20160319

जोगीहरु !

- रामप्रसाद खनाल
 उनिहरु बिहानै आए
दिउँसै आए
साँझ पनि आए
साथी बनेर आए
आफन्त बनेर आए
नेपाली बनेर आए
लगाउनु सम्म कर लगाए
अनेकौं सपना देखाए
आँकडा देखाए
सोँचे यि त मेरा शुभचिन्तक रहेछन
विश्वाश गरेँ
जहाँ जहाँ भन्छन
मेरो बाहुली निशान भरेँ
दिन बित्दै गए


बैँकमा खुन र पसिनाले जोरेको ब्यालेन्स
हरेक महिना घट्दथ्यो
तर पनि सोंचेँ
यता घट्यो त के भो, उता त बढेकै छ !
चार बर्ष पछी आँखा खुले
उता चेक गर्न थालें
अहँ नाम निशान केही थिएन
खोज्न थालें ति खरानी घसेका जोगीहरु
फोन गर्‍यो उठ्दैन
मेसेज पठायो जबाफ आउंदैन
कमन्डुलवाला जोगीहरु
ब्यस्त हुन थालेछन !
हप्तामै तिस चालिस हजार कमाउने बनेछन
बिभिन्न रुपमा खरानी घस्दै घस्दै
साथीभाइ आफन्तजन डस्दै डस्दै
हिरा र मोति जडित औँठी देखाउंदै
फरारी बीएमडब्लु मर्सिडिज जस्ता
महँगा महँगा गाडी देखाउंदै
अमेरिका युरोप भ्रमण भ्याकेशन के के भन्दै
सपना बाँडदै जोगीहरु
म जस्ता विश्वाश गर्ने, भर पर्ने मुर्खहरु
नयाँ नयाँ खोज्दै खोज्दै
दिन दाहाडै लुट मच्याएको देखे पछी
मैले मुख खोलेँ, भएको कुरा बोलेँ
कलम बाजहरु जागे
म जस्तै भ्रमितहरु जागे
टाउन हलहरु जागे
मिटिङ हरु जागे
आउ यस बिषयमा बोल भन्दा
जोगीहरु झन पर पर भागे
मुख खोल्नेहरुलाई कोर्ट लैजाने धम्की दिए
डिपोर्ट गर्ने धम्की दिए
गाउँ पसेर कुखुरा चोर्न सिपालु यि स्यालहरु
धेरै खरानी घसेका तर अहिले घट्टा बसेका
चण्डाल चौकडीहरु
नक्कली जोगीहरु
अझ भनौं सोझा साझा गाउँलेका
कुखुरा चोर्न पल्केका चोर स्यालहरु
अहिले पानी पानी भएका छन
ओँठमुख तालु सुकाउँदै गएका छन
अझ पानी माथिको ओभानो बन्दै
हामीले गरेको ठीक भन्दै
ठगिएकालाई उल्टै दोशी गन्दै
आफ्नो लाज पचाउन अनेक जाल बुन्दै
जोगीहरु निरन्तर यात्रामा छन
म जस्तै उनिहरुलाई विश्वाश गर्ने
पटमुर्खहरुको खोजिमा .......!!!

********************************
Life Insurance !
-Mahesh Bhattarai, Columbia, Maryland

Life Insurance
झुट कुरा गर्यो वा सही कुरा गर्यो , तिमीले नै जान
गर्न सम्म गर्यो Life Insurance ! भन्न सम्म भन्यो Life Insurance !
सीता हरण मात्र के गरे थिएका
सुहागरात मनाउन नपाउदै
सुनको लंका जलाइदिइ
सबै एकै चोटी झ्वाम्म टिकट, पारी दियो Life Insurance !
नजेिकको मित्र, आफन्त
नाई भनौ पनि कसोरी
बिश्वास, मान, सम्मानमा
कलङ्क लाई दीयौ Life Insurance !
Asia, Europe, Australia,Resort, Trip
Bench, Mercedes Car, हीराको आैठी
California, Florida, Vacation Home
सबै सबै मेरा सपना चकनाचुर पारि दियौ Life Insurance !
गास, बास, कपास को जोहो कसरि गर्ने
बिल का ओइरो लाग्छ महिनै भरी
Students का फीस र college को सपना
बच्चाको दुध सबै सबै सोहोरी लगेउ Life Insurance !
दिनको भोक, रातको नीद
डाहा, आत्मग्लानी , पीडा , छटपटी
मीठा भाविष्यका सपना देखाएथे,
सुरु मात्र के भएको थीयो,
साथी भाई, आफन्त भित्र, मन मुटाब, भनाभन
पानी बारबारको स्ठिती, निम्ताइ दियाै Life Insurance !
पैसा पैसा भन्दा भन्दा
नैतिकता,आदर्श , आत्म सम्मान
कंगाल बनाई आफन्तलाई
करोडपति बन्ने सपना बोकी
Security बाट Investment (Business/profit}
Insurance को परिभाषा नै बदली दीयौ Life Insurance !
राम भन्नु वा रावण भन्नु
कत्रो कत्रो सपना देखेथे भबिष्यको
हामी अज्ञानीको आखा खोली दियौ
कसैको नजरमा फटाहा , बेहीमान
कसैको नजरमा कल्यानकारी, समाजसेबी Life Insurance !
कसैको Hai/Hai Life Insurance
कसैको Bye/Bye Life Insurance
भबिश्यले नै देखाउला,
Hai/Hai वा Bye/Bye Life Insurance !!!


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक