20160324

विकाश आफै हुदैन, हामीले गर्ने हो


- बिष्णु गौतम, अध्यक्ष - लक्ष्मी प्रतिष्ठान

"यो पटक  अमेरिकाका केही राज्यमा गरिने कार्यक्रमहरु मध्ये  भर्जिनियामा गरिएको पहिलो कार्यक्रमा हामीले  पाएको न्यानो मायाँ ,अशिम आदरले हामीलाई धेरै उर्जा प्राप्त भएको छ"
करिब पाँच दशक आगाडी सम्म   दक्षीण कोरिया पुरै  गरिवीको दलदलमा भासिएको थियो  ,भ्रष्टाचार शिखरमा थियो, पुरै  देश  आराज्कताले  गाँजिसकेको थियो भने जी डी पी दर  साठ्ठी  अमेरिकन डलरमा  थियो।   त्यो अस्त ब्यस्त अवस्था देखेर तत्कालिन  रास्ट्रपती  पार्क अतालिदै   विदेशबाट केहि सिक्ने  मनशाय  बनाइ जर्मन  भ्रमणमा जानुभयो। 

जर्मन पुगेपछी उहाँ झन् धेरै दु:खी हुनुभयो ,कारण  रोजगारीको अभावमा विदेशिएका  धेरै  कोरियन जनताहरु जर्मन निर्माणमा जुटेका   थिए त्यहाँ कठिन  भन्दा कठिन काम मात्र   कोरियनहरुलाई दिइन्थ्यो ,त्यो देखेर
उनले मन थाम्नै सकेनन 

  केहि  समय पछि त्यहाँ को रंगशालामा उनको बोल्ने कार्यक्रम  तय भयो , अनि  उनको भाषण सुन्न  त्यहाँ कार्यरत लाखौं कोरियन मजदुरहरु  पुगे, तर पार्कले  औपचारिकता निभाउन मात्र  सकेनन तोकिएको घेरा  भन्दा बाहिर गएर   कोरियन  जनता सामु हात जोडेर रुदै भने बबुहो अब आफ्नो  देश  फर्क, दिगो विकाशको   योजना  तयार  गर्छु   यहाँ  खर्चिएको बललाई तिम्रो देश सिगार्न  लगाउ! हाम्रो देश विकाश भएको, तिमीहरुका  नानीहरु स्कुल  गएको , तिमीहरु सबैले  दिनभर काम  गरेर  टन्न  खाएको /लाएको देख्न चाहन्छु ,  हामी  विरामी हुँदा  औषधि किनेर खान सकौ  ,एक ठाउं बाट अर्को ठाउँमा  जाँदा  मोटर  चढेर   जान सकौं , त्यतिभए  कोरियाले विकाशको गति लिने , कृषि, पशुपालन ,तथा  घरेलु  उद्योगलाई प्राथमिकतामा  राखेर  देशलाई आत्मा   निर्भर मात्र  नबनाई विकाशको गति दिनुपर्दछ , अन्त्यमा उनले  रुदै भनेका थिए ,अब तिमीहरु कोरिया फर्केर कुटोकोदालो समात्न तयार होउ। 

 अनि  उनले उनको  कुरा  सुनेर  विश्म्रित भैरहेका  जर्मन  चान्सलर समक्ष  अनुरोध   गरे  महामहिम हामीलाई  आर्थिक  सहयोग  गर्नुहोस।  हामी कोरियामा  तिब्र  विकाशका योजन  लागु गरि  समुन्नत कोरिया  बनाउछौं।  विकशित कोरिया   देखेर मात्र मर्न चाहन्छु। 

 केहि समयपछी  त्यस्तै भयो जर्मनले कोरियालाई सहयोग  आर्थिक सहयोग गर्यो , पार्कले दिगो विकाशको  योजना बनाउन लगाए ,कोरियालीहरु पनि  बिस्तारै आफ्नो देशमा  फर्केर राष्ट्र  निर्माणमा   जुटे  परिणामत त्यतिबेलै  कोरिया  विकाश  मात्रै भएन  यतिखेर  विश्वमै  रोजगारकोलागि उत्कृष्ट   थलो समेत बनिसकेको    

जग जाहेर ,यतिबेला  हाम्रो नेपालको स्थिति १९६२ को कोरिया को भन्दा जर्जर छ। ६० लाख नेपाली   घर छोडेर विभिन्न  मुलुकमा  आफ्नो श्रम बेचिरहेका छौ, अझ  खाडी क्षेत्रमा  श्रम  मात्र बेचिरहेका छैनौ ,प्रचण्ड भट्टीमा रापीईरहेका छौं। देश भित्र पनि अबस्था राम्रो छैन ,शासन  शैली  अराजकता तिर  गैरहेको भष्ट्राचार शिखरमा छ। नि ती नियम बनाई लुट्नेले पनि  विभिन्न बहानामा लुटीरहेकैछन , हरदीन  हामी आम जनता विवश  भएर बाँच्न बाध्य छौं।स्पष्ट  नीति नियमकै अभावमा  , विनाशकारी भूकम्पले घरबार बिहिन बनाई रहेको अवस्था  भने   हामी  पिडित जनता  सित  ,ताप   हावा हुरी  खपेर पालमुनी  बसेर   बाँच्न  बाध्य छौं  तर सरकारमा बस्नेहरुले  त्यति जिम्मेवारी लिएर भुमिका  निभाएको  देखिन्न। तर यसो   भनेर आफुलाई निर्दोष, निरिह कम्जोर जानी जानी बुझ  पचाई बस्न  सुहौदैन  हरेक  नेपालीले    राष्ट्रलाई मुटुमा राखी मन वचन कर्मले रुपान्तरनलाई  हजारौ माईलको  यात्रा नठानी  जति इन्च  सक्छौ  हामीले  गर्नेछौ  भन्ने मानाशिकता  बनाई  प्रत्येक  ले  अगाडी बढ्नु   अपरिहार्य छ।  



  त्यतिबेला  राष्ट्रपती पार्क  देशको सर्वच्व  कार्यकारी  हुनुहुन्थ्यो , आबस्यक योजना निर्माण गर्न त्यसलाई  लागु गर्न आबस्यक   नीति समेत बनाई कार्यन्वयनमा लगने क्षमता  राख्नु हुन्थ्यो  उहाँले त्यस्तै   गर्नु भयो पनि।   यतिबेला   पनि   सामान्य नेपाली नागरिक को रुपमा आफुले स्थापना  गरेको  संस्था लक्ष्मी प्रतिष्ठानकाले बर्षमा गरेका गतिविधिहरुको बृत्त चित्र प्रदर्शन गरि  सबैमा   प्रतिष्ठानले  गरेका कामको सचित्र  जानकारी गराई   संस्थाको  मजवुतिकालागी संजाल विस्तार  समेत गर्दै  संयुक्त राज्य अमेरिकाका बिभिन्न   राज्यहरुमका घुमी रहेको छु। 

वर्ष अगाडी  देखि  त्यतिबेला    राष्ट्रपति पार्कले    कोरिया निर्माणका लागि देखेको सपना जस्तै गरि  नेपालका अति  गरिब  सिमान्तकृत  चेपांग हरुबसोबास गर्दै आएका  कान्दा  गाउँ  रुपान्तरण को सपना साँचेर त्यो विकट गाउँमा पुगेर उनिहरुकालागी   गाँस ,बास ,शिक्षा , सवास्था स्वावलम्वनका    अभियान चलाई रहेको छौ  दाताहरुले पनि  निस्वार्थ मन खोलेर सहयोग गरिरहनु भएको   मनमा  विश्वास   एकदिन कान्दा  रुपान्तरण अभियान  हामी धेरैकालागि   ग्रामिण विकाशको  नमुना   सावित सकोस 

नेपालका लागि नेपालीको सपना , नेपालीकै सहयोग  नेपाली नेपाली बिचको  सहकार्यले  यस्ता अभियानलाई  गाउँ गाउँ पुर्याई  समग्र  राष्ट्रको विकाश गर्न  सकौं।

यो पटक  अमेरिकाका केही राज्यमा गरिने कार्यक्रमहरु मध्ये  भर्जिनियामा गरिएको पहिलो कार्यक्रमा हामीले  पाएको न्यानो मायाँ ,अशिम आदर, हार्दिकता भरिएको साथ् ,उल्यख्य सहयोगले , हामीलाई धेरै उर्जा प्राप्त भएको ,आज भगवान ले तिमि आँट पुर्याउछु भन्नु हुन्छरे भन्ने भनाई संचिकै सार्थक भएको !लागिरहेको हरेक रुपमा उहाँले हामीलाई अगाडी बढ्न प्रेरित गर्दै हुनुहुन्छ। हाम्रो आत्मा विश्वास  झन धेरै बढेको  हामी आदरणीय  आत्मावन मित्रहरुसबैलाई हृदय देखी आभार ब्यक्त गर्दछौ सबैबाट प्राप्त यो अशिम मायाँलाई देशका कुन कन्दराहरुमा पुर्याई मानवीय सेवा मार्फत शुन्दर समुन्नत समाज बनाउन लागी सक्रिय हुनेछौ ।यति गर्न सके   आफ्नो जन्म समेत   सार्थक भएको   ठान्ने छौ, मनमा बिश्वास  बनाउँ  हाम्रो  आफै विकाश  हुदैन,   हामीले  गर्ने हो।   

हामी सबैको जयहोस !   
३ दिन अघि अमेरिकाको भर्जिनियामा समाजसेबी राम बस्यालको पहलमा आयोजित एउटा कार्यक्रम जहाँ लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतसँग अन्तरक्रिया गरिएको थियो भने सहभागीहरुबाट केही आर्थिक सहायता पनि  जुटेको थियो उक्त कुरालाई पुस्टि गर्दै समाजसेबी राम बस्याल:         




कार्यक्रमका केही तस्बीरहरु आफै यसरी समाचार बोल्छन:



 तस्बीरहरु पत्रकार गुणराज लुइँटेलबाट   

































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक