20160224

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा सवार चालक दलका ३ सदस्य र २० यात्रु सबैको मृत्यु भएको पुष्टि

नेपाल मदर डट कम परिवार यस दु:खद दुर्घटनामा परि ज्यान गुमाउने सबै प्रती हार्दिक श्रध्दान्जली र शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा सवार चालक दलका ३ सदस्य र २० यात्रु सबैको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा सवार सबैको मृत्यु भएको म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए। 'जहाज दुर्घटनास्थल दाना गाविसको टिकेढुंगामा जहाज टुक्रा टुक्रा अवस्थामा भेटिएको छ', खड्काले भने, 'त्यसमा सवार यात्रुहरु कोही पनि सकुशल छैनन्।' शव चिन्ने नसकिने अवस्थामा रहेको उनले बताए। तारा एयरले भने यात्रु र चालक दलका सदस्यहरु गरी २३ जना सवार रहेको बताएको छ भने उनीहरुको अवस्थामा बारेमा अहिलेसम्म जानकारी दिएको छैन्। पर्यटनमन्त्री आनन्द पोखरेलले पनि विमानमा
भएका सबै यात्रु जलेर मृत्यु भएको बताए।
सरकारले तारा एयरको जहाज दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा ५ सदस्यीय छानबनि समिति गठन गरिएको हो । पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान म्याग्दीमा दुर्घटनामा परेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक