20160220

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाद्वारा बेल्जियममा आई ए एफ एवार्ड कार्यक्रम सम्पन्न

१४ फेब्रुवरी २०१६ बेल्जियमको एन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले आई ए एफ एवार्ड डे कार्यक्रम सम्पन्न गरेको छ | ३ चरणमा विभाजित उक्त कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका कन्सुलर श्री घनस्याम भण्डारीले गर्नु भएको थियो भने, विशिष्ट अतिथिमा गैर आवाशीय नेपाली संघ ग्लोबल सचिब श्री अर्जुन कुमार श्रेष्ठ र गैर आवाशीय नेपालि संघ आई सी सी महिला
कॉर्डिनेटर श्रीमती रजनी प्रधान रहनु भएको थियो | प्रमुख अथिति तथा विशिष्ट अतिथि द्वारा संयुक्त रुपमा मुख्य द्वारमा सजाईएको रिबन काटेर पहिलो आई ए एफ एवार्ड सो २०१६ लाई उद्घाटन गरिएको थियो|उद्घाटन पश्च्यात मंच अगाडी राखिएको शोभायमान पानसमा प्रमुख अतिथि द्वारा बत्ति बालेर अफिसियल रुपमा कार्यक्रम शुभारम्भ गरिएको थियो| कलाकार मंचको तर्फबाट मंचका उपाध्यक्ष श्री कुमार जोशी (केदार ) ले स्वागत मन्तब्य पेश गर्नुभएको थियो|कार्यक्रमको संयोजक मंचका साँस्कृतिक सचिव श्री बिनोद शाहीले गर्नु भएको थियो | कार्यक्रमको प्रचार प्रसार तथा पोस्टर डिजाईन कलाकार मंच जर्मनी संरक्षक श्री लव थापा र निर्माता निर्देशक स्पेनबाट श्री गंगाराम सापकोटाले गर्नु भएको थियो| कार्यक्रमको उद्घोषण श्री सौरभ करंजित र श्रीभा रानाले संयुक रुपमा गर्नुभएको थियो |

बेल्जियममा रहेका अन्य विभिन्न संगठनका अध्यक्षज्युहरुको आथित्यमा संचालित दोश्रो चरणको कार्यक्रममा यूरोपमा पहिलो पटक सामाजिक क्षेत्रमा योगदान पुर्याउने र कलाकारिताको माध्यमले देशको नाउँ उच्च बनाउने सफल कलाकारहरुलाई एवार्ड तथा सम्मान पत्र प्रदान गरिएको थियो |

अन्तर्राष्ट्रिय कलाकार मंच(यूरोप) विभिन्न शाखा देशका अध्यक्षहरु कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु , नेपालि कलाकारहरु , पत्रकारहरु ,नेपाली दाजुभाई तथा दिदी-बहिनीहरुको बाक्लो उपस्थिति विच तेश्रो चरणको कार्यक्रममा नेपाली संस्कार र संस्कृति झल्कने खालका नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो | साँस्कृतिक कार्यक्रममा यूरोपका विभिन्न देशबाट आमन्त्रित यूरोपमा ख्याति कमाई सकेका ख्याति प्राप्त कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो |नेपालका ख्यातीप्राप्त लोक गायक श्री खेम राज गुरुँगको "वारी जमुना पारी जमुना" गीतले साँस्कृतिक कार्यक्रमलाई अझ रौनक थपेको थियो |

पहिलो आई ए एफ डे' २०१६ यूरोपमा सम्मान तथा एवार्ड पाउने सम्मानित व्यक्तिहरुको नामावली यस प्रकार छ |
वरिष्ट सामाजिक व्यक्तित्व युरोप २०१६ एवार्ड श्री अर्जुन कुमार श्रेष्ठ |
वरिष्ट सामाजिक व्यक्तित्व युरोप २०१६ एवार्ड ( महिला ) श्रीमती रजनी प्रधान
वरिष्ट कलाकारिता सम्मान युरोप २०१६ एवार्ड कलाकार पार्वती अधिकारि
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (जर्मनी) श्री यज्ञराज सुबेदी
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (स्पेन) श्री गंगाराम सापकोटा
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (स्पेन ) श्री भोला लामिछाने
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) श्री लोक दाहाल
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) श्री डम्बर प्रसाद आचार्य
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) श्रीमति सिता सापकोटा
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (बेल्जियम) श्रीमती यसोदा थापा
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (हल्याण्ड ) श्री नेगी डिम्पु
विशेष सामाजिक व्यक्तित्व सम्मान २०१६ (पोर्तुगल ) श्री कमल बिस्ट
त्यसै गरी नेपाली कला र कलाकारिताको माध्यमले देश सेवा गर्ने कलाकारहरुलाई विशेष कलाकार बर्ष २०१६ ले सम्मान गरियो |
विशेष कलाकार २०१६ सम्मान (पोर्तुगल) श्री बिष्णु क्षेत्री
विशेष कलाकार २०१६सम्मान ( स्पेन ) श्री तुलसी सिवाकोटी

सम्मानित कलाकारहरु र सामाजिक व्यक्तित्वहरुलाई प्रमुख अतिथि , विशिष्ट अतिथि , कलाकार मंचका पदाधिकारीहरुले तथा लोक गायक श्री खेमराज गुरुङले सम्मान पत्र एवार्ड तथा खादा ओढाई सम्मानित गर्नु भएको थियो |

कार्यक्रमको समाप्ति पश्च्यात लगत्तै आयोजना गरिएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको संचालन पत्रकार कमल विष्टले गर्नु भएको थियो | पत्रकार भेटघाटको क्रममा पत्रकार द्वारा सोधिएको प्रश्नको उत्तर दिने क्रममा कलाकार मंच यूरोपका अध्यक्ष श्री दयाराम पौड्याल ले जानकारी गराए अनुसार आई ए एफ डे प्रत्येक वर्ष सोहि समयमा क्रमश; यूरोपका अन्य देशमा आयोजना गदै सामाजिक व्यक्तित्व तथा कलाकारलाई सम्मान प्रदान गरिने छ |
"पहिलो आई ए एफ डे' २०१६ यूरोप" का प्रमुख उपलब्धिहरु

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले यूरोपभरी रहेका कलाकारहरुलाई एक सुत्रमा बाँधी कार्यक्रम प्रस्तुत गर्न एउटै मंचको व्यवस्था गरी कलाकार-कलाकारहरु विच सम्बन्ध बलियो बनाउन पहल कदमको दरिलो आधार खडा गरेको छ |

कलाकार मंचसंग आबध्ध कलाकारले अब उप्रान्त आफ्नो गीत रेकर्ड गर्नु परेमा निशुल्क स्टुडियोको व्यवस्था गरिनेछ |कलाकार मंचसंग आबध्ध कलाकारहरुले म्युजिक भिडिओ बनाउन चाहेमा आवश्यक सर सहयोग गर्दै प्रति भिडिओ ६०० यूरो आर्थिक सहयोग गर्ने |

विशेष उपब्धिका साथ सम्पन्न गरिएको "आई ए ए फ डे २०१६ यूरोप"मा सम्मानित सबैलाई हार्दिक बधाई व्यक्त गर्दै कार्यक्रम सफलताका साथ् सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा कलाकार मंच हार्दिक आभार व्यक्त गर्दछ |

महा-सचिव:- लक्ष्मण जोशी
अन्तर्राष्ट्रिय कलाकार मंच, यूरोप-महाशाखा
















































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक