं हरकत । अब स प्रमाण विवरण एजेन्टहरुको नाली बेली प्रकाशन र कानुनी उपचार तिर पनि अबस्य पछी परिने छैन । आगे उनिहरुकै जो मर्जी ।
- www.nepalmother.com

शिव प्रकाशको कलम कती शशक्त हुन्छ पाठकहरुलाई भनिरहनु पर्दैन । शशक्त कलमबाज शिव प्रकाशको यो इन्स्योरेन्स ठगी सम्बन्धी जन चेतना मुलक स्टाटस/मेसेजमा तपाईं आफुलाई लागेका कुरा थप्न सक्नुहुन्छ । फेरी स्पस्ट पारौँ हामी कसैका बिरोधी वा कसैका समर्थक होइनौँ । कसैलाई फाईदा पुर्याउन वा कसैलाई घाटा पुर्याउन यो जन चेतना अभियान चलाएका पनि छैनौं । हाम्रो एउटा मात्र मक्सद छ त्यो के भने इन्स्योरेन्सका नाम मा सोझा साझा कोही कतै नठगिउन ।
Copy from writer Shiva Prakash jee's wall.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक