20160317

तिमी चिन्छौ भने मित्र भनिदेउ उ को होला ?

 -  भुपनारायण घर्तिमगरको एउटा मिठो कबिता लाइफ इन्स्योरेन्स ठगी प्रकरणमा ।   
मुसु मुसु हाँस्दै लखर लखर उ आउंछ।
नाता साईनो लाउंदै घर घरमा उ पुग्छ।
आत्मीयता दर्शाउदै हाम्रो चिन्ता उ गर्छ।
हाम्रो भविष्यको सुनिश्चित सपना उ दिन्छ।
तिमी चिन्छौ भने मित्र भनिदेउ उ को होला ?

खोजि गर्दै ठाउँ ठाउँमा नाता गांस्न उ पुग्छ।
तिम्रो हाम्रो सुखद भोलीको खाका सुनाउंछ।
राम्रै राम्रो कुराले सारा मन्त्र मुग्ध बनाउंछ।
सपना सुनाउदै रानाभाटे अंग्रेजी छांट्छ।
तिमी चिन्छौ भने मित्र भनिदेउ उ को होला ?
सुकिलो मुकिलो भएर ठूला गफ उ चुट्छ ।
विश्वास बेचेर बर्बादीमा सही गराउंछ।
नक्कली मायाँ देखाई फूलको धारले काट्छ।                                                                                                     
तिम्रो हाम्रो गांस खोसेर आफ्नो घर उ भर्छ।
तिमी चिन्छौ भने मित्र भनिदेउ उ को होला ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक