20160228

अमेरिकामा ‘लाइफ इन्स्योरेन्स ठगी’ प्रकरण- फसियो कि क्या हो ?? - पुष्कर बराल

केहि दिन यता अमेरीकी नेपाली समाजमा लाईफ ईन्सुरेन्सको बारे अनेक चर्चा परी चर्चाले ठुलै बहसको रूप लिएको छ । ज-जस्ले बुझि-नबुझी लाईफ ईन्सुरेन्स अर्थात जीवन बिमा लिएका थिए उनिहरुको मन रातदिन अहिले भत्भती पोलेको छ ।
बिडम्बना स्वदेशमा उचित रोजगारी ,सुबिधा र अबसरको अभाबले हजारौ हामी सके ठुला, नसके सानै देश भएपनि जाने आफु र आफ्नो परीवारको स्थिर गिर्दो आर्थीक स्थितिलाई संबृद्ध बनाउने योजना बनाउछौ सपनाहरु सजाउछौ । भारी मन लिएर हामी बिदेसीन्छौ।
भर्खरैको एउटा तथ्याङ्कले करीब ४० लाख नेपाली बिदेशी श्रम बजारमा रहेको तथ्याङ्क बाहिर ल्याएको थियो । यो तथ्याङ्कले कुन नेपालीको मनमा चिसो नपस्ला र। यति ठुलो जनशक्ति आज बिदेशमा पलायन छ।  आफ्नै देशमा किन अबसर र संभावनाहरु खुलेनन् र खुल्दैनन् । यस्को चित्त बुझ्दो उत्तर कुनै देशभक्त राजनेताले कहिले दिन सक्ने छैनन। औंलामा गन्न सकिने केहि देशहरु मध्ये धेरै नेपालीहरु रहेको देशमा अमेरीका पनी पर्छ । डिभी, बिजनेस, स्टूडेण्ट्स, भिजीट, साथै अनेक भिसामा अमेरीका आएर कर्मभूमि बनाएर बस्ने नेपालीको संख्या करीब ३ लाखको हाराहारीमा पुगेको बताइन्छ। आजभोली अमेरीकीसमाज भित्र साह्रै फैलीएको नाफाको बिजनेस हो जीवन बिमा । अमेरीका पनि बिमा बेच्न सके सजिलै पैसा कमाउन सकिने हुनाले यो धन्दामा नेपाली एजेन्टहरु पनि छ्यापछ्याप्ती पाईन्छन् चोक  स्ट्रीट र
कफि सपहरुमा ।
जीवन बिमा २ खालका हुन्छन् अस्थाई र स्थाई ।अस्थाई बिमामा थोरै रकम तिरीरहनु पर्दछ । यो भनेको भईपरी केहि भईहाले आफ्नो परीवारलाई केहि प्रोत्साहन होस भनेर गरीने बिमा हो । यसमा तिरैको रकम फिर्ता हुँदैन । स्थाई भनेको होल लाईफ ईन्सुरेन्स हो ।यसमा निश्चित बर्ष तिरै मात्रै पुग्छ । जानेर बुझेर जीवन बिमा लिएका भन्दा नजानेरै साथी भाईको लहलहैमा, आफ्नै नातागोता र आफ्नै सम्झिएकाहरु बाट जबरजस्त यो पाईन्छ र उ पाईन्छ भन्दै ईन्द्रणी सपना देखाएर भिराईन्छ लाईफ ईन्सुरेन्स । बुझेर लिनेको पो लिएको भनिन्छ त ।
२०/३० बर्ष पछि यति बेनीफिट र उति बेनीफिट आउछ भन्दै झुटा सपना देखाएर बिमा गराउनु भनेको भिराएकै हो । निस्चित बर्ष पुरा भए देखि केहि प्रतिशत कटाएर रकम फिर्ता त आउंछ तर १०० प्रतिशत कुनै हालतमा आउदैन । बिमा कर्ताको बिमा अवधी भित्रै  मृत्यु भईहाले पनि ३० प्रतिशत सम्म कटाएर (कम्पनि हेरी फरक) पैसा आउने रै'छ । आफुले तिरेको सबै प्रीमियम पैसा भन्दा यो पाउने रकम बढी हुनाले बिमाको पैसा पाउने नातोदार चुप लाग्ने सत्य हो ।
एजेन्टहरुले भर्खर नेपाल बाट आएकालाई बढी टार्गेट गरीएको मैले अनगीन्ति देखेको छु ।  म आफै पनि यस्को सिकार भएँ । किन त भन्दा उनिहरुले त्यति बुझ्नै पाएका हुन्नन् । हुन पनि हो आफन्त साथीभाईहरुले नै भने पछि कसरी बिस्वाश नगर्नु । बिस्वाश गरी लियो अनि महिनै पिच्छे १०० देखि ४००/५०० डलर सम्म आफ्नो अकाऊन्ट बाट पैसा काट्न थालेपछि मन कटक्क काट्न थाल्दछ पिरहरुले । हामी आफ्नो मृत्यु कति नजिक देख्छौ र आतिएर जीवन बिमा किन्दछौ।
मैले पनि  १ बर्ष अगाडी बिमा लिएको थिए ।केही नेपाली कलाकारहरुले पनि लिए यो त निकै राम्रो हो भन्दै । म पनि त्यो लहलहैमा संगै दौडिए । मैले त बुझेको थिईन उनिहरुले त बुझेका होलान् भनेको त झनै कोरा पो रहेछन । अलि पछि यता उता सोधे ठिकै होला भने जानेबुझेकाले । अझै चित्त नबुझेर वेबसाईटमा नजर डुलाए । त्यहा त झन अनगीन्ति सपनाहरु रोपिएको रहेछ मख्ख पो परे । संसारमा सबै भन्दा बढी देखिने भनेको आफैले कुल्चीएको धरती र सपनाहरु हो ।
धरती सत्य हुन्छ भने सपना असत्य हुन सक्छन् । तर हामी बिमाका यस्तै सपना हरुमा फसियो । दलालले देखाएका सपनाहरु किनेर पुर्पुरोमा हात लगाएर बस्ने दिन आयो ।
आज भोली त्यहि मैले बिमा किनेको कम्पनि लगाएतले धेरैलाई ठगेको समाचारहरु बाहिर आई रहेका छन् । के म लगायत हजारौ ठगिएकै हौ त ? भर्खरै मात्र बिमा किनेका मित्र राजु शाह भन्छन् 'एजेन्टले मेरो यति पईन्ट पुगेन उति पुगेन तपाईले जसरीनी मेरै ईन्सुरेन्स किनिदिनु भनि रात दिन हैरान पारे पछि महिनावारी ३०० डलर तिर्नु पर्नेगरी बिमा किनेको छु।' उनले थपे - 'संम्बन्धनै बिग्रने भएपछि किनिदीए।  तर आजभोली मन भत्तभती पोल्न थालेको छ।'
आज म र राजु लगाएत हजारौको मनमा फसियोकी क्या हो भनेर छातिमा आगो दन्कन थालेको छ ।आफ्नो लगानी डुब्ने संकामा सबै नेपाली लगायत चिन्तित छन् । ज-जस्लाई आफु ठगीएको जस्तो लागेको छ, फसेको जस्तो लागेको छ आजै बिचार गरौ । खुलेर कुरा गरौ ।  एजेन्टसंग 'बाज संग सर्प' डराएझै डराउनु पर्दैन। यस्तो मुलुकमा पगेर पनि सोझा साझाको कमाईबाट महल ठड्याउने हरुलाई चेतना भया। - साभार ; सेतोपाटी
http://global.setopati.com/america/1536/


See these links too
http://global.setopati.com/america/1536/
http://global.setopati.com/america/1526/
http://global.setopati.com/america/1515/
http://www.nepalmother.com/2016/02/exclusive.html
http://www.nepalmother.com/2016/02/blog-post_44.html
http://www.nepalmother.com/2016/02/blog-post_25.html


https://www.facebook.com/rpkhanal/posts/10207483295013769

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक